नेपाल विद्युत् प्राधिकरणले भारतबाट ३८ रुपैयाँ प्रतियुनिटको दरले बिजुली आयात गर्न थालेको छ । भारतबाट बिजुली नआउँदा नेपालका उद्योगमा समस्या परेको भन्दै प्राधिकरणले महँगो भए पनि भारतबाट बिजुली किनेको हो ।भारतले कोइलाबाट उत्पादित बिजुली मात्रै निर्यात गर्छ, अहिले रुस–युक्रेन युद्धका कारण कोइलाको भाउ उच्च हुँदा भारतमा बिजुलीको भाउ आकासिएको छ, यसको असर नेपालमा परेको हो । अहिले भारत, पाकिस्तान, श्रीलङ्का, युरोपका विभिन्न देशसहित संसारका धेरै देशमा ऊर्जा सङ्कट बढेको र अरु देशको तुलनामा नेपालमा खासै समस्या नआएको ...