फागुन १ गतेदेखि विद्यालय खोल्न र काठमाण्डौ उपत्यकाको जोर–बिजोर भोलिदेखि नै हटाउन सिफारिस

काठमाण्डाै – कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आउँदाे फाउने १ गतेदेखि शैक्षिक संस्था खोल्न सिफारिस गरेको छ । सीसीएमसीसीको आज आइतावारको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम तथा अन्य प्रकारका शैक्षिक क्रियाकलाप स्वास्थ्य मापदण्डको पालना गरेर सञ्चालन गर्न गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको हो ।    काेराेना भाइरस सङ्क्रमणका कारण माघभर विद्यालय बन्द गरिएको थियो । माघ १५ देखि २० सम्म पाँच दिन भने विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए ।&nbs...

सम्बन्धित सामग्री

कैलालीका बन्द विद्यालय फागुन १ गतेदेखि खोल्न पाइने

कोरोना महामारीले बन्द रहेका कैलाली जिल्लास्थित विद्यालयहरू फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको बुधवार बसेको बैठकले फागुन १ गतेदेखि भौतिक रूपमा विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम लगायतका शैक्षिक संस्था सञ्चालनको हकमा कोभिड विरुद्धको खोप लगाएको सुनिश्चित गरी फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड अवलम्बन गरी सञ्चालन गर्न सकिने भएको छ तर १२ वर्षभन्दा कम उमेर ...

‘चपली हाइट ३’लाई दोस्रो मौका, फागुन १ देखि फेरि प्रदर्शन हुने

२५ माघ, काठमाडौं । प्रदर्शन हुँदाहुँदै स्थगित भएको चलचित्र ‘चपली हाइट ३’ फागुन १ गतेदेखि फेरि प्रदर्शनमा आउने भएको छ । कोरोना संक्रमणको तेस्रो लहरका कारण सरकारले गत माघ ३ गतेबाट सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि यो चलचित्रको प्रदर्शन स्थगित गरिएको थियो । सरकारले फागुन १ गतेबाट हल खोल्न अनुमति दिएसँगै यो चलचित्र फेरि […]

फागुन १ गतेदेखि स्कूल खोल्न पाइने

आगामी फागुन १ गते स्कूल तथा कलेज खोल्न पाइने भएको छ । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ ।यद्यपि, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमति र १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ ।

विद्यालय खोल्न दुई नियम, फागुन १ देखि खोल्न सिफारिस

सरकारले विद्यालय खोल्ने तयारी गरेको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विश्वविद्यालय, विद्यालय ट्युसन सेन्टर फागुन १ गतेदेखि खोल्ने भनेर सिफारिस गरेको हो । सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले विद्यालय खोल्ने हकमा दुई नियम लागू हुनेगरी सिफारिस भएको बताइन् । ‘विद्यालयको हकमा चाहिँ १२ वर्ष पुरा भएको बालबालिकाको नियमित कक्षा सञ्चालन गर्ने तर १२ वर्ष भन्दा कम उमेरका विद्यार्थीको हकमा चाहिँ आलोपालो दिनमा कक्षा सञ्चालन गर्न सिफारिस भएको छ’, उनले बैठकपछि बताइन् । शैक्षिक संस्था खोल्ने

फागुन १ देखि सिनेमा हल खोल्न सिफारिस

२३ माघ, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि सिनेमा हल खोल्न सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले फागुन १ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सिनेमा हल खोल्न सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले […]

रात्रिकालीन व्यवसाय र फिल्म हल फागुन १ गतेदेखि सञ्चालन गर्न सीसीएमसीको सिफारिस

कोभिड-१९ संकट व्यवस्थापन समन्वय समिति (सीसीएमसी) ले डान्सबार, दोहोरी साँझ लगायतका रात्रीकालिन व्यवसाय राति १० बजेसम्म खोल्न पाउने गरि सञ्चालन गर्न सिफारिस गरेको छ।

फिल्म हल खोल्न सिफारिस

सरकारले हाल बन्द अवस्थामा रहेको फिल्म हल खुलाउने तयारी गरेको छ । आगामी फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेको हो । यसअघि कोरोना संक्रमण बढ्दै गएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले हल बन्द गराएको थियो ।

फागुन १ गतेदेखि विद्यालय खोल्न सुझाव

कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले आज शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरूसँग गरेको छलफलमा उक्त गृहकार्य भएको हो । प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सिसिएमसीको बैठक गरेर थप सिफारिस गरिने भएको छ ।सिसिएमसीका प्रमुख एवं प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका सचिव र

फागुन १ गतेदेखि विद्यालय खोल्ने सरकारको तयारी !

काठमाण्डाै – सरकारले काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको अवस्था हेरेर आउँदाे फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा पालिकालाई दिन लागेको हो । आज सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा गाउँपालिका महासङ्घ, प्याब्सन, एन प्याब्सन, अभिभावक महासङ्घ, शिक्षा मन्त्रालयका प्रतिनिधिलगायतको छलफलमा सहभागी सबैजसोले पालिकाको निर्णय र निगरानीमा फागुन १ गते आइतवारदेखि विद्यालय खोल्न सुझाव दिएका थिए ।सरकारी अधिकारीहरू...