एक वर्षभित्र आउँदैछ विराटनगरमा रेल

विराटनगर : विराटनगरमा रेल आउने हल्लासँगै धेरैको मनमा यस्ता प्रश्न खेल्न थालेका छन्। के साँच्चै आउँला रेल? कि यो हल्ला पनि सपनामै सीमित हुने हो? तर, एक वर्षभित्रै विराटनगरबासीले रेल कुदेको हेर्न पाउने भएका छन्। प्रारम्भिक चरणमा मालबहाक रेल आउनेछ। नेपालतर्फको तीन किलोमिटर क्षेत्रको मुआब्जा विवाद समाधान भएको छ। सन् २०१९ मार्च...

सम्बन्धित सामग्री

उद्घाटनको १० महिना बित्दा पनि विराटनगरमा चलेन कार्गो रेल

प्रतिटन दुई सयसम्म महँगो भएको भन्दै व्यवसायीले प्रयोग नै गरेनन् आइसिपी भारतको सीमावर्ती बथनाहा रेलवे

विराटनगर आईसीपीको कस्टम यार्ड सात दिनभित्र कार्गो अनलोडको पूर्वाधार

विराटनगर । विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी) क्षेत्रमा रहेको नेपाल कस्टम यार्डमा भारत र तेस्रो मुलुकबाट आयात हुने मालवस्तु अनलोड गर्न १ साताभित्र सम्पूर्ण तयारी पूरा हुने भएको छ । त्यहाँ नेपाल रेलवे कम्पनी लिमिटेडको कार्यालयसमेत स्थापना हुने कम्पनीको विराटनगर कार्यालयका प्रशासन प्रमुख छोटु यादवले जानकारी दिए ।  रेलवे लिक मर्मत गर्नुपर्ने देखिएको र कार्यालय स्थापना गर्न १ साता लाग्ने भएकाले त्यसपछि उद्योगी व्यवसायीले कुनै पनि मालवस्तु नेपाल कस्टम यार्डमा ल्याए अनलोड गरी ट्रकमा लोड गर्न सकिने उनले बताए । उद्योगी व्यवसायीले नेपाल कस्टम यार्डमा पूर्वाधारको कारण देखाउँदै सामान मगाएका छैनन् ।  नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको ८ महीना बित्दा पनि भारतको कोलकाता बन्दरगाहबाट आईसीपीसम्म कार्गाे रेल सञ्चालन हुन नसकेपछि भारतका लागि नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसहितको टोली केही अघि विराटनगर आएर उद्योगी व्यवसायीसँग छलफल गरेको थियो । उक्त छलफलपछि निजीक्षेत्रका व्यवसायीले कार्गाे नेपाल कस्टम यार्डमा ल्याउन पहल गरेका थिए । कोलकाता बन्दरगाहबाट आईसीपीसम्म चारओटाबाहेक अन्य वस्तु ल्याउन नपाउने सम्झौता भएकोले आईसीपीको नेपाल कस्टम यार्डसम्म कार्गो रेलमा सामान आउन नसकेको निजीक्षेत्रले बताउँदै आएको छ । अहिले आईसीपीको भारतीय क्षेत्रसम्म मात्र माल ढुवानी हुँदै आएको छ ।  अन्य वस्तु पनि ढुवानी गर्न पाउने गरी सम्झौतालाई सहज बनाउन नेपाल र भारतका अधिकारीबीच पटकपटक वार्ता भए पनि उत्साहजनक प्रगति भएको छैन । विराटनगरका लागि कोलकाता सबैभन्दा नजिकको बन्दरगाह हो । भारतको बथनाहादेखि नेपालको कटहरीसम्म रेलवे विस्तार चालू छ । बथनाहाबाट आईसीपीसम्म कार्गो रेल सञ्चालनमा आइसकेको छ । कार्गो रेल सञ्चालनमा समस्या भएपछि सरकारी स्वामित्वको नेपाल रेलवेको कार्यालय स्थापना गरेर सहजीकरण गर्न लागिएको हो । यसले नेपालको रेलमार्गमा रेल सञ्चालन गर्छ । मुख्यालय जनकपुरमा रहेको कम्पनीले विराटनगरमा शाखा स्थापना गरेर काम शुरू गरेको छ ।  विराटनगर शाखाका लागि प्रशासन प्रमुखका रूपमा छोटु यादवलाई खटाइएको छ । यादवले विराटनगर शाखा इन्चार्जका रूपमा काम अघि बढाउनेछन् । यादवले आफू ७ दिनअघि मात्रै आइपुगेकाले अवस्था अध्ययन गरिरहेको बताए । ‘रेलवे यार्डमा केही टुटफुट देखिएको छ, मर्मत गर्न ७ दिन जति लाग्छ,’ उनले भने । उनले कार्गो रेल सञ्चालनमा देखिएको समस्या समाधान गर्ने विषयमा उद्योगी–व्यापारीले उठाएका विषय केन्द्रीय कार्यालयसम्म पुर्‍याउन सहजीकरण गर्ने र रेलमार्फत आयात हुने मालवस्तुका लागि भारतको रेलवे कम्पनीको कटिहार र बथनाहास्थित स्टेशनसँग सम्पर्कमा रहने जानकारी दिए । ‘पहिले कार्यालय पूर्ण रूपमा स्थापना गर्नुपर्नेछ,’ इन्चार्ज यादवले भने, ‘त्यसपछि सेवाग्राही र वस्तु आयातनिर्यातसँग जोडिएका सरोकारवाला पक्षसँग परामर्शमा काम गर्ने कार्यादेश छ । उनले रेलवेको शाखा कार्यालय विराटनगर–१८, आईसीपीनजिक रहेको नेपाल कस्टम यार्डमा स्थापना भएको जानकारी दिए । कोलकाता बन्दरगाहबाट सिमेन्ट, कोइला, क्लिंकर र मलमात्र ल्याउन पाउने सम्झौता भएका कारण उद्घाटन भएको ८ महीना बित्दा पनि विराटनगरस्थित आईसीपीमा कार्गाे ढुवानी हुन सकेको छैन ।

