काठमाडौं । विश्वकै पुरानो र ठूलो मध्येको एक कार निर्माता फोर्डले नयाँ टेक्नोलोजीको पेटेन्ट राइट दर्ता गराएको छ । कम्पनीले यसको नाम अहिलेसम्म बाहिर नल्याएपनि पैदल यात्रुको सुरक्षाको लागि यसको प्रयोग गर्नेछ । फोर्ड ठूला र मस्कुलर एसयूभी तथा पीकअप ट्रक उत्पादनमा चल्तीको ब्राण्ड हो । यस्तोमा गाडीको ठक्करबाट हुने दुर्घटना न्यूनिकरण गर्न यो टेक्नोलोजीले […]
काठमाडौं । कोहीले ४० वर्ष उमेर कटेसी घुमौला, रमाउला भन्ने सोच्नुभएको होला । कोहीले भने त्यो उमेरमा घरपरिवारको जिम्मेवारी र बाध्यताले थाँति रहेका काम गरौंला भन्ने योजना बुन्नुभएको होला ।
४० वर्ष उमेर पुगेकाहरूमध्ये कोही व्यापार/व्यवसाय शुरु गर्न नसकेर चिन्तित पनि हुनुहुन्छ होला । त्यसो हो भने चिन्ता लिनुपर्दैन । किनकि उद्यम शुरु गर्न यो नै एकदमै सही समय हो । ४० वर्ष वा त्योभन्दा बढी उमेरमा कम्पनी खोल्नेहरूको सफलताले यो स्पष्ट देखाउँछ ।
अहिले नेटफ्लिक्स नहेर्ने को होला ! यसको शुरुआत रिट ह्याष्टिङले ४० वर्ष उमेर पुगेपछि गरेका थिए । गोर्डन बोकरले पनि ५२ वर्षको उमेरमा अमेरिकी कफी चेन स्टारबक्स खोले । उमेरले सपना पूरा गर्न कहाँ छेक्छ ! हेनरी फोर्डले ४० वर्षको उमेरमा फोर्ड मोटर कम्पनी खोलेका थिए । महिलाहरूको फेसनमा कायापलट गर्ने कम्पनी डियोको स्थापना क्रिष्टियन डियोले ४१ वर्षको उमेरमा गरेका थिए ।
तर, कम उमेरमा उद्यम वा कम्पनी शुरु गर्दा असफल हुन्छ भन्ने होइन, त्यो बेला कम्पनी चलाउनेहरूले पनि सफलताको शिखर चुमेका छन् । फेसबुक संस्थापक मार्क जुकरबर्गले १९ वर्ष मात्रै हुँदा शुरु गरेको फेसबुक अहिले खर्बौं डलर नेटवर्थको कम्पनी बनेको छ ।
यही सूचीमा पर्छन् आईफोन उत्पादक एप्पलका सह–संस्थापक स्टिभ जब्स । उनले २१ वर्षको उमेरमा कम्पनी स्थापना गरेका थिए ।
०००
जोस, आँट र जाँगर भए उद्यम शुरु गर्न उमेर मात्रै होइन, अन्य केही तत्वले पनि छेक्दैन । फेरि यसो भन्दैमा जीवनको मध्यमा नयाँ परिवर्तन त्यति सहज हुन्छ भन्ने होइन । यसमा अनेकौं चुनौती र अवरोधहरू पनि आउँछन् । तर, यसबाट आत्तिनु हुन्न ।
व्यावसायिक योजना, लगानी, लगानीकर्ताहरूसमक्ष आफ्नो अवधारणा राख्ने तरिकाले उद्यमको सफलता वा असफलता निर्धारण गर्छ । ४० कटेपछि आफ्नो व्यवसाय शुरु गर्दाका कयौं लाभ छन् । तीमध्ये केही यस प्रकार छन् :
वर्षौंको अनुभव
जुन व्यवसाय शुरु गर्दा पनि अनुभव चाहिन्छ । तपाईंले जुन काममा वर्षौं समय खर्चनुभयो, त्यही क्षेत्रसँग सम्बन्धित व्यापार÷व्यवसाय गर्नुभयो भने सफल हुन टेवा पुग्छ । बजारले कसरी काम गर्छ, व्यवसायको योजना कसरी अगाडि बढ्ला, कुन मार्केटिङको रणनीतिले राम्रोसँग काम गर्ला भन्ने कुराको अनुभव तपाईंले बटुलिसक्नु हुन्छ ।
यससँगै उद्यमीका रूपमा के गर्नु हुन्न भन्ने पनि तपाईंलाई थाहा हुन्छ । कामको सिलसिलामा तपाईंले कयौं असफलता पनि देख्नुभएको हुन्छ । यसले अगाडिको अनिश्चित यात्राको लागि तपाईंलाई तम्तयार बनाउनेछ ।
बलियो पेशागत नेटवर्क
