म्याग्दीका १९ ओटा सडक र मोटरेबल पुल निर्माणसम्बन्धी आयोजना अधुरा

कात्तिक ३०, म्याग्दी । म्याग्दीका १९ ओटा सडक र मोटरेबल पुल  निर्माणसम्बन्धी आयोजना अधुरा रहेका छन् । तोकिएको समयभित्र काम सम्पन्न नभएका आयोजनामा प्रदेश सरकारका ११ ओटा र संघीय सरकारका आठ ओटा छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गत छ ओटा सडक र पाँच ओटा मोटरेबल पुल ढिलासुस्तीले थलिएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीन ओटा प्याकेजका सडक र दुई ओटा मोटरेबल पुल निर्माणको काम पनि समयमै पूरा हुन सकेका छैनन् । एक वर्षअघि नै निर्माण सकिनुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा सञ्चालित पोखरेबगर–चित्रे सडकको ६० प्रतिशत र घारखोलाको मोटरेबल पुलको भौतिक प्रगति २२ प्रतिशत छ । विसं २०७७ माघमै सकिनुपर्ने सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको बेनीको मंगलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर दुरीको सडक कालोपत्र गर्ने योजना पनि अधुरो छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इञ्जिनीयर सन्तोष अर्यालले निर्माण व्यवसायीको समस्या, संघबाट प्रदेशमा आयोजना हस्तान्तरणमा भएको प्रक्रियागत ढिलाइ, कोरोना महामारी, पहिरोबाढी र कटानका कारण सडक र पुल निर्माण कार्य प्रभावित भएको बताए । ‘कोरोना र खरीद ऐनको संशोधनका कारण थपिएको सबै आयोजना आगामी चैत महिनामा सकिँदैछ’, उनले भने, ‘अधुरो आयोजनालाई पूर्णता दिन ताकेता र समन्वय गरिरहेका छौँ ।’ पूर्वाधार विकास कार्यालयअन्तर्गत बेनी–दरबाङ सडकको दुई ओटा प्याकेज, रत्नेचौर–बेनी सडकको दुई ओटा प्याकेज, गलेश्वर–भगवती र दरबाङ धारापानी सडक आयोजनाको भौतिक प्रगति अपेक्षाकृत छैन । गत असारमै सकिनुपर्ने भारबाङस्थित म्याग्दी खोला र अर्गलाको मराङखोलाको पुलको दुईतर्फ पिल्लर ठडाएका छन् । छ्यारछ्यारेको म्याग्दी खोलाको पुलको जग मात्र खनिएको छ । दुई वर्षअघि सम्झौता भएको दाङखोलाको पुल निर्माण अझै शुरु भएको छैन । दुई वर्षअघि नै बनेको स्वाँतखोलाको मोटरेबल पुलसम्म पुग्ने पहुँचमार्ग निर्माण नहुँदा प्रयोगमा आउन सकेको छैन । दुई वर्षअघि नै सकिनुपर्ने विसं २०७३ मा शुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको गलेश्वर–नारच्याङ पुल खण्डको ६० प्रतिशत, नारच्याङ पुल–घाँसा खण्डको ६० प्रतिशत र गलेश्वर–राहुघाट खण्डको भौतिक प्रगति ७० प्रतिशत छ । आयोजना प्रमुख जगत प्रजापतिले गलेश्वरस्थित राहुघाट नदीमा निर्माणाधीन ४० मिटर लामो मोटरेबल पुल अन्तिम चरणमा पुगेको बताए । ६६ प्रतिशत भौतिक प्रगति भएको रुप्सेखोलामा निर्माणाधीन ४० मिटर लम्बाइको मोटरेबल पुल बाढीपहिराले क्षतिविक्षत भएपछि पुनः ठेक्का आह्वानको तयारी भएको छ । पोखरेबगर र महभिरस्थित कालीगण्डकी नदीमा हालै पक्की पुल निर्माण गरेको सडक विभागअन्तर्गत पुल महाशाखाले बेगखोलामा पनि पक्की पुल बनाउन ठेक्का प्रक्रिया शुरु गरेको छ । सडक र पुल निर्माणमा भएको ढिलासुस्तीले स्थानीयवासीलाई आवतजावतमा सास्ती, दूर्घटनाको जोखिम, आयोजनाको लागत र ढुवानी खर्च बढेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए । निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले नीतिगत समस्या, नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट विनियोजन र समयमा भुक्तानी नहुनु, विद्युत्का पोल र तार तथा खानेपानीको पाइप व्यवस्थापनमा समन्वयको कमी र सामाजिक समस्याका कारण निर्माणमा असर परेको बताए । जिल्ला प्रशासन कार्यालयले सोमवार बेनीमा आयोजना गरेको सम्बद्ध आयोजना, निर्माण ब्यवसायी, जनप्रतिनिधिको संयुक्त बैठकमा निर्माण व्यवसायीले पूर्वनिर्धारित समय, लागत र गुणस्तरमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले सडक र मोटरेबल पुलमा देखिएको समस्या पहिचान गरी निर्माणमा तीव्रता दिने प्रतिबद्धतापत्र जारी भएको जानकारी दिए । बैठकपछि निर्माण कार्यलाई गति दिन नदीजन्य निर्माण सामग्रीको व्यवस्थापनका लागि जिसस, पालिका र निर्माण व्यवसायीबीच समन्वय गर्ने, खानेपानी र विद्युत्सँग सम्बन्धित समस्या समाधानका लागि समन्वय गर्ने, राजनीतिक र प्रशासनिक नेतृत्वले अनुगमन र सहजीकरण गर्ने निर्णय भएका प्रजिअ रानाले बताए ।  रासस