बथनाहा–विराटनगर कार्गो रेल : उद्घाटन भएको २ महीना बित्यो, एउटै आएन

विराटनगर। नेपाल र भारतका प्रधानमन्त्रीले जेठ १८ गते संयुक्त रूपमा भारतको राजधानी नयाँदिल्लीमा स्वीच थिचेर हरियो झन्डा फहराएपछि भारतको बथनाहाबाट विराटनगर–१८, बुधनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी)को कस्टम यार्डसम्म एउटा मालवाहक रेल (कार्गो रेल) आएको थियो । त्यसपछि लगातार कार्गो रेल आउला भन्ने आशमा रहेका स्थानीय २ महीना बित्दा पनि नआउँदा छक्क परेका छन् । विराटनगर–१८, भेडियारीका जगत मण्डल प्रत्येक दिन रेलवे क्रस गरेर विराटनगर बजारमा काम गर्न निस्कन्छन् । दिनमा दुईपटक रेलवे वारपार गर्दा उनको मनमा प्रश्न उठ्छ– किन नचलेको होला  रेल ?’ यो प्रश्न प्रदेशवासी धेरैसँग छ । त्यसो भए दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेको कार्गो रेल किन चलेन त ? नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जन झा कम्पनीले असार १५ गते सूचना प्रकाशित गरी उद्योगी व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गरेर रेलमार्फत कार्गाे ढुवानी गर्न आह्वान गरेको बताउँछन् । तर, उद्योगी व्यवसायीले आवश्यक पूर्वाधार तयार नभएको भन्दै त्यो सूचनालाई नदेखेझैँ  गरे ।  सामान अनलोड गरेपछि राख्ने यार्ड नबनेको, रेलवेको कार्यालय नभएको र भन्सारले जाँचपास प्रक्रियाबारे जानकारी नगराएकाले उद्योगी व्यवसायी नयाँ रुटबाट सामान ल्याउन अनिच्छुक देखिएका छन् ।  त्यसैले उनीहरूले बथनाहाबाट आईसीपीमा नभई जोगवनी रेलवे स्टेशनमै सामान मगाएर अनलोड गरिरहेका छन् ।  रेलवेका साइट इन्जिनीयर रोशन देवले सामान अनलोडका लागि यार्ड बनाउने काम भइरहेको र सामान्य कार्यालयबाट पनि काम सञ्चालन गर्न सकिने बताए । उद्योगी व्यवसायीले कार्गाे ल्याए समस्या नहुने उनले भनाइ छ ।  उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले रेलवे कम्पनीको कार्यालय काठमाडौंमा रहेको र विराटनगरमा माल मगाउन काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । अध्यक्ष सुराना विराटनगरमा नेपाल रेलवे कम्पनी र नेपाल इन्टरमोडल यातायात विकास समितिले तुरुन्त कार्यालय खोलेर कार्गो रेल ल्याउने काममा सहयोग गर्नुपर्ने बताउँछन् । पूर्वाधारलगायत कुरा चाँडो सम्पन्न गरेर दुवै कम्पनीले विराटनगरमा कार्यालय खोलेपछि कस्टम यार्डसम्म वस्तु ढुवानी गर्न समस्या नहुने उनले बताए ।  मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष एवं प्रिमियर स्टीलका सञ्चालक अनुपम राठीले नयाँ कस्टम यार्डमा सबै सुविधा उपलब्ध नभएकाले आफूले उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरन जोगवनी रेलवे स्टेशनको यार्डमा पल्टी गरेर ट्रकमार्फत उद्योगमा ल्याइरहेको बताए । राठीले जोगवनीको यार्ड गहिरो ठाउँमा भएको हुँदा सामान्य पानी पर्दा पनि पोखरी बन्ने समस्या रहेको र यसअघि स्पन्ज आइरन पानीमा ढुबेकाले ढुवानी गर्न निकै कठिनाइ भएको बताए ।  कस्टम यार्डमा रेलवे र इन्टरमोडल यातायात विकास समितिको कार्यालयसमेत छैन स्पन्ज आइरन पानी जमेको ठाउँमा अनलोड गर्दा पानीले यसको स्ट्रेन्थ नष्ट हुने उनले बताए । त्यसैले आईसीपीसम्म कार्गो रेल ल्याउन सरकारी निकायले चासो देखाउनैपर्ने उनको माग छ । संघका उपाध्यक्ष विकास बेगवानी सरकारी निकायले कार्गो रेल सञ्चालनमा चासो नदिँदा उद्योगी व्यवसायीलाई मात्रै नभएर नेपाल रेलवे कम्पनी र नेपाल इन्टरमोडल यातायात विकास कम्पनीलाई समेत घाटा भइरहेकोतर्फ सोच्नुपर्ने बताउँछन् । कार्गो रेल सञ्चालनबाट उद्योगी व्यवसायीलाई लाभ हुने त छँदै छ, यी दुई सरकारी निकायले पनि राजस्व संकलन गर्न पाउँछन् ।  सरकारी निकायको अम्दानी बढाउन पनि कार्गो रेल चाँडो सञ्चालन गर्नुपर्ने उनले बताए । संघका सचिव एवं पायोनियर वायरका सञ्चालक अनिल शारडाले कस्टम यार्डसम्म रेलवे सञ्चालनको उद्घाटन भइसक्दा पनि आफूहरूले पुरानै रुटबाट माल ढुवानी गरिरहेको बताए । उनका अनुसार पूर्वका फलाम उद्योगले अझैसम्म भारतको जोगवनी रेलवे स्टेशनको यार्ड प्रयोग गरेर कच्चा पदार्थ ढुवानी गरिरहेका छन् ।  उद्योगी शारडाले सरकारी पक्षले विराटनगरको आईसीपीसम्म कार्गो रेल ल्याउने तदारुकता नदेखाएको आरोप लगाए । उनले सरकारको यही अकर्मण्यताका कारण जोगवनी यार्डमार्फत कच्चा पदार्थ आयात गर्न बाध्य हुनुपरेको गुनासो गरे । शारडाका अनुसार दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेकोे बथनाहा–आईसीपी खण्डमा कार्गो रेल पहिलो दिन आयो, सबैले फोटो खिचाए, त्यसपछि त्यो बन्द भयो । फोटो खिचाउनमात्र उद्घाटन गरिएको हो कि भन्ने भान हुन थालेको बताउँदै सारडाले अगाडि थपे, ‘सरकारका सम्बद्ध निकायले दुई देशका प्रधानमन्त्रीको उद्घाटनलाई नै निष्प्रभावी सिद्ध गरिदिए । दुई–दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेको संरचना त सञ्चालन हुने वातावरण बनाइँदैन भने अरू निर्णय कार्यान्वयन हुन्छन् भनेर कसरी विश्वास गर्ने ?’

