चुरे विनासको असर : धनुषाका दर्जनौं गाउँमा खानेपानी हाहाकार

जनकपुरधाम : गर्मी प्रचण्ड बढ्दा र समयमै वर्षा नहुँदा धनुषाको पूर्व-पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौ गाउँहरूमा खानेपानी हाहाकार भएको छ।नक्टाझिज, ढल्केवर, जमुनिवास, भुचक्रपुर, लक्ष्मीनिवास, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँहरूमा पानीको समस्या चर्कंदै गएको हो।यहाँका मुहान धमाधम सुकेका छन्। स्थानीयवासीहरू धारा र कुवा र इनारमा रातभर लाइन बस्न बाध्य छन्। इनार, बोरिङ, हातेपाइप र पोखरी लगायतका अधिकांश पा