चार दशक काटेपछि उद्यम गर्दाका चार फाइदा

काठमाडौं । कोहीले ४० वर्ष उमेर कटेसी घुमौला, रमाउला भन्ने सोच्नुभएको होला । कोहीले भने त्यो उमेरमा घरपरिवारको जिम्मेवारी र बाध्यताले थाँति रहेका काम गरौंला भन्ने योजना बुन्नुभएको होला ।  ४० वर्ष उमेर पुगेकाहरूमध्ये कोही व्यापार/व्यवसाय शुरु गर्न नसकेर चिन्तित पनि हुनुहुन्छ होला । त्यसो हो भने चिन्ता लिनुपर्दैन । किनकि उद्यम शुरु गर्न यो नै एकदमै सही समय हो । ४० वर्ष वा त्योभन्दा बढी उमेरमा कम्पनी खोल्नेहरूको सफलताले यो स्पष्ट देखाउँछ ।   अहिले नेटफ्लिक्स नहेर्ने को होला ! यसको शुरुआत रिट ह्याष्टिङले ४० वर्ष उमेर पुगेपछि गरेका थिए । गोर्डन बोकरले पनि ५२ वर्षको उमेरमा अमेरिकी कफी चेन स्टारबक्स खोले । उमेरले सपना पूरा गर्न कहाँ छेक्छ ! हेनरी फोर्डले ४० वर्षको उमेरमा फोर्ड मोटर कम्पनी खोलेका थिए । महिलाहरूको फेसनमा कायापलट गर्ने कम्पनी डियोको स्थापना क्रिष्टियन डियोले ४१ वर्षको उमेरमा गरेका थिए ।  तर, कम उमेरमा उद्यम वा कम्पनी शुरु गर्दा असफल हुन्छ भन्ने होइन, त्यो बेला कम्पनी चलाउनेहरूले पनि सफलताको शिखर चुमेका छन् । फेसबुक संस्थापक मार्क जुकरबर्गले १९ वर्ष मात्रै हुँदा शुरु गरेको फेसबुक अहिले खर्बौं डलर नेटवर्थको कम्पनी बनेको छ ।  यही सूचीमा पर्छन् आईफोन उत्पादक एप्पलका सह–संस्थापक स्टिभ जब्स । उनले २१ वर्षको उमेरमा कम्पनी स्थापना गरेका थिए ।  ००० जोस, आँट र जाँगर भए उद्यम शुरु गर्न उमेर मात्रै होइन, अन्य केही तत्वले पनि छेक्दैन । फेरि यसो भन्दैमा जीवनको मध्यमा नयाँ परिवर्तन त्यति सहज हुन्छ भन्ने होइन । यसमा अनेकौं चुनौती र अवरोधहरू पनि आउँछन् । तर, यसबाट आत्तिनु हुन्न ।  व्यावसायिक योजना, लगानी, लगानीकर्ताहरूसमक्ष आफ्नो अवधारणा राख्ने तरिकाले उद्यमको सफलता वा असफलता निर्धारण गर्छ । ४० कटेपछि आफ्नो व्यवसाय शुरु गर्दाका कयौं लाभ छन् । तीमध्ये केही यस प्रकार छन् : वर्षौंको अनुभव  जुन व्यवसाय शुरु गर्दा पनि अनुभव चाहिन्छ । तपाईंले जुन काममा वर्षौं समय खर्चनुभयो, त्यही क्षेत्रसँग सम्बन्धित व्यापार÷व्यवसाय गर्नुभयो भने सफल हुन टेवा पुग्छ । बजारले कसरी काम गर्छ, व्यवसायको योजना कसरी अगाडि बढ्ला, कुन मार्केटिङको रणनीतिले राम्रोसँग काम गर्ला भन्ने कुराको अनुभव तपाईंले बटुलिसक्नु हुन्छ ।  यससँगै उद्यमीका रूपमा के गर्नु हुन्न भन्ने पनि तपाईंलाई थाहा हुन्छ । कामको सिलसिलामा तपाईंले कयौं असफलता पनि देख्नुभएको हुन्छ । यसले अगाडिको अनिश्चित यात्राको लागि तपाईंलाई तम्तयार बनाउनेछ ।  बलियो पेशागत नेटवर्क  जीवनको यो चरणमा आइपुग्दासम्म तपाईंको पेशागत नेटवर्क बलियो भइसकेको हुन्छ । यसबाट तपाईंले लाभ पनि लिन सक्नुहुन्छ । मार्केटिङ, फाइनान्स, विक्री, सञ्चालन, लेखन, डिजाइनिङ र लगानी आदि क्षेत्रका विज्ञहरूसँग तपार्इंको कनेक्शन हुन सक्छ । यो तपाईंको व्यवसायको वृद्धिका लागि ‘गेम चेञ्जर’ हुन सक्छ ।  कुनै भेटरानले दिने सामान्य सुझाव पनि तपाईं र तपाईंको व्यवसायको लागि अति नै महत्त्वपूर्ण हुन सक्छ । यति बेला तपाईंले आफूले वर्षौंदेखि चिनिरहेका व्यक्तिहरूसँग रिकनेक्ट गर्न सक्नुहुन्छ । आफ्नो नेटवर्क बढाउन तपाईंले लिंक्डइन, फेसबुकजस्ता प्लेटफर्महरूको पनि प्रयोग गर्न सक्नु हुन्छ ।  वित्तीय स्थिरता अधबैंसे उमेरसम्म आइपुग्दा तपाईंसँग केही न केही लगानी र बचत पनि जम्मा भएको हुन्छ । व्यवसाय शुरु गर्न घरजग्गा वा अन्य सम्पत्ति नै धितो राखेर ऋण काड्नु पर्ने अवस्था नहुन पनि सक्छ । कुनै कुनै लगानीकर्ता र कर्जा दिने संस्थाहरूले युवाहरूलाई धेरै विश्वास अधवैंसेहरूलाई गरेर वित्तीय टेवा दिने गरेको पनि पाइन्छ ।  आफ्नो कमजोरी र मजबूत पक्षको ज्ञान जीवनको यो क्षणसम्म आइपुग्दा तपाईंले विविध भूमिकाहरू निभाइसक्नुभएको हुन्छ । कयौं जिम्मेवारी वहन गरिसक्नुभएको हुन्छ । आफ्नो राम्रा अनि नराम्रा पक्षहरू अझ भन्दा कमजोरी र मजबूत पक्षको राम्रो ज्ञान भइसक्छ । व्यवसायको कुन क्षेत्रलाई एक्लैले ह्यान्डल गर्न सकिन्छ अनि कुन कामका लागि अरु व्यक्ति चाहिन्छ भन्ने कुरा थाहा पाइसक्नु हुन्छ ।  उद्यम शुरु गर्दा भने केही कामहरू गर्नु आवश्यक हुन्छ । ती यसप्रकार छन् ।  १. आफ्नो क्षमता अनि उद्यमशील बन्न आफ्नो क्षमताबारे ध्यान दिनुपर्दछ ।  २. प्रतिस्पर्धीहरूले के गरिरहेका छन् ? उपभोक्ताहरूले के खोजिरहेका छन् ? व्यवसायको दायरा के छ ? जोखिमहरू के कस्ता छन् ? यी कुरा थाहा पाउन बजारको अध्ययन गर्न आवश्यक छ ।  ३. आफ्नो बचत कति छ ? अनि कति पैसा उठाउनु पर्छ ? यसबारे स्पष्ट हुनुपर्छ । यससँगै वित्तीय अवस्थाको मूल्यांकन गर्नुपर्छ ।  ४. प्रतिस्पर्धात्मक क्षमता बलियो बनाउन प्रविधिको क्षेत्रमा भइरहेका प्रगतिमाथि नजर राख्नुपर्छ । आफ्नो पृष्ठभूमि प्रविधि क्षेत्र होइन भने कुनै प्राविधिक व्यक्तिसँग साझेदारी गर्ने वा त्यस्ता व्यक्तिलाई काममा राख्नु ठिक हुन्छ ।  ५. सिक्ने (बिर्सने) इच्छा चाहिन्छ । जीवनको जुनसुकै कालखन्डमा व्यवसाय शुरु गर्नु चुनौतीपूर्ण नै हुन्छ । दिमागलाई खुला राखेर, लचिलो भएर अगाडि बढ्नु पर्छ । आफूले पहिला सिकेको तर अहिले काम नलाग्ने कुराहरू बिर्सने क्षमता पनि आवश्यक छ ।  एजेन्सीहरूको सहयोगमा