विद्युत व्यापार र कनेक्टिभिटीमा सफल भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने औपचारिक भारत भ्रमण सद्भावनामा मात्र केन्द्रित हुन्छ भन्ने आम अनुमानविपरीत केही ऐतिहासिक सम्झौता गर्न सफल भएको छ । नेपालले राखेका धेरै विषयमा सहमति बन्न नसके पनि भ्रमणका क्रममा दुई मुलुकबीच सातवटा सम्झौता भएका छन् । त्यसमध्ये दुई मुलुकबीचको विद्युत् व्यापार सम्झौता ऐतिहासिक उपलब्धि हो । त्यसबाहेक विराटनगरमा कार्गो रेल सुरु, नेपालगन्जमा […]

भारतको बथनाहाबाट विराटनगर आइपुग्यो कार्गो रेल, सकिएको छैन परियोजनाको काम

विराटनगर । निर्माण नसकिँदै भारतको बथनाहाबाट नेपालको विराटनगरमा कार्गो रेल सञ्चालन गरिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवे सेवाको उद्घाटन गरेका हुन् । बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले स्विच थिचेर रेलवे र कार्गो रेलवे सेवाको उद्घाटन गरेसँगै आजै बथनाहाबाट नेपाली उद्योगका कच्चापदार्थ बोकेको कार्गो रेल विराटनगर […]

विराटनगर भन्सारसम्म कार्गो रेलसेवा सञ्चालन गर्न व्यवसायीको माग

कोसी प्रदेशका उद्योगी–व्यापारीले भन्सार जाँचचौकीसम्म चाँडै मालवाहक रेल सञ्चालन  गराइदिन भारतीय राजदूतसँग आग्रह गरेका छन् । भारतीय राजदूत नवीन श्रीवास्तवलाई विराटनगरमा स्वागत गर्दै विराटनगरको भेडियारीस्थित संयुक्त भन्सार जाँचचौकी (आइसिपी)सम्म मालवाहक रेल...