जीवनको यो चरणमा आइपुग्दासम्म तपाईंको पेशागत नेटवर्क बलियो भइसकेको हुन्छ । यसबाट तपाईंले लाभ पनि लिन सक्नुहुन्छ । मार्केटिङ, फाइनान्स, विक्री, सञ्चालन, लेखन, डिजाइनिङ र लगानी आदि क्षेत्रका विज्ञहरूसँग तपार्इंको कनेक्शन हुन सक्छ । यो तपाईंको व्यवसायको वृद्धिका लागि ‘गेम चेञ्जर’ हुन सक्छ ।
कुनै भेटरानले दिने सामान्य सुझाव पनि तपाईं र तपाईंको व्यवसायको लागि अति नै महत्त्वपूर्ण हुन सक्छ । यति बेला तपाईंले आफूले वर्षौंदेखि चिनिरहेका व्यक्तिहरूसँग रिकनेक्ट गर्न सक्नुहुन्छ । आफ्नो नेटवर्क बढाउन तपाईंले लिंक्डइन, फेसबुकजस्ता प्लेटफर्महरूको पनि प्रयोग गर्न सक्नु हुन्छ ।
वित्तीय स्थिरता
अधबैंसे उमेरसम्म आइपुग्दा तपाईंसँग केही न केही लगानी र बचत पनि जम्मा भएको हुन्छ । व्यवसाय शुरु गर्न घरजग्गा वा अन्य सम्पत्ति नै धितो राखेर ऋण काड्नु पर्ने अवस्था नहुन पनि सक्छ । कुनै कुनै लगानीकर्ता र कर्जा दिने संस्थाहरूले युवाहरूलाई धेरै विश्वास अधवैंसेहरूलाई गरेर वित्तीय टेवा दिने गरेको पनि पाइन्छ ।
आफ्नो कमजोरी र मजबूत पक्षको ज्ञान
जीवनको यो क्षणसम्म आइपुग्दा तपाईंले विविध भूमिकाहरू निभाइसक्नुभएको हुन्छ । कयौं जिम्मेवारी वहन गरिसक्नुभएको हुन्छ । आफ्नो राम्रा अनि नराम्रा पक्षहरू अझ भन्दा कमजोरी र मजबूत पक्षको राम्रो ज्ञान भइसक्छ । व्यवसायको कुन क्षेत्रलाई एक्लैले ह्यान्डल गर्न सकिन्छ अनि कुन कामका लागि अरु व्यक्ति चाहिन्छ भन्ने कुरा थाहा पाइसक्नु हुन्छ ।
उद्यम शुरु गर्दा भने केही कामहरू गर्नु आवश्यक हुन्छ । ती यसप्रकार छन् ।
१. आफ्नो क्षमता अनि उद्यमशील बन्न आफ्नो क्षमताबारे ध्यान दिनुपर्दछ ।
२. प्रतिस्पर्धीहरूले के गरिरहेका छन् ? उपभोक्ताहरूले के खोजिरहेका छन् ? व्यवसायको दायरा के छ ? जोखिमहरू के कस्ता छन् ? यी कुरा थाहा पाउन बजारको अध्ययन गर्न आवश्यक छ ।
३. आफ्नो बचत कति छ ? अनि कति पैसा उठाउनु पर्छ ? यसबारे स्पष्ट हुनुपर्छ । यससँगै वित्तीय अवस्थाको मूल्यांकन गर्नुपर्छ ।
४. प्रतिस्पर्धात्मक क्षमता बलियो बनाउन प्रविधिको क्षेत्रमा भइरहेका प्रगतिमाथि नजर राख्नुपर्छ । आफ्नो पृष्ठभूमि प्रविधि क्षेत्र होइन भने कुनै प्राविधिक व्यक्तिसँग साझेदारी गर्ने वा त्यस्ता व्यक्तिलाई काममा राख्नु ठिक हुन्छ ।
५. सिक्ने (बिर्सने) इच्छा चाहिन्छ । जीवनको जुनसुकै कालखन्डमा व्यवसाय शुरु गर्नु चुनौतीपूर्ण नै हुन्छ । दिमागलाई खुला राखेर, लचिलो भएर अगाडि बढ्नु पर्छ । आफूले पहिला सिकेको तर अहिले काम नलाग्ने कुराहरू बिर्सने क्षमता पनि आवश्यक छ । एजेन्सीहरूको सहयोगमा
काठमाडौं । फक्सवागेनले फोर्डसँगको सहकार्यमा नयाँ विद्युतीय पिकअप उत्पादन गर्ने भएको छ । कम्पनीले निर्माण गर्न लागेको नयाँ पीकअप फोर्डको ‘कन्भेन्सनल मोनोकक्यू प्लेटफर्म’मा आधारित छ । नयाँ जेनेरेशन फोर्ड रेन्जर पनि यहि प्लेटफर्ममा बनेको हो । यसमा फोर्ड रेन्जर ईभीमा प्रयोग भएको ‘ल्याडर फ्रेम च्यासिस’ प्रयोग हुनेछ । यो ल्याडर फ्रेम सेट-अपमा बन्ने फक्सवागेनको पहिलो […]
