काठमाण्डाै - काठमाण्डौसँग जोडिएको पृथ्वी राजमार्ग अन्तर्गत गल्छी खण्डको ठाउँठाउँमा पहिरो गएको छ।
पहिरोका कारण अहिले त्यस क्षेत्रमा एकतर्फी मात्रै गाडी चलिरहेकाे प्रहरीले जनाएको छ ।
धादिङको गल्छी गाउँपालिका-५ को बैरिनीमा गए राति गएको पहिरो हटाएर बिहान साढे ६ बजेदेखि एकतर्फी सडक खुलाइएको हो ।
दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।