स्थानीय तहको निर्वाचनपछि विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रवीन्द्र मिश्र वर्तमान शासन प्रणाली नै उल्ट्याउने पक्षमा उभिएका छन् । ‘विचारभन्दा माथि देश’ को अवधारणालाई थप परिष्कृत गर्दै मिश्र संवैधानिक राजतन्त्र र हिन्दु–बौद्ध राष्ट्रको पक्षमा उभिएका हुन् । उनले संघीयता खारेज गर्नुपर्ने यसअघिदेखि नै बताउँदै आएका छन् । स्थानीय निर्वाचनमा पार्टीको लज्जास्पद नतिजा आएपछि राजीनामा दिएका मिश्रले यसअघि नै विचारभन्दा माथि देशको अवधारणालाई पुस्तककै रू