राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

राष्ट्रप्रमुखका रुपमा संवैधानिक राजतन्त्र हुनुपर्ने एजेण्डामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि फागुन २५गते हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ दुबै अभिभावकीय भूमिकामा निष्पक्ष हुने सम्भावना नदेखेर मतदान नगर्ने निर्णय गरेको बताउनुभयो । अध्यक्ष लिङ्देनले संविधानले राष्ट्रपतिलाई अभिभावकीय र …

सम्बन्धित सामग्री

राप्रपाले राष्ट्रपति चुनावमा मतदान नगर्ने

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा मतदान नगर्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको आज बुधवार बसेकाे बैठकले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो । राप्रपाका १४ जना सङ्घीय सांसद र २८ जना प्रदेश सभा सदस्य छन् । राष्ट्रपतिको चुनाव भोलि बिहीवार हुँदैछ । राष्ट्रपति पदका लागि नौ दलका तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

शीर्ष नेताले कहाँबाट गर्दै छन् मतदान ?

राष्ट्रपतिको मतदानको टुंगो छैन, उपराष्ट्रपतिले मतदान नगर्ने  स्थानीय निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीले मतदान गर्ने कि नगर्ने भन्ने अझै टुंगो लागिसकेको छैन । राष्ट्रपतिमा निर्वाचित भएयता उनले कुनै पनि निर्वाचनमा मतदान गरेकी छैनन् ।...

विवेकशील साझाद्वारा राष्ट्रपतिको निर्वाचन बहिस्कार :: Pahilopost.com

काठमाडौं: विवेकशील साझा पार्टीले राष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने भएको छ। तीन प्रदेश सदस्य रहेको पार्टीले संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ नदेखिएको भन्दै मत नहाल्ने प्रदेश ३ का पार्टीका संसदीय दलका नेता रमेश पौडेलले जानकारी दिए। प्रमुख दल वा तीनका गठवन्धनले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रपति, उपराष्ट्रपति पदमा राष्ट्रिय व्यक्तित्वलाई अघि