पोखरामा ८५ प्रतिशत पर्यटक आन्तरिक

पोखरा (कास्की) । दशैंयता पोखराका तालतलैया, गुफा, धार्मिकस्थल अधिकांश स्थानमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । कोरोना विपद्का कारण झन्डै २ वर्षयता सुनसान बनेको पोखरामा पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटन क्षेत्रमा पनि आशा जगाएको छ ।  फेवातालमा डुङ्गा शयर होस् वा आसपासका सराङकोट, काहुँकोट, विश्वशान्ति स्तुप, पुम्दीकोट, हुडिकोट आदि स्थानमा पर्यटकको बाक्लै उपस्थिति देखिएको छ । यी स्थानबाट देखिने सूर्योदयको अवलोकनसँगै हिमाली दृश्यले पर्यटकलाई लोभ्याएको छ । पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्यधिक पर्यटक आउने समय भए पनि कोरोनाका कारण सुनसान बनेको यहाँको पर्यटनलाई दशैंको आगमनले ठूलै राहत पुर्‍याएको पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । दशैंमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यसअवधिमा विगतमा पनि देशका विभिन्न स्थानबाट आएका पर्यटकले चलायमान बनाउँथ्यो । कोरोनाको संक्रमण पनि घट्दै गएका कारण दशैंसँगै पर्यटक आउनेक्रम बढेको यहाँका पर्यटन व्यवसायी बताउँछन् । दशैंअघिसम्म सुनसान जस्तै रहेका पोखराका होटेलमा यतिखेर क्षमताको करीब ३५ प्रतिशत आन्तरिक पर्यटकले भरिएको लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए । पोखरामा साना ठूला गरी झन्डै १ हजार होटेल छन् । यसमध्ये १६ ओटा तारे होटेल छन् । कोरोना संकटपछि यहाँका ठूला होटेलले पर्यटकका लागि प्याकेज उपलब्ध गराएका कारण ती होटेलमा साना तथा मझौला होटेलको तुलनामा बढी पर्यटक पुगेका छन् । विभिन्न वित्तीय संस्था, कार्यालय आदिका कार्यक्रम ठूला होटेलमा गरिनुले पनि ती होटेलमा पर्यटकको संख्या बढेको हो । यो समयमा पोखरा भित्रिएका पर्यटकमध्ये ठूला होटेलमा क्षमताको ५० प्रतिशत पर्यटक पुगेका छन् भने साना होटेलमा क्षमताको २५ प्रतिशत पर्यटक पुगेको हान पश्चिमाञ्चलका अध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार पोखराका होटेलमा हालसम्म झन्डै पौने ४ खर्ब बराबरको लगानी भइसकेको छ । हाल पोखरा भित्रिएका पर्यटकको तथ्याङ्कअनुसार १० प्रतिशत भारतीय पर्यटक छन् भने अन्य बाह्य पर्यटक ५ प्रतिशत छन् । कुल पर्यटकको ८५ प्रतिशत आन्तरिक पर्यटक छन् । सेप्टेम्बरदेखि डिसेम्बरसम्म पदयात्रा र पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने गर्छन् । पोखरा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पदयात्रामा जाने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए । उनका अनुसार यस याममा पदयात्राका लागि फाट्टफुट्ट बुकिङ आउन थालेको छ । आन्तरिक पर्यटकले घान्द्रुक, घोरेपानी, मर्दी, अन्नपूर्ण आधार शिविर, कफुचे, कोरी आदि स्थानमा पदयात्रामा जाने गरेको उनले जानकारी दिए । दशैंका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दशैं पेश्की एवं बोनस दिने गरेका कारण अधिकांशले यसको उपयोग घुमफिरमा खर्चने गरेको पाइन्छ । आन्तरिक पर्यटकको पहिलो रोजाइ पोखरामा पर्ने भएकाले अधिकांशले २ देखि ३ दिनसम्मको समय छुट्ट्याएर पोखरा आउँछन् । पोखरा आउने पर्यटकले माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालमा डुङ्गा शयर गरी तालबाराहीको दर्शन गर्छन् भने हिमाली दृश्यावलोकनका लागि सराङकोट, विश्वशान्ति स्तूप, पुम्दीकोटलगायत स्थान पुग्ने गर्छन् । पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीयस्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयले पोखरामा पर्यटकको बसाइ लम्ब्याउने गरेको छ । लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदेजस्ता तालले पनि पर्यटकलाई आकर्षित गर्ने गरेका छन् । रासस

सम्बन्धित सामग्री

पोखराका होटलः २० प्रतिशत छुट वैशाखसम्मै

पोखरामा आन्तरिक तथा बाह्य पाहुनाको आगमन बढाउने उद्देश्यले यहाँका होटलले कोठाको मूल्यमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन्। पर्यटन व्यावसायीले दिएको यो छुट चैतदेखि बैशाख महिनाभर लागु हुनेछ।...

