लन्डन । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल चर्चित स्ट्राइकर केलियन एमबाप्पेलाई भित्र्याउन इच्छुक देखिएको छ । साउदी अरबियन क्लब अल हिलालले गरेको विश्व कीर्तिमानी २५९ मिलियन पाउन्डको प्रस्ताव एमबाप्पेले अस्वीकार गरेपछि लिभरपुल अगाडि सरेको हो । लिभरपुलले एमबाप्पेलाई एक वर्षका लागि लोनमा भित्र्याउन छलफल अगाडि बढाएको मिरर डट को डट युकेले उल्लेख गरेको छ । […]