कुलमानले भने 'महँगोमा विजुली किनेर भए पनि लोडसेडिङ हुन दिदैनौ'

नेपाल विद्युत प्राधिकारणले लोडसेडिङ नभएको र हुन पनि नदिने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले क्षणीक् समस्याको कारणले मात्र केहि दिन औद्योगिक क्षेत्रमा केहि बिजुली कटौती गरिएको भएपनि त्यसलाई लोडसेडिङ भन्न नमिल्ने बताए ।उनका अनुसार भारतमा बिजुलीको मूल्य बढेको कारण नेपालले कबुल गरेको मूल्यमा बिजुली खरिद गर्न पाएको थिएन । तर आजबाट भने प्रति युनिट ३८ रुपैयाँमा बिजुली आयात गर्ने तयारी भईरहेकोले आजबाट कहिँ कतै पनि विजुली कटौती नहुने बताए । अहिलेको समस्या विश्वभरको भए पनि यो समस्या छोटोसमयको लागि मात्र हुने उनले बताए ।  उनले प्राधिकरणले महँगोमा खरिद गरेर भए पनि लोडसेडिङ हुन नदिने प्रतिवद्दता जनाए । उनले भने 'लोडसेडिङ भएको छैन , हुदैन र हुन पनि दिदैनौ' ।  प्राधिकारणका प्रवक्ता तथा प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले आज राति १२:१५ बजेदेखि प्रति युनिट ३८ रुपियाँमा विजुली खरिद गरिने बताए । उनका अनुसार ७ हजार मेगावाट आवर बिजुली आयात गरिने छ । यो मूल्यमा भने प्राधिकरणले विद्युत पाउने अपेक्षा गरिएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ हट्ने बताए । उनले केहि दिन भारतमा विजुलीको मूल्य बढेकोले प्राधिकरणले कबुल गरेको मूल्यमा विजुली नपाउंदा औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए ।उनका अनुसार विगत केहि दिनमा ८ रुपैयाँमा कबुल गर्दा १२ रुपियाँ मूल्य पुगेको र नेपालले १२ रुपैयाँ मूल्य कबुल गर्दा १५.२७ रुपैयाँ भारुमा कारोबार भएर नेपालले बत्ति नपाएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए । आजबाट भने नियमित बिजुली आउने र कतै पनि विजुली अभाव नहुने प्रवक्ता भट्टराईले बताए ।भारतले मुख्यत  कोइलाबाट बिजुली उत्पादन गर्दै आएको छ। रुस र युक्रेन युद्धको असरले कोइलाको मूल्य बढेपछि त्यसको असर बिजुलीको मूल्यमा परेको हो ।भारतबाट आउनु पर्ने ४०० मेगावाट बढी बिजुली नपाएपछि प्राधिकरणले उद्योगहरुमा विद्युत कटौती अर्थात् लोडसेडिङ गरेको थियो ।  जसका कारण  बुधबार राति देखि नै भैरहवा, वीरगंज र विराटनगर क्षेत्रका ठूला  उद्योगमा बिजुली नियमित थिएँन ।  आजबाट भने समस्या नआउने प्राधिकरणको भनाई छ ।

सम्बन्धित सामग्री

टेलिफोनमा पनि ‘लोडसेडिङ’ खेप्दैछन् डोल्पाबासी !

आधा दशक अघिसम्म देशभर विद्युतको लोडसेडिङ हुन्थ्यो । २४ घण्टामा केही घण्टा मात्र विजुली आउने देशमा अहिले त्यो समस्या नभए पनि दुर्गम डोल्पाबासीका लागि भने अहिले टेलिफोनमा लोडसेडिङ भएको छ । डोल्पामा नेपाल टेलिकमको टावरले घामका छउन्जेलमात्र सेवा दिन थालेपछि डोल्पाली जनताले फोनका लागि सास्ती खेप्नु परेको छ। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ रसी लेकमा राखिएको माइक्रो …

लोडसेडिङ भएपछि सिंहदरबारमा सबै काम ठप्प, के हेरेर बसेका छन् कुलमान घिसिङ ?

काठमाडौं, १४ असोज । पछिल्लो समय लोडसेडिङ धेरै नै हुने गरेको छ । बेला बेलामा बत्ति जाने र आउने क्रम नियमित कार्यतालिकाजस्तै बनेको छ । उद्योग तथा कलकारखानादेखि सर्वसाधारण जनता बत्ति नहुँदा ठूलो मारमा पर्ने गरेका छन् । पछिल्लो समय मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पनि बेला बेला विजुली जाने समस्याको ठूलो मारमा परेको छ […]

पूर्वी क्षेत्रका उद्योगमा अघोषित लोडसेडिङ

२८ चैत, विराटनगर । नेपाल विद्युत प्राधिकरणले पूर्व क्षेत्रका उद्योगमा अघोषित लोडसेडिङ गरेको गुनासो व्यवसायीहरुले गरेका छन् । बिहान र बेलुका सुनसरी मोरङ औद्योगिक करिडोरमा बत्ती नै नआउने उनीहरुको भनाइ छ । ‘हरेक दिन बिहान ६ देखि १० र बेलुका ५ देखि १० बजेसम्म विजुली कटौती हुन्छ, त्यस बाहेक अरुबेला पनि लाइन जान्छ,’ स्वस्तिक रोलिङ […]