विराटनगरमा व्यापारको इतिहास : जनस्तरको पहिलो सहकारीदेखि ऐतिहासिक फड्का खेलसम्म

विराटनगर । तत्कालीन बडा हाकिम जितबहादुर खत्रीले १९५० सालमा विराटनगरमा बजार बसाउन पसल खोल्ने वातावरण मिलाएपछि पहिलोपटक महेश भगत, रामलखन भगत र रौनियारका तीन घुम्ती पसल खुलेका थिए । त्यसअघि हालको बनसखण्डी मन्दिर रहेको ठाउँमा हटिया लाग्थ्यो । विराटनगरको किनबेचको पहिलो थलो पनि त्यही थियो । त्यसपछि जाउलाखेलका सिद्धिलाल हलुवाईले अहिलेको रंगेली रोडमा एउटा मिठाई पसल खोले । विराटनगर–१, पोखरियामा १९४२ सालतिर सरकारले जुट खरीद गरेर राख्ने गोदाम खोल्यो ।  स–साना पसलमा नुन तेल लगायत सामग्री विक्री गरिन्थ्यो । त्यसबेला भारतको फारबिसगञ्जसम्म रेल सेवा थियो । १९५४ सालमा मोरङको सदरमुकाम रंगेली बन्यो । १९४० को दशकमा भारतको कुशमाह हाट (बजार) बाट व्यापार, व्यवसायका लागि ५ परिवार मारवाडी विराटनगर प्रवेश गरे । त्यतिबेला सुगनलाल चाँदमल दुगड, छोगमल फत्तेचन्द सेठिया, वीजराज बनेचन्द नाहटा, रतनचन्द सुगनचन्द चौलखा र धनराज नेमचन्द पारख प्रवेश गरेका थिए ।  त्यतिबेला सरकारी गोलामा जम्मा भएको सनपाट बेचेर किसानलाई भुक्तानी गर्नुपथ्र्याे । तर, त्यो बेच्न भारतको कुशमाह बजार पुर्याुउनुपर्ने झन्झट थियो । सो झन्झटबाट मुक्त हुन र विराटनगरमै सनपाट खरीदविक्री गर्न सकियोस् भनेर तत्कालीन मोरङ बस्दोबस्त हाकिम सुब्बा कालिदास कोइराला र बजार अड्डा हाकिम सुब्बा गुञ्जमानले पाँच परिवार मारवाडीलाई नि:शुल्क जमीन उपलब्ध गराएर विराटनगरमा स्थायी बसोवासको व्यवस्था मिलाएका थिए । यी पाँच परिवारपछि १९५० सालमा चार परिवार, १९६० सालमा १३ परिवार मारवाडी विराटनगरमा व्यापार गर्न आए । रामलाल गोल्छा १९७८ सालमा विराटनगर आएका थिए । त्यतिबेला सनपाट र धान बयलगाडामा राखेर फारविसगञ्जसम्म पुर्या उनु पथ्र्याे । व्यापारी र समाजसेवीको अनुरोधमा १९६८ सालमा विराटनगरसँग सीमा जोडिएको भारतको जोगवनीसम्म रेल सेवा शुरू भयो । त्यसपछि जोगवनीबाट सहजै भारततर्फ जुट, धान र तोरी निकासी बढेको थियो ।  नेपालको पहिलो उद्योगको रूपमा विराटनगर जुटमिल १९९२ सालमा स्थापना भयो । तर, जुटमिल निर्माण गर्न निकै समय लागेकाले त्योभन्दा अघि जुटमिलकै दक्षिणपट्टि कृष्ण राइस मिल स्थापना भएर सञ्चालनमा आएको थियो । तत्कालीन कृष्ण (पछि गुहेश्वरी) राइस मिलको चिम्नीबाट धूँवाको मुस्लो निस्कने गरेको अग्रजहरू सम्झन्छन् । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला मोरङको व्यावसायिक इतिहासमा समेत सो उल्लेख छ । उक्त राइस मिल सञ्चालक मोतिलाल मारू थिए । उनै मारूलाई विराटनगरका पहिलो उद्योगपति मानिन्छ । तर, जुटमिल कम्पनी ऐनमा दर्ता नम्बर १ मा दर्ता भएको थियो ।  १९९२ सालमा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्सेरको सवारी मोरङको हरैचामा भएको बेला पिताजी कृष्णप्रसाद कोइराला र उद्योगपति रामलाल गोल्छाले जुटमिल स्थापनाको लागि बिन्तीपत्र हालेपछि ५१ प्रतिशत नेपालको र ४९ प्रतिशत शेयर भारतको हुने गरी जुटमिल स्थापना भएको थियो ।  विराटनगर बजारको विस्तारसँगै मारवाडी समुदायको प्रवेशले यहाँको पुरानो प्रविधि पनि फेरिएको पाइन्छ । पहिले चामल ढिकीमा कुट्ने, तेल गोरु लगाएर कोलमा पेल्ने चलनमा पनि परिवर्तन आयो । तेल, जुट र राइस मिल खुलेपछि पुरानो प्रविधि हराएको थियो । तर, सो समयमा मुलुकका अन्य भागमा भने पुरानै प्रविधि कायम थियो ।  सदरमुकाम रंगेलीबाट विराटनगर सारेपछि विराटनगर बजारको विकासले तीव्रता पायो । विराटनगर जुटमिल स्थापनापछि उद्योग खुल्ने क्रम शुरू भएको हो । त्यसबेला नारायण रिजालको नारायण राइस मिल, रामलाल गोल्छाको जुट, चामल र स्टिलको व्यवसाय, तोलाराम दुगडको वैदेशिक व्यापार, कालुराम र मदनलाल अग्रवालको व्यापार, रामकिशन राठीका चामल मिल, बोहोरा परिवारको बिँडी उद्योग, सत्यनारायण धनावतको विविध व्यापार, पण्डित मेघराज शर्माको नेपाल साहित्य भण्डार प्रकाशन र पुस्तक पसल आदि खुलेका थिए ।  जनस्तरको पहिलो सहकारी      कम्पनी ऐन प्रारम्भ हुनुअघि जनस्तरबाट उद्योग र सहकारी खुल्न सकेका थिएनन् । तर, पिताजी कृष्णप्रसाद कोइराला, हनुमान दास, याकुब खाँ, किफाय तुल्ला र गणेश मल भन्सालीको संयुक्त लगानीमा विराटनगरको मेनरोडमा १९७४ सालमा ‘उद्योगी गोला’ खुलेको थियो । यो नै नेपालको पहिलो सहकारी थियो, जसले किसानलाई नुन, तेल, औषधि, मल, बीउ, कीटनाशक विषादी मगाएर सरल मोलमा दिने र किसानका उत्पादन पनि उचित मूल्यमा किनिदिने गर्थ्यो । गोलाको भित्तामा पिताजीका ‘आँट गर म पुर्याोउँछु’ भन्ने आदर्श वाक्य समेत लेखिएका थिए । देशमा खपत नहुने वस्तु विदेश पठाउने र किसानलाई आवश्यक पर्ने ऋण पनि दिने गरिन्थ्यो । १९७६ सालमा कृष्णप्रसाद कोइरालाको सर्वस्वहरण हुँदा गोला लिलाम भयो । कोइरालाले निर्वासनबाट फर्कंदा १९८६ सालमा भारतबाट विरमफुल धानको बीउ ल्याएर किसानलाई वितरण गरेका थिए ।  कस्तो थियो त्यो बेला विराटनगर ? बुधहाट चोकबाट शनिहाटसम्म बाटोको दुवैतिर गोला र घरहरू थिए । बाटोभरि ठूला ठूला खाल्डा थिए । सनपाट, धान र तोरीको व्यापार हुन्थ्यो । व्यापार गर्न सबैले घोडा र बयलगाडा प्रयोग गर्थे । रामलाल गोल्छा पनि सनपाटको व्यापार गर्न घोडा चढेर हिँड्ने गरेको स्मरण गर्दै सुरेश शर्मा भन्छन्, ‘पछिसम्म पनि उहाँसँग घोडा भएको मलाई सम्झना छ ।’ सनपाट र धान निकासीबाट आएको रकमले तेस्रो मुलुकबाट स्टिल ल्याएर स्थापना गरिएको हुलास मेटल क्राफ्ट नै नेपालको पहिलो स्टिल उद्योग हो ।  