काठमाडौं । विद्युतीय कारको प्रयोगमा चीन र यूरोप बीच तिब्र प्रतिस्पर्धा देखिएको छ । तिब्र ईभीको प्रयोग गर्ने देशमा चीनमा सबैभन्दा अगाडि रहेको छ भने यूरोपले चीनलाई पच्छाई रहेको छ । विभिन्न कार निर्माता कम्पनीहरु बीवाइडी, फक्सवागेन, एमजी, विलिङ, चांगन, टेस्ला, जिली, डोङफेङ, हुन्डाई, किया, एक्सपीन, भिनफास्ट, फोर्ड लगायतका कम्पनीले तिब्र गतिमा विद्युतीय गाडी उत्पादन […]
काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा बुधबारदेखि राजा त्रिभुवन र महेन्द्रको विलासी सवारी साधनसहित ३ सवारी साधन प्रदर्शनीमा राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव महेश्वर न्यौपानेले संग्रहालयमा ती सवारी साधनको उद्घाटन गर्नुभएको हो । संग्रहालयमा राजा त्रिभुवनले प्रयोग गर्ने फोर्ड कम्पनीको काठको क्यारियर भएको पिकअप ट्रक र फोर्ड कम्पनीकै वा. अ. २ नम्बरको […]
काठमाडौं । पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार सङ्ग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका तीन सवारी सर्वसाधारणले हेर्न पाउने गरी आज खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्वराजपरिवारले प्रयोग […]
अबका कुनै पनि प्रतिस्पर्धी दल वा नेताको राजनीतिको मूलभूत एजेन्डा द्रुततर आर्थिक विकास हुनुपर्छ र आर्थिक विकासको रणनीति औद्योगिक विकास नै हुनुपर्छ । यसमा यदि कसैले होइन कृषि हुनुपर्छ भन्छ भने त्यो अर्ध सत्य हो र पूर्ण सत्य त्यति बेला हुन्छ जब कृषिलाई उद्योगीकरण गर्ने भन्छ । औद्योगिक प्रवर्द्धनका लागि आवश्यक आधारभूत पक्ष नवप्रवर्तन (इन्नोभेशन) हो । हामीलाई पश्चिमेलीको जस्तो खर्चिलो नवप्रवर्तन चाहिएको होइन, बरु हाम्रो मुलुकको खाँचोको प्रतिनिधित्व गर्ने नवप्रवर्तन समाजवादी र मितव्ययी (फ्रगल) पनि हुन आवश्यक छ । मुलुकमा औद्योगिक आय ५ प्रतिशतको हाराहारीमा रहेको छ । खाद्यवस्तुमा २ तिहाइ अंश बाह्य निर्भरता छ । कृषि भूमि र कृषि उत्पादकत्व ह्रास हुँदै गएको छ । मुलुकको आत्मनिर्भरता समाप्त हुँदै गएको छ । निर्यात व्यापार न्यून रहेको छ । भुक्तानी सन्तुलन निराशाजनक रहेको छ । यस्ता धेरै चुनौतीको सामना गर्नुपर्ने भएबाट आर्थिक जटिलता थपिएको छ । त्यसमाथि मुलुकको भ्रष्ट राजनीतिले आर्थिक व्यवस्थामा पक्षघात नै सृजना गरेको छ । यो खासगरी नेपालको आफ्नै प्रकारको चुनौती हो । यसको सामना गर्ने वा समाधान खोज्ने आशाको त्यान्द्रो औद्योगिक विकास हो ।
विश्व बजारको अवस्था अस्थिर, चलायमान, जटिल र द्विविधाजनक भएकाले यो बढी अनिश्चित छ । निश्चितताको कुरा गर्ने हो भने दुई कुरा मात्र निश्चित छन्– विश्वमा स्तरीय वस्तुको निरन्तर माग वृद्धि हुँदै गएको छ र स्रोतको दिनप्रतिदिन अभाव हुँदै गएको छ । यही माग र आपूर्तिबीचको अन्तर र द्वन्द्वको स्थिति नै उत्पादन प्रणालीको तथा बजारको मुख्य चुनौती हो । यो नेपालले मात्र होइन, विश्वका सबै मुलुकले भोग्नुपर्ने चुनौती हो । अत: कुनै पनि उद्योगको रणनीति थोरै लगानीबाट धेरै उपलब्धि प्राप्त गर्ने हुनुपर्छ । त्यसैले उद्योग सञ्चालन गर्दा ध्यान केन्द्रित गर्नुपर्ने विषय गुणस्तर, मूल्य अभिवृद्धि र नवप्रवर्तन नै हो । नवप्रवर्तन भनेको नवीनतम प्रविधि वा अभ्यासहरू व्यवहारमा उतार्नु हो ।