सम्बन्धित सामग्री

मेथीका फाइदा

- मेथीको साग, गेडा, पानी, तेल, धुलो, टुसा, चिया आदि जस्तो रूपमा खाए पनि त्यसबाट स्वास्थ्यसम्बन्धी विभिन्न फाइदा मिल्छ ।  - मेथीमा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, फोलिक एसिड,...

हाइकिङका फाइदा

हाइकिङमा हिमालको दृश्यावलोकन गर्दै हिँड्नुको बेग्लै मज्जा छ । हाइकिङ गर्दा शारीरिक तथा मानसिक रूपमा फाइदा पनि छ । चराचुरुंगीको आवाज सुन्दै डाँडापाखामा हिँड्दा मनमा आनन्द आभास हुन्छ । कुनै तनाव वा समस्या...

हाइकिङका फाइदा

हाइकिङमा हिमालको दृश्यावलोकन गर्दै हिँड्नुको बेग्लै मज्जा छ । हाइकिङ गर्दा शारीरिक तथा मानसिक फाइदा पनि छ । चराचुरुंगीको आवाज सुन्दै डाँडापाखामा हिँड्दा मनमा आनन्दको आभास हुन्छ । कुनै तनाव वा समस्या छ...

हामीले किन खाने हरियो धनियाँ ? यस्ता छन् फाइदा

काठमाडौं -हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयोग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ । यसले भान्सालाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् । हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरुलाई निकै फाइदा हुन्छ । त्यसका लागी चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ । शारीरिक रुपमा कमजोर हुनु भएको छ भने धनियाँको जुस पिउनुस् निकै फाइदा हुन्छ । त्यस्तै आखाका समस्या भएकाहरुले पनि हरियो धनियाँ प्रयोग गर्दा फाइदा पुग्छ । हरियो धनियाँको प्रयोगले पाचन प्रकृयामा स...

किन खाने हरियो धनियाँ ? यस्ता छन् फाइदा

काठमाडौं -हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयाृग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ । यसले भान्सलाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् ।  हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरुलाई निकै फाइदा हुन्छ । त्यसका लागी चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ ।  शारिरीक रुपमा कमजोर हुनु भएको छ भने धनियाँको जुस पिउनुस् निकै फाइदा हुन्छ ।  त्यस्तै आखाका समस्या भएकाहरुले पनि हरियो धनिया प्रयोग गर्दा फाइदा पुग्छ ।  हरियो धनियाको प्...