हिमालयन रि–इन्स्योरेन्सलाई अनुमति

बिमा समितिले पुनर्बिमा कारोबारका लागि हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई अनुमति दिएको छ । समितिमा प्रस्ताव पेश गरेका ५ कम्पनीबाट हिमालयन छानिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।समितिले २१ दिनको समय दिएर वैशाख १६ गते नयाँ पुनर्बिमा कम्पनीका लागि प्रस्ताव आह्वान गरेको थियो । उक्त समयभित्र हिमालयनका साथै अन्नपूर्ण रि, काठमाडौं रि, प्रडुन्सियल रि र […]

सम्बन्धित सामग्री

अवसरले सक्षम

गत वैशाखमा हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारीमा ३७ वर्षीया उपासना पौडेल पुगिन्।...

हिमालयन रिको प्रिमियम मूल्यमाथि कारण देखाउ आदेश

११ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति दिएको विषयमा नेपाल धितोपत्र बोर्डसँग कारण मागेको छ । प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिने अनुमतिपत्रका कारण आफूहरुसहित लगानीकर्तालाई नोक्सान भएको दावी गर्दै यामप्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । न्यायाधीश डा. कुमार […]

वैदेशिक रोजगारीमा रहेकालाई २१ कात्तिकदेखि हिमालयन रि–इन्स्योरेन्सको आईपीओ

३ कात्तिक, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले २१ कात्तिकदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुने ३ […]

‘हिमालयन रि’मा उपासना : १० अर्बको कम्पनीमा ३७ वर्षे महिला सीईओ

१४ असोज, काठमाडौं । १० अर्ब रुपैयाँ चुक्ता पूँजीको कम्पनी हिमालयन रि–इन्स्योरेन्स कम्पनीले ३७ वर्षीया नेपाली महिला उपासना पौडेललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी दिएको छ । कम्पनी सञ्चालनमा आएपछि नै सीईओ तथा डेपुटी सीईओसहितका व्यवस्थापनका मुख्य पदहरुमा भारतीय प्रोफेसनलहरुलाई नियुक्त गरिएको थियो । तर, प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरण राममूर्तिले राजीनामा दिएपछि डेपुटी सीईओका रुपमा […]

हिमालयन रि–इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त

१४ असोज, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् । कम्पनी सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृत रहेका चन्द्रशेखरनको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । पौडेलाई सीईओ नियुक्त गर्ने प्रस्ताव बीमा प्राधिकरणमा पठाएको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पौडेललाई […]

हिमालयन रि–इन्स्योरेन्सले प्रिमियमा आईपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

३१ भदौ, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले प्रिमियममा प्राथमिक सेयर (आईपीओ) जारी गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले २६ भदौमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ अर्ब बराबरको ३ करोड कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ प्रतिकित्ता अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी […]

आईपीओ ल्याउँदै हिमालयन रि-इन्स्योरेन्स

हिमालयन रि–इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको कम्पनीले आइपिओ ल्याउने भएको हो ।कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो । यससँगै, लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने भएका हुन् । यद्यपी, कम्पनीले कति रुपैयाँ बराबरको आईपीओ ल्याउने भन्ने विषयमा जानकारी दिएको छैन ।

हिमालयन रि–इन्स्योरेन्स कम्पनीः सञ्चालन अनुमति दिँदा एक अर्बको ‘डिल’

काठमाडौं, असार १४। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचारीको मुख पनि हेर्दिनँ’ भन्ने अभिव्यक्ति सार्वजनिक रूपमा दिँदै आएका छन्। तर ओली नेतृत्वको सरकारमा उच्च राजनीतिक नेतृत्वको योजनाअनुसार एकपछि अर्को अनियमितताका घटना सार्वजनिक हुँदै आएका छन्। त्यसको पछिल्लो उदाहरण हिमालयन रि–इन्स्योरेन्स कम्पनी हो। उद्योगी–व्यवसायी स्रोतका अनुसार हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई पुनर्बिमा कम्पनी सञ्चालनका लागि इजाजतमा […]

हिमालयन रि–इन्स्योरेन्स कम्पनी: सञ्चालन अनुमति दिँदा एक अर्बको ‘डिल’

उद्योगी–व्यवसायी स्रोतका अनुसार हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई पुनर्बिमा कम्पनी सञ्चालनका लागि इजाजतमा समेत अनियमितता भएको आशंका छ। सरकारको उच्च नेतृत्वलाई प्रभावमा पारेर हिमालयन रि–इन्स्योरेन्स कम्पनीले अनुमति पाएको त्यही कम्पनीका एक सञ्चालकले बताए। ‘केही रकम बुझाइसक्यौं, बाँकी रकम कम्पनीले कारोबार सुरु गरेपछि बुझाउने सहमति भएको छ,’ ती सञ्चालकले भने, ‘प्रतिकित्ता १ सय १० रुपैयाँ उठाएर रकम बुझाउँछौं।’

नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रि–इन्स्योरेन्सलाई

काठमाण्डाै – नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रि–इन्स्योरेन्स कम्पनीले पाएको छ । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीका लागि आवेदन दिएका पाँच कम्पनीमध्ये हिमालय रि–इन्स्योरेन्सलाई लाइसेन्स दिने निर्णय भएको कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । नयाँ कम्पनीका लागि हिमालयनसँगै प्रुडेन्सियल रि–इन्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाण्डाै रि–इन्स्योरेन्स र जेन्युन रि–इन्योरेन्सले निवेदन दिएका थिए । अहिलेसम्म नेपालमा नेपाल पुनर्बीमा कम्पनी म...