महेन्द्रनगरमा एचए (हेल्थ असिस्टेन्ट) पूरा गरे। त्यसपछि घर फर्किए। ‘जब स्कोप’का लागि राम्रो मानिएको एचए पढेका उनी गाउँमा त्यत्तिकै डुलेको देखेर आफन्त र गाउँलेले सोध्न थाले– फेरुवेइ जनि क्याइ डुलन्छै खाली? (काम नपाएजसरी किन डुल्छौ त्यत्तिकै?) त्यसपछि उनी लोकसेवा पढ्न भनेर काठमाडौं आए। गाउँमा ‘फेरुवा’को रुपमा गनिन थालिएपछि लोकसेवा पास गरेर जागिर खाने उद्देश्यसहित केन्द्रीय राजधानी छिरेका थिए।