काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार भुटानसँग १-१ को बराबरी खेल्यो । खेलको दोस्रो हाफमा नेपालले फरवार्ड अन्जन विष्टलाई चोटका कारण गुमायो । भुटानका गोलरक्षक छिरिङ धेन्दुपसँग जुध्न पुग्दा अन्जन घाइते भएका थिए । गोलरक्षकविरुद्ध ५०/५० बलमा जुध्दा अन्जनले गरेको हेडर गोलरक्षकले बचाएपनि […]