इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ७४ जना पुगेको छ । हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि भएको भागदौडमा कम्तीमा एक सय ७४ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
ज्यान गुमाउनेमध्ये दुई जना प्रहरी अधिकारी पनि रहेका छन् । पूर्वी जाभा प्रान्तमा भएको खेलमा दुई टोलीका समर्थकहरू मैदानमा प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि भागदौड मच्चिँदा मानिसहरू निसासिन पुगेका पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टालाई उद्धृत गर्दै ब...