शर्माका अनुसार विराटनगर जुटमिलमा त्यसबेला पनि टेलिफोन थियो । अहिलेको जैन भवन रहेको ठाउँमा विराटनगर जुटमिलको आफ्नै गोला थियो । त्यहाँ पनि एक लाइन टेलिफोन थियो । भारतको कलकत्तामा जुट, तोरी र धानको के भाउ छ भन्ने जानकारी पहिले जुटमिलको टेलिफोनमा आउँथ्यो । त्यसपछि गोलाबाट फोन गरेर बुझेपछि मात्र विराटनगरमा सनपाट, तोरी र धानको किनबेच हुन्थ्यो । जुटमिलको गोला भएको ठाउँमा सबैजसो व्यापारीको भीड लाग्थ्यो । नुन, तेल, औषधि, कपडा लगायत सामग्री भारतमा किनेर गोरुगाडामा ल्याउने चलन थियो । त्यतिबेला भन्सारमा ‘बासिन्दा’ र ‘चौसल्या’ भनेर दुईखाले भन्सार रेट थियो । पुर्जी पनि अलग अलग खाले काटिन्थे । नेपालमा स्थायी बसोबास भएकाहरू बासिन्दामा पर्थे र उनीहरूले पारि (भारत)बाट ल्याएको सामानको आधामात्र भन्सार तिर्नुपथ्र्याे । उता, चौसल्याले भने पूरै भन्सार तिरेर मात्र सामान ल्याउन पाउँथे । अहिले अतिथि सदन भएको ठाउँमा पहिले तेजरथ कोठी थियो । तत्कालीन ‘साहेवज्यू’हरूले सञ्चालन गरेको तेजारथ कोठीले बैंक र सहकारीले गर्ने काम गर्थ्यो । पछि १९९४ सालमा नेपाल बैंक लिमिटेड स्थापना भएपछि तेजारथ कोठी बन्द भएको थियो । १९९० सालअघि विराटनगरमा काठका घर मात्र थिए । त्यसपछि मात्र छिटफुट रूपमा पक्की घर निर्माण हुन थालेका हुन् ।  ऐतिहासिक खेल ‘फड्का’   विराटनगरको दु्रत आर्थिक विकाससँगै २००० सालदेखि यहाँका व्यापारी र उद्योगीबीचमा ‘फड्का’ अर्थात बाजी लगाउने खेल शुरू भएको पाइन्छ । फड्का खेल्न भारतका विभिन्न स्थानबाट ठूला व्यापारीसमेत आउने गरेको स्मरण गर्छन् पुराना उद्योगीहरू । त्यतिबेला पनि फड्कामा लाखौंको कारोबार हुने गरेको उनीहरूको भनाइ छ । आर्थिक आम्दानी निकै हुने भएपछि स्वाभाविक रूपमा मानिसले खर्च र मनोरञ्जन गर्ने स्थानको खोजी गर्छ । त्यसैको तलतल मेट्न शुरू भएको फड्का अहिलेसम्म कायम छ विराटनगरमा । अहिलेको जैन भवनमा त्यतिबेला साँझ परेपछि व्यापारीहरू भेला भएर फड्का खेल्थे । सयौं मन अन्न र जुटको मौखिक किनबेच हुन्थ्यो । अहिले सनपाटको मूल्य मनको सात आना छ, अबको ६ महीनापछि वैशाखमा कुन भाउमा बेच्ने भनेर पहिले नै दाम छिनेर राखिन्थ्यो । आर्थिक लेनदेन भने तत्कालै हुँदैनथ्यो । पछि वैशाखमा सनपाटको भाउ बढेको होस् कि घटेको होस्, किन्ने र बेच्नेले सोही भाउ स्वीकार्नुपर्थ्यो । त्यसरी नै फड्काको कारोबार हुन्थ्यो । अर्का, आज पानी पर्छ कि पर्दैन भनेर पनि बाजी राखिन्थ्यो । एक घन्टामा बाटोमा कति मान्छे हिँड्छन् ? जस्ता विषयमा पनि लाखौं रुपैयाँको फड्का हुने गर्छ । अहिले अतिथि सदन अगाडि फड्का खेलिन्छ । पहिलेको तुलनामा अहिले निकै कम फड्का खेलिए पनि ६० वर्षदेखि यो निरन्तर चलिरहेको छ । फड्काकै कारण कतिपय व्यापारी, व्यवसायीको उठिबास भएको र कति रातारात सम्पन्न भएको उदाहरण पनि विराटनगरमा रहेको जानकार बताउँछन् ।

