इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले नोभेम्बरमा बालीमा हुने जी २० समूहको शिखर सम्मेलनमा भाग लिने योजना बनाएका छन् । ‘सी जिनपिङ आउनेछन् । राष्ट्रपति पुटिनले पनि मलाई उहाँ आउने बताउनुभएको छ’ जोकोवी भनेर चिनिने विडोडोले ब्लूमबर्ग न्यूजलाई एक अन्तर्वार्तामा भने । दुवै नेता शिखर सम्मेलनमा सहभागी हुने यो पहिलो पुष्टि हो । रुसले युक्रेनमा आक्रमण गरेपछि र ताइवानमाथि बढेको तनावपछि यो पहिलो विश्व शिखर सम्मेलन हुन