मितव्ययी नवप्रवर्तन भनेको ‘थोरै लगानीबाट धैरै आम्दानी गर्ने’ भन्ने व्यावसायिक रणनीति नै हो । फुजित्सु, सुजुकी, ग्लाक्सो, स्मिथ क्लाइन, पेप्सिको, रेनल्ट, निसान, साइमन, पियर्सनजस्ता कम्पनीहरूले मितव्ययिता, प्रभावकारिता, गतिशीलता र नवप्रवर्तनमा ध्यान दिएका छन् । समाजवादी शैलीमा रूपान्तरण गरिएको मितव्ययी नवप्रवर्तनको मोडल लघु उद्यम कार्यक्रमका रूपमा नेपालमा सफलतापूर्वक परीक्षण भइसकेको छ । मितव्ययी नवप्रवर्तनका देहायअनुसारका नौओटा विशेषता वा सिद्धान्त छन् ।
उपभोक्ताको वरिपरि केन्द्रित व्यवसाय
खर्चिलो अनुसन्धान र विकास पद्धतिबाट भन्दा आफ्ना उपभोक्ताहरूको चाहना, खाँचो, व्यवहार र प्रवृत्तिअनुसार यथास्थानमा प्राकृतिक वातावरणमा र वासस्थानमा नै केन्द्रित रहेर तिनीहरूको खाँचो र चाहनाअनुसारका वस्तु र सेवा विकसित गर्दै जाने गरिन्छ । मेडेप कार्यक्रमका व्यवस्थापक, म्यानेजर र मार्केटिङ अफिसरहरूले लघुउद्यम समाज सृजना गरी यस्तै उपभोगमा केन्द्रित रहेर वस्तु विकसित गर्ने (प्रडक्ट डेभलपमेन्ट) र चाहिएका वस्तु उत्पादन गर्ने पद्धति अपनाउँछन् ।
स्थानीय स्रोत साधनबाट प्रारम्भ
स्थानीय स्रोतसाधन भनेको आफ्नै गाउँठाउँमा पाइने स्थानीय वस्तुहरू प्रयोगमा ल्यउनु हो । त्यस्ता, वस्तुहरूमा कृषि पैदावर, वन पैदावर र खनिज पैदावरका प्रारम्भिक वस्तुहरू पर्छन् । मेडेपले आफ्ना लघुउद्यमीहरूका लागि यस्तै वस्तुहरूमा आधारित उद्योग सञ्चालन गरेकाले सीमा नाकाहरू बन्द भई नेपालका संपूर्ण उद्योगहरू बन्द रहेको अवस्थामा पनि लघुउद्यमहरू पूर्ण क्षमतामा सञ्चालनमा रहेका थिए ।
विपन्न केन्द्रित उद्यमशीलता
उद्योग सम्पन्न व्यक्तिले गर्ने लगानी हो भन्ने विषय सबैले बुझेको कुरा हो । मेडेपले अपनाएको लघुउद्यम कार्यक्रम भने विपन्न व्यक्तिहरू उद्यमी हुने उदेकलाग्दो प्रयोग र नौलो प्रकारको नवप्रवर्तन नै हो । छानिने उद्यमीहरू गरीबी निवारणको प्रयोजनका हिसाबले विपन्न वर्गमा परेका हुन्छन् । त्यसमा पनि अझ महिला, दलित, जनजाति र अति विपन्न वर्ग प्रथमिकतामा रहेका छन् । लघु उद्यम कार्यक्रमले ६० हजारभन्दा बढी यस्ता लक्षित समूहलाई उद्यमी बनाउन र उनीहरूको भाग्य परिवर्तन गर्न सफलता प्राप्त गरिसकेको छ ।
एकका लागि धेरै, धेरैका लागि एक
लघुउद्यम कार्यक्रम सहकारीजस्तै १५–२० जनाको समूहमा शीप विकास र व्यावसायिकलगायत विभिन्न शैक्षिक तथा तालीम कार्यक्रमको साथमा सञ्चालन गरिने र विभिन्न सरोकारवाला मन्त्रालय र तिनका एजेन्सी, बैंक, कार्यक्रमका साझेदार संगठन हुने भएकाले ती र कार्यक्रमका पदाधिकारीहरू प्रत्येक उद्यमीका लागि पनि समर्पित हुने र हरेक साझेदार संस्था वा पदाधिकारीको सेवाको लाभ सबै उद्यमीले प्राप्त गर्ने तथा उद्यमीको समूहमा पनि प्रत्येक व्यक्तिले समूहलाई र समूहले व्यक्तिलाई सहयोग पुुर्याउने भएकाले एकका लागि धेरै र धेरैका लागि एकको भावना चरितार्थ भएको छ ।