कुर्था–बिजुलपुरा रेलमार्ग ९०% निर्माण सम्पन्न

भदौ २०, काठमाडौं । धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्ग निर्माण ९० प्रतिशत सम्पन्न भएको छ ।  भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ भने ‘रेल्वे टेलिकम्युनिकेशसन’ काम मात्रै बाँकी छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेलमार्ग तयार भएर रेल सञ्चालन गर्ने तयारी भइरहँदा त्यसभन्दा अघिको खण्डमा निर्माण थोरै मात्रै बाँकी छ ।  भारतीय पक्षले ‘बिजलपुरासम्मको निर्माण चाँडो सकाउँछु’ भन्दै आएको रेल विभागका महानिर्देशक दिपककुमार भट्टराईले बताए । उनका अनुसार यो समयसम्म सक्छु भनेर मिति नभनेपनि उसले चाँडो सक्छौँ भन्दै आएको छ ।  वर्षाभन्दा पहिले निर्माणस्थलमा काम भइरहेको थियो भने अहिले कामदार निर्माणस्थलमा छैनन् । उनले भने, ‘हामीले उनीहरुसँग कुराकानी गरिरहेका छौँ र चाँडो गर्ने भनेको छ ।’  कुर्थासम्म रेलको लाइन पुरानो नै भएकाले जग्गाको ठूलो समस्या नभएको महानिर्देशक भट्टराईले बताए । त्यो ठाउँमा पुरानो लाइनलाई विस्तार मात्रै गरिएको थियो । बिजलपुरादेखि बर्दिवाससम्म नयाँ बनाउनु पर्ने भएकाले जग्गाको समस्या हुनसक्ने उनले बताए । यस खण्डमा पूर्वाधारको काम शुरु नभएको उनको भनाइ छ । उनका अनुसार जग्गाको विवादका कारणले लामो समयसम्म पनि मुआब्जा वितरण हुन सकेन । अहिले धनुषा र महोत्तरीमा मुआब्जा निर्धारण भएकाले एउटा प्रक्रिया सकिएको उनले बताए । अहिले मुआब्जाकै प्रक्रियामा सम्बन्धित जग्गाधनीले उजूरी गर्ने समय बाँकीे छ । उनले भने, ‘त्यो सकिएपछि नै थप काम अघि बढ्न सक्नेछ ।’ भारतीय पक्षले पहिले रेलमार्ग भएकै ठाउँमा पहिलेको सबै पूर्वाधार हटाएर नयाँ निर्माण शुरु गरेको थियो । पहिले ‘न्यारो गेज’ मा निर्माण भएकामा अहिले ‘ब्रोड गेज’ मा निर्माण अघि बढाइएको हो ।  यो रेलमार्ग निर्माणमा प्राविधिक र आर्थिक दुबै पक्ष भारतीयले गरिरहेको छ । जयनगरबाट जनकपुर, कुर्था, बिजलपुरा हुँदै सो रेलमार्ग बर्दिवाससम्म पुग्नेछ । नेपाल सरकार आफैँले निर्माण अघि बढाइरहेको पूर्व–पश्चिम रेलमार्ग पनि बर्दिवास नै भएर अघि बढ्नेछ । यी दुवै रेलमार्ग बर्दिवास नै भटिने गरी योजना बनाइएको छ ।  पहिलो खण्डमा कुर्थासम्मको निर्माण सकिएपछि नै बिजुलपुरासम्मको निर्माण अघि बढाइएको छ । यो खण्ड सकिएपछि बिजुलपुराबाट बर्दिवाससम्मको निर्माण अघि बढाइने विभागले जानकारी दिएको छ । लामो समयसम्म जग्गा विवादकै कारण कुर्था–बिजुलपुरा रेलमार्ग निर्माण अघि बढ्नसकेको थिएन भने अहिले पनि कहिलेसम्म सकिन्छ भन्ने टुंगो छैन ।  राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका क्रममा दुई देशको सीमा जिल्ला जोड्ने गरी पाँच ठाउँमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । भारत सरकारको अनुदान सहयोगमा पाँच स्थानमा रेल निर्माण गर्ने भनिए पनि एउटा यो र अर्को बथनाहादेखि विराटनगरको रेलमार्गमा मात्रै निर्माण भइरहेको छ ।  बथनाहादेखि विराटनगरमा १८ किमीमध्ये १० किमी निर्माण भइसकेको छ । अरु तीन स्थानमा भने शुरु नै हुन सकेको छैन ।  नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । त्यो बन्द भएको लामो समयपछि त्योभन्दा नयाँ प्रविधिको रेलमार्ग निर्माण गरिएको छ ।  जयनगर–कुर्था रेल सञ्चालनकै लागि सरकारले गत वर्ष असोज २ मा दुई सेट रेल खरिद गरेको थियो । रेल सञ्चालनका लागि जनशक्ति, कार्यालयलगायत तयारी पूरा भए पनि सेवा शुरु भइसकेको छैन । कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण झण्डै दुई वर्ष पहिले नै सकिएको थियो ।  जयनगरदेखि कुर्थासम्मको लम्बाइ हाल ३५ किमी छ । कुर्थादेखि बिजुलपुरासम्म रेलमार्ग १७ किमी रहेको छ भने बिजुलपुराबाट बर्दिवाससम्म थप १७ किमी निर्माण हुनेछ । सबै खण्डमा निर्माण सकिँदा यो रेलमार्गको जम्मा लम्बाई झण्डै ७० किमी लम्बाइको हुने बताइएको छ । रासस

विराटनगर नाकाबाट भित्रियो रेल

मोरङ – विराटनगरमा पहिलो पटक रेल भित्रिएको छ । भारतको बथनाहादेखि विराटनगर बुधनगर (भेडियारी) सम्मको रेलमार्ग ट्रायलको परीक्षण सफल भएको हो । बथनाहा–कटहरी १८ किलोमिटर दूरीमध्येको नेपाली भू–भाग बुधनगरमा बनेको नेपाल कष्टम यार्डसम्मको रेलको परीक्षण गरिएको थियो । रेल मार्गको परीक्षणसँगै बथनाहा–बुधनग...

विराटनगर आइपुग्यो भारतीय रेलको इन्जिन

मोरङ । विराटनगरमा पहिलो पटक भारतीय रेल पुगेको छ । भारतको बथनाहाबाट विराटनगरको बुद्धनगर(१८ सम्म बिछ्याइएको रेल्वे लिकको परिक्षणका लागि पहिलोपटक भारतीय रेलको इन्जिन विराटनगर आइपुगेको हो ।      भारतको रेल्वे विभागका इन्जिनियरिङ ...