सम्बन्धित सामग्री

तीनवटा मोटरेबल पुल निर्माण सम्पन्न

लमजुङमा निर्माणाधीन तीनवटा मोटरेबल पुल गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएका छन् । क्रमागत योजनाअन्तर्गत जिल्लाका विभिन्न खोला तथा नदीमा निर्माणाधीन तीनवटा मोटरेबल पुल गत आर्थिक वर्षमा सम्पन्न भएका हुन् । पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार जिल्लाको क्होलासोँथार अन्तर्गत मिदिम खोला मोटरेबल पुल दूधपोखरीको कुँयाले खोला मोटरेबल पुल र लाङदी खोला मोटरेबल पुल गत आर्थिक […]

म्याग्दी नदीमा दुईवटा मोटरेबल पुल निर्माण

म्याग्दी, १३ वैशाख । मङ्गला गाउँपालिकाको बरंजा र अर्मनलाई सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई मोटरेबल पुल निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय बागलुङले मङ्गला–२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको पोक तथा बेनी नगरपालिका–४ फापरखेतबाट मङगला गाउँपालिका–३ पखेर जोड्ने पक्की मोटरेबल पुल निर्माण गरेको हो । पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक […]

कालीगण्डकी करिडोर : दुई मोटरेबल पुल निर्माण

काठमाडौं २१ चैत । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटरेबल पुल निर्माण गरिएका छन् । करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका–५ जोड्ने गरी सेतीखोलामा तथा स्याङ्जा खण्डको १० किलोमिटर सडकमध्ये कालीगण्डकी गाउँपालिका–७ र गल्याङ –५ जोड्ने गरी आँधीखोलामा पुल निर्माण गरिएको आयोजनाका इञ्जीनियर पवित्रमणि […]

म्याग्दी खोलामा दुई मोटरेबल पुल निर्माण

म्याग्दीमा ग्रामीण बस्तीलाई लक्षित गरेर नदी तथा खोलामा पक्की मोटरेबल पुल निर्माण भएका छन् । बाह्रै महिना सहज यातायात सुविधा उपलब्ध गराउन कालिगण्डकी, म्याग्दी र रघुगंगा नदी तथा सहायक खोलामा पक्की पुल निर्माणले प्राथमिकता पाएका हुन् । ग्रामीण बस्ती र स्थानीय तहहरूको केन्द्र जोड्ने गरी संघीय र प्रदेश सरकारले मोटरेबल पुल निर्माण कार्य धमाधम गरिरहेको […]