उद्योगमा विविधीकरण पद्धति
उत्पादन, वितरण, बजार, वस्तु र सेवाको वैज्ञानिक विविधीकरण पद्धति अपनाएमा मात्र स्रोतसाधन र समयको सदुपयोग र बचत हुन्छ । उपभोक्तालाई उपयुक्त स्तर, ढाँचा, मूल्य, चाहना र आवश्यकताअनुसारको वस्तु र सेवा वितरण गर्न सकिन्छ र जहाँ रहेका छन् त्यहाँ, जहिले चाहन्छन् त्यति बेला, जति चाहन्छन् त्यति पुर्याउन सकिन्छ । लघुउद्यम कार्यक्रमले कच्चा पदार्थको र उत्पादित वस्तुको राम्रो विविधीकरण गरेको थियो ।
वातावरणमैत्री दिगो समाधानको अभ्यास
वर्तमानमा स्रोतको बढी उपयोग गर्दा कालान्तरमा स्रोतको न्यूनता रहन जान्छ र विकासोन्मुख अर्थव्यवस्था पश्चिमा जत्तिकै सम्पन्न हुने बेलासम्म अरू थप दुई/तीनओटा पृथ्वीको स्रोत आवश्यक पर्नेछ । यसका लागि यस प्रणालीले बजारीकरणका नाराभन्दा दिगो आर्थिक वृद्धिको रणनीति तयार गर्नुपर्नेे सिद्धान्तमा जोड दिएको छ । लघुउद्यमले पनि वातावरणीय संरक्षणमा जोड दिएको छ र प्राकृतिक स्रोतमा आधारित कच्चा पदार्थको दिगो उपयोग, खेर गएका सामग्रीको पुन: उपयोग, सामग्रीको सहकारी खपत जस्ता अभ्यास गर्दै आएको छ । हाम्रा स्टील, कागज जस्ता उद्योग र युनिलिवर, मार्क–स्पेन्सर, किङ्फिसर समेतका बहुराष्ट्रिय कम्पनीले पनि वातावरणीय असर न्यूनीकरण गर्न पहल गरेका छन् र वस्तुको पुन: उपयोग वा यस्तै उपयुक्त प्रविधि अपनाएर व्यवसाय र वातावरणीय समस्या समाधानको उपायमा ध्यान केन्द्रित गरेका छन् ।
उपभोक्ताको व्यवहार परिवर्तन
कुनै वस्तु वा सेवामा बानी परिसकेका उपभोक्ताहरूको आफ्नो बानी, लगाव र रुचि परिवर्तन गर्नु निकै चुनौतीपूर्ण काम हो । पूर्वाग्रह, कोरा विश्वास र पुरानो मान्यताले उपभोक्तालाई आफ्नो व्यवहार परिवर्तन गर्न र एउटा ब्रान्डको वस्तु वा सेवाबाट अर्कोमा फड्को मार्न अवरोध पुर्याउँछ । तिनीहरूको धारणा परिवर्तन गर्न केही स्वस्थ रणनीति प्रयोग गर्न सकिन्छ । जस्तो वारल्के, आइकिया, खाँ एकेडेमीजस्ता व्यावसायिक संगठनहरूले तथा हाम्रै मुलुकका चौधरी ग्रूप, वरुण बेभरेज, कोकाकोला कम्पनीजस्ता व्यावसायिक संगठनहरूले विभिन्न रणनीति अपनाएर उपभोक्ताको व्यवहार परिवर्तन गरी आफ्ना वस्तु र सेवातर्फ उपभोक्तालाई आकर्षित गर्न सफल भएका छन् । कुनै नारा प्रयोग गरेर, उपहार दिएर, सहुलियतपूर्ण मोलमा वस्तु वा सेवा उपलब्ध गराएर, रेडियो, टीभी आदिमा विज्ञापन गरेर धेरै तरीकाले अकर्षित गरेका छन् । यसका लागि वस्तु वा सेवाको मितव्ययी उत्पादन, लागत सुपथ मूल्य, गुणस्तर र ब्रान्डिङ प्रमुख रणनीति हुन सक्छन् । यसरी उनीहरू निष्ठावान् उपभोग सृजना गर्न समर्थ भएका छन् ।
निष्ठावान् उपभोगलाई साथ लिएर मूल्य सृजना
उपभोक्ताहरू एउटा आदर्श व्यवसायका मूल्यवान् स्रोत व्यक्तिहरू हुन् । त्यस्ता उपभोक्ताले, सेवा र वस्तुको प्रतिक्रिया दिएर, पुष्ट्याइँ दिएर, नयाँ सोच दिएर, नयाँ उपभोक्तालाई आफ्नो अनुभव बताएर, उद्योगलाई पृष्ठपोषण दिएर र अरू धेरै तरीकाले वस्तु र सेवाको वितरण, विकास तथा सुधारका लागि सहयोग पुर्याएका हुन्छन् । अनि वस्तु सेवालाई अझ छिटो, अरू राम्रो अझ स्तरीय बनाउन र थोरै साधनबाट धेरै गर्न मद्दत गर्छन् । उनीहरू मध्येबाट नै प्रवर्द्धन गराउन र मार्केटिङ लिडर छान्न सकिन्छ । अचान, डु इट योरसेल्फ, टेकसप, आइकियाजस्ता व्यवसायले उपभोक्ताको सोच र सल्लाहको उपयोग गरेर उनीहरूसँग साझेदारीमा व्यवसाय सञ्चालन गरेर ब्रान्डको विकास गरेका छन् ।