पोखराका होटलः २० प्रतिशत छुट वैशाखसम्मै

पोखरामा आन्तरिक तथा बाह्य पाहुनाको आगमन बढाउने उद्देश्यले यहाँका होटलले कोठाको मूल्यमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन्। पर्यटन व्यावसायीले दिएको यो छुट चैतदेखि बैशाख महिनाभर लागु हुनेछ।...

पोखरामा नयाँ खुलेका बिगमार्टमा माछापुच्छ्रे बैंकले १० प्रतिशत छुट दिने

माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका बिगमार्ट सुपरमार्केटहरूमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेबिट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेको कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो ।

पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि

पोखरामा करिब ६० प्रतिशत मत खसेको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये ६० प्रतिशतले मतदान गरेका हुन् । अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो । ७४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।अघिल्लो निर्वाचनमा अन्नपूर्णको अध्यक्ष बाहेक सबैमा एमालेका प्रमुख र उपप्रमुखमा एमालेले जितेका थिए । अन्नपूर्णका अध्यक्ष भने काँग्रेसले जितेका हुन् । अहिले अझै कडा प्रतिस्पर्धा हुने बताइएको छ । मतपेटिका आउने क्रम सुरु भैसकेको र राति १२ बजेसम्म

पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि

पोखरा- पोखरामा करिब ६० प्रतिशत मत खसेको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये ६० प्रतिशतले मतदान गरेका हुन् । अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो । ७४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अघिल्लो निर्वाचनमा अन्नपूर्णको […]

पोखरामा करिब ३५ प्रतिशत मतदान

कास्की - पोखरामा बिहान ११ बजेसम्म करिब ३५ प्रतिशत मत खसेको छ । पोखरामा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन कार्यालय कास्कीका प्रवक्ता रुद्र न्यौपानेले जानकारी दिनुभयो । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये करिब ८० हजारले मतदान गरिसकेको उहाँको भनाइ छ । पोखरामा अघिल्लो पालिका चुनावमा ७४ प्रतिशतभन्दा धेरै मत खसेको थियो । महानगरसहित पाँच पालिका रहेको कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् । कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ । कास्कीमा पोखरा महानगरसहित  रुपा, माछापुच्छ्रे, ...

पोखरामा ८० प्रतिशत स्थानीय फूलको बजार

पोखरामा यस वर्ष करिब दुई करोड ५० लाख मूल्य बराबरको फूलको कारोबार हुने भएको छ । तिहारको अवसरमा पोखरा क्षेत्रमा करिब २ करोड ५० लाख भन्दा बढीको कारोबार हुने भएको फ्लोरिकल्चर एशोसिएसन (फान) नेपाल जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष दिलबहादुर गुरुङले बताए ।यस वर्ष पोखरामा स्थानीयले उत्पादन गरेको फूलको मालालाई एक सयदेखि एक सय ५० रुपैयाँमा […]

पोखराका करिब ६० प्रतिशत सडक पेटिका कुकुरलाई रेबिजविरुद्धको खोप लगाइयो

पोखरा -गण्डकी प्रदेशको राजधानी पोखरामा हाल करिब ६० प्रतिशत सडक भेटिमा रहेका कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ । नेपाल भेटेरिनरी एसोसिएसन र पोखरा महानगरपालिका कार्यालयको संयुक्त आयोजनामा पोखरामा केही दिन सञ्चालन भएको रेबिजविरुद्धको खोप अभियानबाट पोखरा क्षेत्रमा करिब ६० प्रतिशत जसो रेबिजविरुद्धको खोप लगाइएको एशोसियसनका महासचिव डा. अशेष भट्टराईले दाबी गरे ।पर्यटकीय नगरी पोखरामा रेबिजविरुद्धको […]

पार्टी फुट्दा ५-१० प्रतिशत नोक्सानी भयो : सुरेन्द्र पाण्डे

२२ भदौ, पोखरा । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी फुट्दा ५-१० प्रतिशत नोक्सानी भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित कास्की जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले प्रदेश २ मा अलि बढी क्षति भएको रिपोर्ट आएको बताए । उनले भने, ‘५-१० प्रतिशत नोक्सानी होला । त्यसलाई पूर्ति गर्न हामीले काम गर्नुपर्नेछ ।’ अबको ६ […]

‘फुडमाण्डू’को सेवा अब पोखरामा, ३० प्रतिशत छुटको अफर

नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले आफ्नो सेवा पर्यटकिय नगरी पोखरामा बिस्तार गरेको छ । फुडमाण्डूले आफ्नो सेवालाई पहिलोपटक काठमाडौँ उपत्यकाभन्दा बाहिर बिस्तार गरेको हो । कम्पनीले आज बिहिबार पत्रकार सम्मेलनमार्फत पोखरामा सेवा बिस्तार गरिएको र पोखराबासीले समेत अनलाइनबाटै खानेकुराहरुको अर्डर गर्न सकिने जानकारी दिएको छ । फुमाण्डूले हाल पोखराका ३० वटा भन्दा बढी […]