विराटनगर– राष्ट्रियसभाअन्तर्गत प्रदेश १ को चुनावमा अन्तर्घात गर्ने नेताहरूलाई कारबाही गर्ने नेकपा एमालेले जनाएको छ । पार्टीको प्रदेश १ कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गरी पार्टीको निर्णय र हितविरुद्ध अन्तर्घात गर्नेमाथि छानबिन गरी दोषीउपर कडा कारबाही गर्ने जनाएको हो । पार्टीभित्रका कतिपय अवसरवादी र अराजक पात्रहरूले चुनावमा अवाञ्छित हर्कत गरेको नेकपा एमालेको ठहर छ ।