रचनात्मक सम्बन्ध सूत्र निर्माण
सामसुङ, फोर्ड, मित्सुबिसी, सोनी, ह्युन्डाइ आदि कम्पनीले विभिन्न संस्थासँग साझेदारी गरेर अनुसन्धान र विकास पद्धतिका साथ सफा, स्वच्छ र समुन्नत ढंगले संस्था सञ्चालन गरेका छन् । यस्ता नमूना व्यवसायहरूले विश्वविद्यालय, प्रविधिक शिक्षालय, अनुसन्धानमूलक संस्था, वितरक संस्था, लगानीकर्ता संस्था, प्रविधि विकास तथा सेवा केन्द्रहरू जस्ता संस्थासँग सम्बन्ध सूत्र पनि स्थापित गर्छन् । लघुउद्यम कार्यक्रमले पनि धेरै मन्त्रालय, विभाग तथा एजेन्सीहरूसँग साझेदारी सम्बन्ध स्थापित गरेको छ । यस किसिमको सम्बन्ध, अनुसन्धान, प्रविधि, आर्थिक स्रोत आदि कुनै विषयसँग र व्यवसायको कुनै चरणसँग वा कुनै पनि सिद्धान्तसँग सम्बद्ध हुन सक्छ ।
लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।
संगठनात्मक मनोविज्ञान आधुनिक कम्पनीहरूका लागि महत्त्वपूर्ण हुँदै गएको छ । कर्मचारीहरूलाई कामले कसरी खुशी बनाउँछ भनेर जान्न यसको प्रयोग गरिन्छ । तिनीहरू उत्पादकत्व र राजस्वमा चिन्तित छन् । कम्पनीहरू कम समयमा ज्यादा उत्पादनको चाहना राख्छन् । राम्रो कर्मचारी कुनै पनि कम्पनीका लागि ज्यादै आवश्यक हुन्छ । त्यसैले सबैभन्दा राम्रो उम्मेदवारलाई काममा राख्नु हरेक व्यवसायका लागि लाभदायक हुन्छ । संगठनात्मक मनोविज्ञानले कर्मचारीको दृष्टिकोण, व्यवहार र उनीहरूको चाहना पत्ता लगाउन धेरै ठूलो भूमिका खेल्छ ।
संगठनात्मक मनोविज्ञान के हो ?
जेक्स–७ ब्रिट (२००८) अनुसार संगठनात्मक मनोविज्ञान औपचारिक संगठनात्मक सेटिङहरूमा व्यक्तिगत र समूहको व्यवहारको वैज्ञानिक अध्ययन हो । प्रत्येक कम्पनीले एक निश्चित हदसम्म संगठनात्मक मनोविज्ञान प्रयोग गर्छ । केही कम्पनीले विश्वास गर्छन् कि कर्मचारीको प्रसन्नता र भलाइले कम्पनीलाई फाइदा पुर्याउँछ, राम्रो कामको वातावरणलाई प्राथमकिता दिन्छ र कर्मचारीलाई नयाँ विचार व्यक्त गर्न आमन्त्रित गर्छ ।
बृहत् रूपमा भन्नुपर्दा, संगठनात्मक मनोविज्ञान यस्तो अध्ययन र अनुसन्धानको क्षेत्र हो, जसले कार्यालय स्थलमा मनोविज्ञानका वैज्ञानिक सिद्धान्तहरू र विधिहरूको विकास र अभ्यास गरिन्छ । यसले मानिसहरूको व्यवहार र मनोवृत्तिको विभिन्न पक्षसँग व्यवहार गर्छ ।
संगठनात्मक मनोवैज्ञानिकहरूले कार्यस्थलमा कर्मचारीहरूको व्यवहारमा ध्यान केन्द्रित गर्छन् । तिनीहरूले कार्यसम्पादन, सञ्चार, व्यावसायिकता सन्तुष्टि र सुरक्षासहित समग्र कार्यको वातावरण सुधार गर्न मनोवैज्ञानिक सिद्धान्तहरू र अनुसन्धान विधिहरू लागू गर्छन् ।
संगठनात्मक मनोविज्ञानको विकास
