विकट बस्तीका चेपाङ परिवारलाई सहयोग

विकट बस्तीका  चेपाङ  परिवारलाई राहत वितरण गरिएको छ । यहाँका विकट ग्रामीण क्षेत्रमा बस्ने प्रायः चेपाङ परिवारमा बर्सेनि खाद्यान्न संकट हुने गरेको छ । फागुनदेखि भदौ पहिलो सातासम्म अनिकाल लाग्छ । पाखो बारीमा लगाएको मकैले मुस्किलले ६ महिना धान्छ । यसपटक निषेधाज्ञाका कारण मजदुरी गर्न नपाएपछि उनीहरु थप समस्यामा परेका थिए ।सोही समस्या बुझेर ‘सुमो माया गर्छु’ संस्थाले विकट बस्तीका चेपाङलाई राहत वितरण गरेको हो । चितवनको इच्छाकामना गाउँपालिका–१ का ८० परिवार र मकवानपुरको राक्सिर

सम्बन्धित सामग्री

‘सुमो माया गर्छु’ द्वारा विकट बस्तीका चेपाङलाई सहयोग

मकवानपुरको राक्सिराङ गाउँपालिका मैसिराङकी २२ वर्षीया अनुष्का चेपाङ राहत लिन एक वर्षकी छोरी बोकेर मनहरी झरिन् । भीरको बाटो छिचोलेर खोला तर्दै पूर्व–पश्चिम राजमार्गमा आइपुग्न झन्डै पाँच घण्टा लाग्यो । घरमा खाद्यान्नको चरम अभाव छ । मजदुरी गर्न रोल्पा गएका उनका श्रीमान नआएको चार महिना भयो । कमाइ नभएपछि किनेर खान सक्ने अवस्था छैन । ‘घरमा खानेकुरा केही छैन । गिठ्ठा खाएर बसेका थियौं । दुःखै भए पनि राहत पाइन्छ कि भन्ने आशमा आएको’, उनले भनिन्, ‘राहत पाएँ, अब ढुक्क भयो ।’ संगै आएका साथीसंग स...

चेपाङ समुदायलाई खाद्यान्न सहयोग

धादिङको बेनिघाट रोराङ गाउँपालिकाका चेपाङ र अतिविपन्न समुदायलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ । अनिकालको चपेटामा रहेका जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने विकट बस्तीका चेपाङ समुदायमा खाद्य संकट देखिएपछि दाताले सहयोग गरेको हो ।...