पहिरो पन्छाएपछि नारायणगढ - मुग्लिन सडक एकतर्फी खुल्यो

असार १९, चितवन । पहिरो पन्छाएपछि तीन दिनपछि नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार चारकिलो,पाँचकिलो,सेतिदोभान,घोप्टेभीर र कुरिनटारमा गएको पहिरोको कारण उक्त सडकखण्ड  दुईतर्फी अवरुद्ध बनेको थियो । सो अवधिमा आंशिक रुपमा एकतर्फी रुपमा खुलेपनि बिहान सवा ९ बजे यी स्थानहरुको पहिरो पन्छाएर एकतर्फी रुपमा ल्याउन सकिएको ट्राफिक प्रमुख भगवानराज थापाले जानकारी दिए ।  सेती दोभानमा ठूलो पहिरो गएको र दासढुंगा नजिक ठूलो ढुंगा खसेकोले दुईतर्फी खुल्न अझै समय लाग्ने थापाले बताए । ‘एकतर्फी त सञ्चालनमा ल्याएका छौं थापाले भने, दुईतर्फी सञ्चालनमा आउन त एकहप्तानै लाग्ला ।’  उनका अनुसार सेती दोभानमा पहाडनै खसेकोले सबै पहिरो पन्छाएर सञ्चालनमा आउन समय लाग्ने भएको हो ।  दासढुंगा नजिक खसेको ठूलो ढुंगा भने फुटाउने काम भइरहेको  उनले बताए । हाल अत्यावश्यक काम र विवाहका बसहरु गन्तव्यतर्फ पठाइएको ट्राफिक प्रहरीले बताएको छ ।  सवारीको अत्याधिक चाप बढेकोले ट्राफिक प्रहरीले चालकलाई आफनो लेन अनुसार  र ट्राफिक संकेतको पालना गरी सवारी साधन सञ्चालन गर्न अनुरोध गरेको छ ।   

सम्बन्धित सामग्री

तानसेन बुटवल सडक एकतर्फी खुल्यो, सेरामा अझै अवरुद्ध

३० भदौ,  पाल्पा । वर्षासँगै पहिरो खसेपछि अवरुद्ध सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड एकतर्फी खुलेको छ । सडक भिडिजन कार्यालयको पहलमा पहिरो हटाएर एकतर्फी सडक खुलाइएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार ढुंगा पन्छाएर हालका लागि एकतर्फी सवारी पास गरिएको र दुईतफी सडक खुलाउने पहल भइरहेको छ […]

पहिराेले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

पहिराेले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालनमा आएको छ । आज बिहान १ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो । म्याग्दे गाउँपालिका–६ मौरीबजारमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको र केही समय लाग्ने उनले बताए ।

दशरथचन्द राजमार्ग एकतर्फी सञ्चालनमा

बैतडी : पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ।अवरुद्ध बनेको राजमार्ग ७ घण्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।राजमार्ग अन्तरगत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो। राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको  डोजरले पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो।पूर्णरूपमा सडक सञ्चालनमा आउन अझै

पृथ्वी राजमार्ग अन्तर्गत गल्छी खण्डको ठाउँ-ठाउँमा पहिरो, एकतर्फी गाडी सञ्चालन

काठमाण्डाै - काठमाण्डौसँग जोडिएको पृथ्वी राजमार्ग अन्तर्गत गल्छी खण्डको ठाउँठाउँमा पहिरो गएको छ।  पहिरोका कारण अहिले त्यस क्षेत्रमा एकतर्फी मात्रै गाडी चलिरहेकाे प्रहरीले जनाएको छ । धादिङको गल्छी गाउँपालिका-५ को बैरिनीमा गए राति गएको पहिरो हटाएर बिहान साढे ६ बजेदेखि एकतर्फी सडक खुलाइएको हो । दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

एकतर्फी सञ्चालनमा आयो भीमफेदी-कुलेखानी सडकखण्ड

हेटौंडा : पहिरोले अवरुद्घ बनेको भीमफेदी-कुलेखानी सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।बिहीबारदेखिको अविरल वर्षापछि पहिरो खस्दा अवरुद्घ बनेको हेटौंडालाई काठमाडौसँग जोड्ने छोटो दूरीको मार्ग भीमफेदी-कुलेखानी सडकखण्ड एकतर्फी सञ्‍चालनमा आएको हो।शुक्रबार बिहान खसेको पहिरो पन्छाएर साँझबाट मात्रै सञ्‍चालनमा आएको सो सडकखण्ड भीमफेदी गाउँपालिका-६ देउरालीनजिक शनिबार बिहान पहिरो खस्दा पुनः अवरुद्ध बनेको थियो। लेदो माटोसहितको पहिरो गएकोले पहिरो हटाउने काम जारी नै रहेको भन्दै सबै पहिरो हटेपछि सडक दुईतर्फी

चार घण्टापछि पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा आज बिहान ४ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । पहिरोसँगै राजमार्गको बीचमा ठूलो ढुङ्गा समेत खसेको छ । पहिरो हटाएर राजमार्ग एकतर्फी सुचारु गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । शुक्रबार र आज वर्षा नभएपनि केही दिनदेखि परेको वर्षाले माटो कमजोर भएर पहिरो खसेको बताइएको छ । ठूला ठूला ढुङ्गा खसेकाले दुईतर्फी राजमार्ग सञ्चालन गर्न

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको छ । यद्यपि पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिराको कारण सडक पटक–पटक अवरुद्ध […]

मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुल्यो

काठमाण्डाै - लगातारको वर्षाका कारण बन्द मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुलेको छ । तीन किलो, चार किलो र सेतीदोभानमा खसेको पहिरो हटाएर एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसैबीच तनहुँको भानु नगरपालिका एक रमाइलो डाँडामा पहिरो खसेपछि लमजुङ-बेसीसहर सडक खण्ड बन्द भएको प्रहरीले जनाएको छ ।

भालुपहाड पहिरो अपडेट : सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

स्याङ्जा : स्याङ्जाको भालु पहाडबाट खसेको पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ। सडक डिभिजन पोखराबाट ल्याइएको डोजर, प्रहरी र स्थानीयवासीको सक्रियतामा राजमार्ग एकतर्फी खुलाइएको हो।गए रातिदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकका कारण फेदीखोला-२ को भालु पहाडबाट ठूलो चट्टानसहित पहिरो खसेको थियो।दुवैतर्फ सवारीसाधन साविक आवतजावत हुन केही समय लाग्ने प्रहरीले जनाएको छ।