औद्योगिक–संगठनात्मक मनोविज्ञानको अध्ययन संयुक्त राज्य अमेरिकामा सन् १९०० मा मनोवैज्ञानिक हुयूगो मुन्स्टरबर्ग र वाल्टर डिल स्कटको कामबाट उत्पन्न भएको थियो । औद्योगिक–संगठनात्मक मनोविज्ञानको संस्थापकका रूपमा श्रेय वाल्टर डिल स्कटलाई लिइन्छ । तर, बीसौं शताब्दीको अन्त्यमा औद्योगिक मनोविज्ञान वैज्ञानिक रूपमा देखा पर्यो । मनोविज्ञानको यो भागले कार्य व्यवहारका बारेमा सैद्धान्तिक र व्यावहारिक प्रश्नहरूमा वैज्ञानिक विधिहरू लागू गर्दै कर्मचारीको व्यावहारिक र मानसिक स्थितिका बारेमा अध्ययन गर्छ ।
अर्को मुख्य व्यक्तित्व हुन्, औद्योगिक इन्जिनीयर फ्रेडरिक डब्ल्यू टेलर । यिनको संलग्नता अप्रत्यक्ष थियो । जबकि मुन्स्टरबर्ग र स्कटले व्यक्तिहरूमा ध्यान केन्द्रित गरे, टेलरले आफ्ना वैज्ञानिक व्यवस्थापनका सिद्धान्तहरूबारे (न्यूयोर्क १९११) संघसंगठनमा ध्यान केन्द्रित गरे । तथापि टेलरका विचारलाई त्यस समयमा अस्वीकार गरियो ।
सन् १९३० ले महामन्दी ल्यायो र यसका साथमा सामाजिक अवरोध (बेरोजगारी) सृजना गर्यो । त्यसपछि यस क्षेत्रमा कर्मचारीको मनोविज्ञानको आवश्यकता महसूस गरियो । अर्थात् अध्ययनका नयाँ विषयहरू प्रदान गर्यो । उदाहरणका लागि स्वअवधारणामा बेरोजगारीको प्रभावलाई लिन सकिन्छ ।
विभिन्न वैज्ञानिक अध्ययनले कार्यस्थलमा सामाजिक सम्बन्ध र कर्मचारी मनोवृत्तिको महत्त्वलाई उजागर गर्यो । अनुसन्धान र व्यवस्थापनमा मानव सम्बन्धको आवश्यकताको बोध गरायोे । कार्यस्थलका मुद्दाहरूमा कामदारको मनोवृत्ति सर्वेक्षण र संरचित अन्तर्वार्तालाई अनुसन्धान उपकरणका रूपमा प्रयोगमा ल्याउन थालियो । यसरी विभिन्न चरण पार गर्दै संगठनात्मक मनोविज्ञानको महत्त्व बुझ्दै जान थालियो । आज विश्वका ठूलाठूला उद्योगमा यसको अध्ययन अपरिहार्य हुँदै जान थालेको छ । तथापि नेपालमा अझै पनि यसको आवश्यकताका बारेमा अनुभूतिसम्म हुन छैन । विश्वका सबैभन्दा ठूला कम्पनीहरू जस्तै : फोर्ड मोटर, डिसने वल्र्ड, पेप्सी, टोयोटा, जेरोक्स कोओपरेशन, युनाइटेड एरलाइन्सका साथै विश्वका सबै ठूला मोबाइल कम्पनीले संगठनात्मक मनोविज्ञानको महत्त्व बुझी त्यसैअनुसार आफूलाई ढालेका छन् । औद्योगिक र संगठनात्मक मनोवैज्ञानिकहरू सामान्यतया संगठनहरूका लागि प्रदर्शन–मूल्याङ्कन प्रणालीहरू डिजाइन गर्न संलग्न हुन्छन् । यी प्रणाली प्रत्येक कर्मचारीले सन्तोषजनक रूपमा प्रदर्शन गरिरहेका छन् कि छैनन् भनेर मूल्याङ्कन गर्न डिजाइन गरिएको हुन्छ । औद्योगिक र संगठनात्मक मनोवैज्ञानिकहरूले अध्ययन, अनुसन्धान र कार्यमूल्याङ्कनलाई सकेसम्म निष्पक्ष र सकारात्मक बनाउने तरीका लागू गर्छन् । तिनीहरू कार्यसम्पादन मूल्याङ्कनमा संलग्न व्यक्तित्व घटाउन पनि काम गर्छन् । उचित मूल्याङ्कन गरिएमा कर्मचारीहरूलाई काम राम्रोसँग गर्न मद्दत गर्छ । मानिसलाई उनीहरूको प्रतिभा सही काममा लगाउने सम्भावनालाई सुधार गर्छ । निष्पक्षता कायम राख्छ र कम्पनी र व्यक्तिगत प्रशिक्षणको आवश्यकता पहिचान गर्छ ।
यसलाई ध्यानमा राख्दै अधिकांश औद्योगिक–संगठनात्मक मनोवैज्ञानिकहरू यी ६ प्रमुख विषय क्षेत्रमध्ये एकमा काम गर्छन् : प्रशिक्षण र विकास, कर्मचारी छनोट, एर्गोनोमिक्स, प्रदर्शन व्यवस्थापन, काम र जीवनको सन्तुलन र संगठनात्मक विकास ।
