धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र, संवैधानिक राजतन्त्र र २०४७ सालको संविधानको मागसहित सत्याग्रह थालिने घोषणा (भिडिओसहित)

काठमाडौं, २१ जेठ । विभिन्न राजनीतिक दल र संघ/संस्थाहरुले २०४७ सालको संविधान व्युँताउनका लागि सत्याग्रहको तयारी गर्ने गर्ने भएका छन् । लोकतन्त्र र गणतन्त्र देशका लागि अफाप सिद्ध भएको भन्दै उनीहरुले २०४७ सालको संविधान स्थापना, संवैधानिक राजसंस्था र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राज्यको माग गर्दै सत्याग्रहको आयोजना गरेका हुन् । सत्याग्रह संयोजक समितिले आज (आईतबार) रिपोर्टर्स […]

सम्बन्धित सामग्री

नेपाल कति सप्रियो, कति बिग्रियो– हेर्ने प्रमुख ४ आधार

परम्परागत विश्वासमा टिकेको संस्थाको आधुनिकीकरण सम्भव हुँदैन। संवैधानिक राजतन्त्र वा अन्य कुनै नाममा त्यसलाई आधुनिकीकरण गर्न सकिन्छ भनेर कसैले भन्छ भने त्यो बयलगाडामा इञ्जिन जोडेर गाडी बनाएजस्तो वा साइकलमा ब्याट्री हालेर मोटरसाइकल बनाएजस्तै हो।

राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

राष्ट्रप्रमुखका रुपमा संवैधानिक राजतन्त्र हुनुपर्ने एजेण्डामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि फागुन २५गते हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ दुबै अभिभावकीय भूमिकामा निष्पक्ष हुने सम्भावना नदेखेर मतदान नगर्ने निर्णय गरेको बताउनुभयो । अध्यक्ष लिङ्देनले संविधानले राष्ट्रपतिलाई अभिभावकीय र …

राजतन्त्रबारे बाबुराम : इतिहासले मिल्काइसकेको संस्था फर्काउने हैन

काठमाडौं : राप्रपा प्रवेश गरेपछि रवीन्द्र मिश्रले शुक्रवार काठमाडौं १ बाट चुनाव लड्ने घोषणा गरेका छन्। काठमाडौंको बानेश्वर ब्याङ्क्वेटबाट पुरानै क्षेत्रमा लड्ने घोषणा गरेका मिश्रले आफ्नो एजेन्डा संवैधानिक राजतन्त्र भएको बताएका छन्। शुक्रवार नै पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना सन्देश दिँदै आफू राजनीतिमा कोर्स करेक्सनको पक्षमा रहेको धारणा राखे। यसै…

बाटो बिराएका थियौँ, अब सच्चिन्छौँँ : अध्यक्ष थापा

रामेछाप- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले बाटो बिराएको भन्दै अब सच्चिएर अघि बढ्ने बताएका छन् । संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रको एजेण्डा लिएर अघि बढेका अध्यक्ष थापाले अहिले राजतन्त्र आवश्यक नरहेको बताउन थालेका छन् । गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा नेपालमा प्रवेश गरेका थापाले आफूलाई राजदरबारले हराएको […]

कमल थापालाई डा.बाबुराम भट्टराईको जवाफ– गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन

काठमाडौं।पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्।राप्रपा अध्यक्ष कमल थापाले संवैधानिक राजतन्त्र स्थापना गर्न प्रचण्डलाई आग्रह गरेपछि भट्टराईले यस्तो जवाफ दिएका हुन्।“गणतन्त्रको विकल्प अझै उच्चस्तरको लोकतान्त्रिक गणतन्त्र हो,कुनै पनि रूपको राजतन्त्र हैन।जनतामा भ्रम छर्ने काम नगरौं!”,डा.भट्टराईले ट्वीटरमा लेखेका छन्।राजामा ‘शान, मान र इज्जत थियो’ भन्ने कुरा सत्य नभएको समेत उनले बताएका छन्।