कास्की – नेकपा एमाले कास्कीले पालिका चुनावका बेला अन्तर्घात गरेकाे आराेपमा तीन जना कार्यकर्तालाई कारबाही गरेकाे छ । चुनावका बेला सार्वजनिक भएकाे अडियाेबारे अनुसन्धान गरेर त्यस अडियाेले पार्टी पराजयमा सहयाेग गरेकाे भन्दै उनीहरूलाई कारबाही गरेकाे जनाएकाे छ । ३३ नम्बर वडाका उपाध्यक्ष महेश अर्याल, सङ्गठित सदस्य मनाेज पहारी र प्रशान्त आचार्यलाई जिम्मेवारीबाट हटाइएकाे एमाले कास्कीले जनाएकाे छ ।