शहीद भनेको के हो ? तानाशाहहरुको छातीमा बज्रिने चट्याङ हो शहीद ।उनी चट्याङजस्तै चम्किला शहीद हुन् । उनी राणाशासनको औंसीको रातमा चम्किएको चट्याङ थिए । उनी राणाशासनको दरबारमाथि चट्याङझैं बज्रिए । हो, आफू बलेर पनि अरुलाई प्रकाश दिने उनै कहिल्यै नझुक्ने शहीदको नाम हो– गंगालाल ।गंगालाल श्रेष्ठभित्र सानैदेखि अत्याचारविरोधी आगो थियो । उनको मनमा अन्यायविरुद्ध विद्रोहको ज्वाला थियो । त्यो आगोको ज्वाला स्कुलेकालदेखि हुर्कंदै बढेको थियो, उनको बढ्दो उमेरसँगै । रामेछापमा जन्मिएका गंगालालले क