चितुवाको आक्रमणबाट बालक घाइते

तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा बुधबार साँझ चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् । सोही वडा निवासी पाँच वर्षीय बालक सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएका हुन् । घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । केही महिनाअघि सोही वडामा एक बालकको चितुवाको आक्रमणबाट निधन भएको थियो भने दुई जना घाइते भएका थिए । 

सम्बन्धित सामग्री

आमाको काखमा दुध खाइरहेका बालकलाई चितुवाको आक्रमण

बैतडीको मेनौली नगरपालिका ९ रोकटामा चितुवाको आक्रमणबाट १८ महिने बालक घाइते भएका छन्। स्थानीय मान बहादुर चन्दका छोरा गणेश चितुवाको आक्रमणबाट घाइते भएका हुन्। घाइते बालकको उपक्षेत्रीय अस्पाल डडेल्धुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय वैतडीले जनाएको छ। सोमबार साँझ ८ बजे आमाको काखमा बसेर दुध खाइरहेका बालकलाई चितुवाले आक्रमण गरेको थियो। आमा सकुशल रहेको प्रहरीले…