ताप लहरसँगै पाकिस्तानमा उर्जा संकट पनि बढ्दै

काठमाडौं– ताप लहरसँगै विद्युतको माग बढेपछि पाकिस्तानमा विद्युत कटौती बढ्न थालेको छ । पाकिस्तानका धेरै क्षेत्रहरुमा लामो समयसम्म विजुली जाने समस्या रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानका केही स्थानमा दैनिक ६ देखि १० घण्टासम्म लोडसेडिङ हुने भएपनि ग्रामिण क्षेत्रमा भने दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको […]

औद्योगिक क्षेत्रमा १२ घण्टासम्म विजुली काटियो, उद्योगीले मागे लोडसेडिङ तालिका

१५ चैत, विराटनगर । एक सातायता विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा पर्याप्त विजुली दिन नसक्दा समस्या परेको पूर्वका उद्योगी-व्यवसायीले बताएका छन् । भारतबाट विजुली खरिद गर्न नपाएको कारण देखाएर नेपाल विद्युत प्राधिकरणले दैनिक १२ घण्टासम्म विद्युत कटौती गरेको उनीहरुको भनाइ छ । ‘गत मंगलबारयता अघोषित रुपमा लोडसेडिङ भइरहेको छ, जसले ६० प्रतिशत उत्पादन कटौती भएको छ’, […]

कुलमानले भने : एक दुई दिन संकट परेको हो, लोडसेडिङ हुँदैन

१० चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिमा केही संकट आए पनि लोडसेडिङ नहुने बताएका छन् । सुख्खा मौसममा आन्तरिक उत्पादनले माग थेग्न नसकेपछि भारतबाट विजुली आयात गरेको तर भारतमा मूल्य उच्च भएकाले खरिद नगर्दा समस्या देखिएको उनले बताए । तर यो केही दिनको मात्र समस्या भन्दै कुलमानले बिहीबार आयोजित […]

विद्युत प्राधिकरणले आजबाट प्रति युनिट ३८ रुपैयाँमा विजुली आयात गर्ने

नेपाल विद्युत प्राधिकारण आजबाट प्रति युनिट ३८ रुपैयाँमा विजुली आयात गर्ने भएको छ । नेपाल विद्युत प्राधिकारणका प्रवक्ता तथा प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले आज राति १२:१५ बजेदेखि प्रति युनिट ३८ रुपियाँमा विजुली खरिद गरिने बताए । उनका अनुसार ७ हजार मेगावाट आवर बिजुली आयात गरिने छ ।यो मूल्यमा भने प्राधिकरणले विद्युत पाउने अपेक्षा गरिएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ हट्ने बताए । उनले केहि दिन भारतमा विजुलीको मूल्य बढेकोले प्राधिकरणले कबुल गरेको मूल्यमा विजुली नपाउंदा औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए । उनका अनुसार विगत केहि दिनमा ८ रुपैयाँमा कबुल गर्दा १२ रुपियाँ मूल्य पुगेको र नेपालले १२ रुपैयाँ मूल्य कबुल गर्दा १५.२७ रुपैयाँ भारुमा कारोबार भएर नेपालले बत्ति नपाएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए । आजबाट भने नियमित बिजुली आउने र कतै पनि विजुली अभाव नहुने प्रवक्ता भट्टराईले बताए । भारतले मुख्यत कोइलाबाट बिजुली उत्पादन गर्दै आएको छ। रुस र युक्रेन युद्धको असरले कोइलाको मूल्य बढेपछि त्यसको असर बिजुलीको मूल्यमा परेको हो । भारतबाट आउनु पर्ने ४०० मेगावाट बढी बिजुली नपाएपछि प्राधिकरणले उद्योगहरुमा विद्युत कटौती अर्थात् लोडसेडिङ गरेको थियो । जसका कारण बुधबार राति देखि नै भैरहवा, वीरगंज र विराटनगर क्षेत्रका ठूला उद्योगमा बिजुली नियमित थिएँन । आजबाट भने समस्या नआउने प्राधिकरणको भनाई छ ।

फेरि लोडसेडिङ हुनसक्ने

काठमाडौं, ९ चैत्र । देशमा माग अनुसारको विद्युत आपूर्ति हुन नसकेपछि लोडसेडिङ हुने सम्भावना बढेको छ । सुख्खायाममा नदी प्रवाह घटेर विद्युत उत्पादन पनि घटेको छ । अर्कोतर्फ, भारतबाट विजुली आयात निकै घटेको छ । इन्धनको मूल्य विश्व बजारमा बढ्दा भारतमा त्यसको प्रत्यक्ष असरहरु देखिएका छन् । अत्याधिक विद्युत खपत हुन थालेपछि भारतका पावर कम्पनीहरुले […]