भूकम्पमा ध्वस्त बनेको पाटनको नारायण दरबार पुनर्निर्माण प्राधिकरणको सूचीमै परेन

ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को ठीक पछाडि राणा प्रधानमन्त्री वीरशमशेर जबराको पालामा निर्मित एउटा पुरानो दरबार छ । ‘नारायण भवन’नामबाट परिचित दरबार १२ वैशाख ०७२ को भूकम्पमा...

सम्बन्धित सामग्री

सातौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश

काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज सातौँ भूकम्प स्मृति दिवसको सन्देश जारी गरेकी छिन्।सन्देशमा गाेरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई वि.सं.२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पमा जीवन गुमाएका दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरिएकाे छ।साथै विज्ञप्तिमा नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका पुरातात्त्विक एवं ऐतिहासिक सम्पदा सरकारी तथा सार्वजनिक भवन, शैक्षिक र स्वास्थ्य संस्थाका भवन, निजी आव

पुनर्निर्माण सकियो तर टहरामै राष्ट्रिय पुस्तकालय

२०७२ साल वैशाख १२ को भूकम्पले ध्वस्त धेरै संरचना, सम्पदा र भवन पुनर्निर्माण भए । पुनर्निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण यसै महिनादेखि खारेज भएको छ । तर नेपालकै राष्ट्रिय पुस्तकालय भने आफ्नै नाममा जग्गा नभएका कारण पुस्तकालय सेवा दिन असमर्थ रहेको गुनासो छ । यस्तैमा त्यही भूकम्पले क्षतविक्षत बनाएको बौद्धिक सम्पदा भने जग्गा नै नहुँदा ललितपुरबाट भक्तपुर पुगेर बल्ल टहराबाट सोमबारदेखि ज्ञान बाँड्न थालेको छ । यसको सानो सेवा भने ललितपुरबाटै दिइँदै छ । भूकम्पपछि राष्ट्रिय पुस्तकालयका पुस्तकहरू काठमाडौँको ज्ञा...

गोरखा र नुवाकोटका ५० हजार घरहरूको पुनर्निर्माण सम्पन्न

न्युज अफ नेपाल, काठमाडौं । वि.सं. २०७२ सालको भूकम्पले ध्वस्त बनेको गोरखा र नुवाकोट जिल्लाका ५० हजार घरहरूको पुनर्निर्माण सम्पन्न भएको छ । भारतीय दूतावासले सोमबार राजधानीमा एउटा कार्यक्रमको आयोजना गरी गोरखा र नुवाकोटका ५० हजार निजी घरको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र […]

पुनर्निर्मित भौतिक संरचनामा मौलिकता झल्किनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गरेकी छन्।गोरखा भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा भूकम्पले हजारौँको ज्यान जाने गरी निजी आवास तथा सार्वजनिक संरचनासहित ऐतिहासिक धरहरालाई भत्काए पनि राष्ट्रिय आत्मविश्वासको धरहरालाई भने ढाल्न नसकेको जनाउँदै राष्ट्रपतिले नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्

ऐतिहासिक धरहराको पुनर्निर्माण अन्तिम चरणमा(फोटो फिचर)

वैशाख ४, काठमाडौं । ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।   विसं २०७२ सालको भूकम्पबाट  ९ तले धरहरा पूर्णरूपमा भत्किएपछि साविकको स्थानबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण गरिएको हो । गजुरसहित नयाँ धरहराको उचाई करीब ७७ मिटरको हुनेछ ।   भूईंतलासहित  २५ तले नयाँ धरहराको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले बताए ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार यही वैशाख ११ गते धरहराको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन  प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएको थियो । धरहरा नेपालको एतिहासिक सम्पदा मात्र नभई गौरव र सम्पत्ति पनि हो  ।  धरहराको प्राचीनता, मौलिकता र सांस्कृतिक पक्षलाई जोगाउने उद्धेष्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण द्रूत गतिमा पुनर्निर्माण गरिरहेको छ । भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने छ ।नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाउन भन्ने उद्देश्यले उक्त खण्डहरलाई जोगाउन लागिएको प्राधिकरणले बताएको छ । धरहरा निर्माणका लागि अघिल्लोपटक प्रधानमन्त्री हुनभएका बेला केपी शर्मा ओलीले विसं २०७२ सालमा नेपालीको लगानीबाटै धरहरा बनाउन ‘मेरो धरहरा म बनाउँछु’ अभियान शुरु गर्नु भएको थियो । तस्वीरहरु : रासस तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

भारतीय राजदूतावासले बनाउने जिम्मा लिएको १० विद्यालय पुनर्निर्माण सुरु नै भएन

धादिङ –भूकम्पले ध्वस्त भएका जिल्लाका ठूला १० विद्यालय भारतीय राजदूतावासले निर्माणको जिम्मा लिएर पनि निर्माण सुरु नभएपछि विद्यार्थीहरु ३ वर्षदेखि टहरामा बसेर पढ्न बाध्य छन् ।  पुनर्निर्माण प्राधिकरण र विभिन्न संघसंस्थाहरुले विद्यालय निर्माण गरिससकेको तर भारतीय राजदूतावासले भने जिम्मा लिएपछि जिल्लामा फर्केर समेत नआएपछ...