मुस्ताङ र डोल्पा जोड्ने सडकमा मोटरेबल पुल निर्माण

गण्डकीको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला जोड्ने सडकमा मोटरेबल पुल निर्माण भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा एक सय २० मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । तत्कालीन जिल्ला विकास समिति मुस्ताङले ठेक्का लगाएको पुल निर्माणकार्य सुरु भएको सात वर्षपछि सकिएको हो । पूर्वाधार विकास कार्यालय मुस्ताङका अनुसार एक्लेभट्टी–पाक्लिङ सडक पुल निर्माणका लागि विसं २०७२ असार ३१ गते एलाइट शङ्करमाली जेभीसँग रु १२ करोड १३ लाख ८५ हजार

कालिगण्डकी नदीमा मोटरेबल पुल निर्माण

म्याग्दी-कालिगण्डकी करिडोरअन्तर्गत बेनी जोमसोम सडकमा कालिगण्डकी सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण भएका छन् । करिडोरअन्तर्गत म्याग्दीका अन्नपूर्ण गाउँपालिकास्थित पोखरेबगर र महभीरमा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमाना पोखरेबगरमा कालिगण्डकी नदीमा भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम क्षेत्र सेक्टर कार्यालयमार्फत ठेक्का लगाएर निर्माण कम्पनीले मोटरेबल निर्माण […]

लेतेखोलामा मोटरेबल पुल निर्माण

मुस्ताङ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ स्थित लेतेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ । उक्त सडक आयोजनाले लेतेखोलामा ४० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माणका लागि विसं २०७५ भदौमा रु छ करोड २० लाखमा गजुरमुखी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । आयोजनाका व्यवस्थापक नरेन्द्र न्यौपानेले […]

कालीगण्डकीमा मोटरेबल पुल निर्माण

म्याग्दी । अन्तरदेशीय व्यापारिक महत्त्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा सहजरुपमा सवारी आवत जावतको व्यवस्था मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले ठेक्कामार्फत पक्की मोटरेबल पुल निर्माण […]

नगरपालिकाले आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने

लमजुङको मध्यनेपाल नगरपालिकाले आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने भएको छ । झण्डै चार करोड बजेट लगानी गरी नगरपालिकाले चर्दी खोलामा मोटरेबल पुल निर्माण गर्ने भएको हो ।मध्यनेपाल नगरपालिका–३ र ४ को सिमाना भएर बग्ने चर्दी खोलामा क्रमागत योजना बनाएर आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने तयारी गरेको हो । मोटरेबल पुल निर्माणका लागि केही […]

पानकोटमा सेती नदीमाथि मोटरेबल पुल निर्माण

बझाङ : सदरमुकाम चैनपुर पानकोटमा सेती नदीमाथि मोटरेबल पुल निर्माण सम्पन्न भएको छ।पुल बनेपछि सेती नदी पारी रहेका स्थानीबासीलाई आवतजावतमा सहज हुनुका साथै गाउँघरमा उत्पादित सामान बजारसम्म पुर्‍याउन र अन्य निर्माणका सामाग्री ढुवानी गर्न समेत सजिलो भएको जयपृथ्वी नगरपालिका वडानम्बर १ का वडा अध्यक्ष गगन बहादुर सिंहले बताए। उनले भने, 'कैलाश स्वास्थ्य चौकीमा आएको एम्बुलेन्स समेत पुल नभएका कारण सदरमुकाम चैनपुरमै राख्नुपर्ने र बिरामीलाई बोकेर ल्याउनुपर्ने अवस्था थियो। अब ती