विश्वव्यापीकरण आजको कार्य वातावरणमा भइरहेको सबैभन्दा महत्त्वपूर्ण परिवर्तन हो । यसले देशहरू बीचको आर्थिक अन्तरनिर्भरतालाई जनाउँछ, जुन वस्तु, सेवा, पूँजी, ज्ञान र मानिसहरूको अन्तरराष्ट्रिय प्रवाहमार्फत विकास हुन्छ । विश्वव्यापीकरणको यस युगमा संगठनात्मक र मानवीय पक्षहरूमा झन् बढी ध्यान दिनु परेकाले औद्योगिक–संगठनात्मक मनोवैज्ञानिक अध्ययन र अनुसन्धानको विषय व्यापक बदै गएको छ ।
भूमण्डलीकरणका शक्तिहरूले हामी सबैलाई अलिकति नजिक ल्याएको छ । दैनिक सीमापार गर्ने वस्तु, सेवा, डाटा र ज्ञानको मात्रा दिनानुदिन आश्चर्यजनक रूपले अघि बढिरहेका छन् । हामीले सेवा गर्ने र अध्ययन गर्ने संस्थाहरू अन्तरराष्ट्रिय रूपमै धेरै भएका छन् । तर, हामीले अझै गति लिन सकेका छैनौं
हामीले अझै औद्योगिक संगठनात्मक मनोविज्ञानको महत्त्वलाई बुझ्न सकेका छैनौं । धेरै स्नातकोत्तर प्रशिक्षण कार्यक्रमहरू व्यवस्थित रूपमा विकसित हुन सकेको छैन, जसले आफ्ना विद्यार्थीहरूलाई सफल अनुसन्धान र परामर्श करियरका लागि तयार गर्न सकोस् ।
अन्त्यमा संगठनात्मक मनोविज्ञानको महत्त्वलाई अंगीकार गरी देशमा रहेका ठूलाठूला उद्योग, कलकारखाना, अस्पताल, युनिभर्सिटीलगायत सबै ठूला स्कूल र कलेजले यसको अपरिहार्यतालाई मनन गर्नु टड्कारो आवश्यकअता हो भन्दा कुनै अत्युक्ति नहोला ।
लेखक विभिन्न कलेजहरूमा अध्यापन गर्छन् ।
वैशाख २९, सन फ्रान्सिस्को (अमेरिका) । अहिले विश्वभर चिपको अभाव छ । यो अवस्था अझै केही समयसम्म रहने विश्लेषकहरूले बताएका छन् । पछिल्लो समय चिप प्लेस्टेशनदेखि टूथब्रससम्म अनि वाशिङ मशिनदेखि अलार्म क्लकसम्म सबै सामानका लागि जरुरी बन्दै गइरहेको छ ।
चिपको माग बढेसँगै आपूर्ति अभाव बढेको छ, समस्या समाधान हुने कुनै पनि संकेत छैन । यस संकटलाई केहीले चिपागेडोनको संज्ञा दिएका छन् ।
यस्तो अभावको अवस्था सन् २०२३ सम्मै रहने परामर्शदाता कम्पनी फरेष्टरका अनुसन्धान निर्देशक उपाध्यक्ष ग्लेन ओ’डोनेल बताउँछन् । माग निकै उच्च रहने र आपूर्ति सीमित हुने भएको यो अवस्था सन् २०२२ सम्म रहने र २०२३ मा पनि देखिने उनको भनाइ छ ।
चीन सबै कुरामा प्रयोग हुनेतर्फ औंल्याउँदै प्लुरिमी इन्भेष्टमेन्ट म्यानेजर्सका सीआईओ प्याट्रिक आर्मस्ट्रोङले भने अभावको अवस्था १८ महीना रहने बताएका छन् ।
चिप अभावका कारण सबै उद्योग प्रभावित छन् । तर यसको चपेटामा कार उद्योग आएको छ । चिप अभावकै कारण फोर्ड, बीएमडब्ल्यू, फक्सवागनलगायत अटो कम्पनीको उत्पादन प्रभावित भएको छ ।
बजार अनुसन्धान संस्था गार्टनरले भने बुधवार अभावको अवस्था यस वर्षभर रहने बताएको थियो । यसले चिपको प्रकारलाई पनि प्रभावित बनाउने र मूल्य बढाउने उसको भनाइ छ । एजेन्सी
सवारी प्रयोगकर्ताहरूलाई आफूले प्रयोग गरेको सवारीको परिमार्जत भर्सन वा नयाँ मोडल आएपछि अपग्रेड हुने चाहना हुन्छ नै । ह्याचब्याक कार चढ्नेका लागि एसयूभी वा सेडान कारले रिप्लेस गर्नु स्वभाविक हो ।