राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने एमालेको निर्णय

नेकपा (एमाले)को सचिवालय बैठकले राष्ट्रिय सभाको निर्वाचनमा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय गरेको छ ।  माघ १२ गते राष्ट्रिय सभाको १९ जना सदस्यको लागि निर्वाचन भएको थियो । उक्त निर्वाचनमा एमालेले एक सिट मात्रै जितेको थियो ।  बुधवार भक्तपुरमा बसेको सचिवालयको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेश कमिटीलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । एमालेको सचिवालय बैठकले प्रत्येक सदस्यले त...