कोरोनापछि नेपाली पर्यटन

हालको सिजन भनेको नेपालमा पर्यटकीय गतिविधि र चहलपहल धेरै हुने सिजन हो । हुन पनि चीनबाट पैmलन सुरु भएको ‘नोभेलकोरोना भाइरस’ (पछि कोभिड–१९ नाम दिएका) ले बिस्तारै विश्राम लिएको हो कि ? भन्ने भान परेसँगै विश्वका प्रायः सबै देशमा पर्यटक आगमन दरमा बढोत्तरी भएको छ । कतिपय देशले त आआप्mनो देशमा आउने विदेशी पर्यटक (यात्री) […] The post कोरोनापछि नेपाली पर्यटन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कहाँ पुग्यो नयाँ थपिने १७३ ट्रेकिङ पिकको कुरो ?

नेपालमा हाल पर्वतारोहणका लागि खुल्ला रहेका ४१४ हिमालबाहेक ससाना अरू १७३ ओटा हिमाल खुला गर्ने भन्ने सम्बन्धमा गएको साउन महीनामै समाचार आएको थियो । नेपाल सरकारले थप १७३ ओटा ससाना (ट्रेकिङ पिक) हिमाल विदेशी तथा स्वदेशी पर्वतारोहीहरूका लागि खुला गर्ने भनिएको थियो । त्यसअनुसार नेपालमा स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि ५८७ ओटा ठूलासाना हिमाल आरोहणका लागि खुल्ला हुनेछ । सो घोषणा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गरेका हुन् । उनकै पालामा मन्त्रालयले पर्यटन पुनरुत्थान गर्न विभिन्न कार्ययोजना सार्वजनिक गरेको थियो । उक्त कार्ययोजनामा ७३ ओटा  कार्यक्रमलाई समेटिएको थियो । त्यसमध्ये नयाँ १७३ थप हिमाल खुला गर्ने योजना पनि परेको थियो । उक्त कार्ययोजना ६ महीनाभित्र लागू गर्ने भनिए पनि ५ हजार मीटरभन्दा अग्ला लगभग १७ सय हिमालमध्ये १७३ ओटा  थप नयाँ हिमाल पर्वतारोहीहरूका लागि आरोहण गर्न खुल्ला गरिने भन्ने थियो । तर, हालसम्म सो कुरो लागू भए, नभएको अत्तोपत्तो छैन ।  नेपाल हिमालका लागि खानी नै हो । त्यसैले त नेपालबारे जानेका, बुझेका प्रायः सबै विदेशीले हाम्रो देशलाई हिमाली मुलुक भन्छन् । त्यस्तै अहिलेसम्म विश्वमा मान्यता प्राप्त १४ ओटा  हिमाल ८ हजार मीटरभन्दा अग्ला रहेका छन् । ती १४ ओटा अग्ला हिमालमध्ये आठओटा  नेपालमा नै रहेका छन् भने ढिलोचाँडो ८ हजार मीटरभन्दा माथिका हिमाल बढेर २० ओटा  हुँदै छ । त्यसरी थपिने ६ ओटै नयाँ हिमाल संयोगले नेपालमै रहेका छन् ।  नेपालीहरूका लागि हिमाल शान भएको छ । यो वर्ष सगरमाथा आरोहणको सिजनमा मौसम बिग्रिएकाले गर्दा अझैं पनि मौसम खुल्ने आशामा सगरमाथा आरोहीहरू क्याम्प–३, क्याम्प–४ मा प्रतीक्षारत छन् । मौसम सफा भएकाले आइतवारबाट आरोहण शुरू हुने देखिन्छ । आशा गरौं, उनीहरूलाई मौसमले साथ दिओस् र सफलतापूर्वक सगरमाथा आरोहण गरून् ।  सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको लगभग ३३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । उक्त वर्ष नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्यान्ड (तत्कालीन बेलायती साम्राज्य मातहत रहेको देश) का एडमन्ड पर्सिभल हिलारीले प्रथमपटक सगरमाथाको शिरमा पाइला राख्न सफल भएका थिए । त्यसअघि सन् १९५१ मा एक सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु/सन्दकपुर (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला (भोजपुर), खरिखोला, फाक्दिङ, नाम्चे, तेङबोचे हुँदै नेपाल तर्फबाट सगरमाथा चढ्न गएका थिए । तर, उनीहरूले पनि विगतका आरोही दलहरूले जस्तै सफलता पाउन सकेनन् ।  आशा गरौं, नेपाल सरकारले खोल्ने भनेको नयाँ १७३ ओटा थप हिमाल चाँडै खुलून्, जसले नेपाली पर्यटन र पर्वतारोहण क्षेत्रमा थप टेवा दिनेछ । विशेष गरेर आजको जस्तो व्यस्त मानव जीवनमा लामो समयसम्म नेपालमा बिताउन नसक्ने, धेरै पैसा खर्च गर्न नसक्ने खालका पर्वतारोही तथा पर्यटक बढाउन यसले सहयोग गर्नेछ । साथसाथै नेपाल घुम्न आउने विदेशी पर्यटक तथा पर्वतारोहीहरूको संख्या पनि अरू बढ्नेछ । कोरोनापछि अहिले नेपालमा पर्यटक आगमनमा उल्लेख्य सुधार आएको छ । हिमाल आरोहण गर्न आउनेको संख्या ११ सय नाघेको छ भने सोही अनुसार हिमाल आरोहण गर्न लाग्ने शुल्कबापत राजस्व पनि बढेको छ । नेपालको अर्थतन्त्रको विस्तारका लागि पर्यटन निकै महत्वपूर्ण क्षेत्र हो । तर, यो क्षेत्रको महत्व नीतिनिर्माताले नबुझेको वा बुझेर पनि बेवास्ता गरेको देखिन्छ । त्यही भएर अहिले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन मन्त्रालयको सीमा झन्डै आधा घटाइएको छ । हुन त पर्यटन प्रवद्र्धन गर्ने काम नेपाल पर्यटन बोर्डले गर्ने भएकाले यो बजेट कटौतीले यसमा केही असर नपर्ला । त्यस्तै निर्माणाधीन पूर्वाधारको बजेट पनि कटौती त नहोला । तैपनि मन्त्रालयको बजेट कटौती हुँदा पर्यटन क्षेत्रलाई पक्कै पनि असर पर्न सक्छ ।  विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एक पर्यटन क्षेत्रको विस्तार जरुरी छ । यसले नेपालको व्यापारघाटालाई सम्बोधन गर्न मद्दत गर्छ । जति धेरै पर्यटक आगमन हुन्छ त्यति नै धेरै विदेशी मुद्राको आर्जन हुन्छ । अहिले भारतबाट सबैभन्दा बढी पर्यटक आइरहेका छन् । चीनले नेपालमा आउनलाई बाटो खोलिदिएको छ ।   लेखक पर्यटनकर्मी हुन् ।