शहीद सप्ताह : गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना

शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सालिकमा पुष्प गुच्छा अर्पण गरी सम्झना गरिएको छ ।   यही माघ १० गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज विष्णुमती नदी किनार शोभा भगवतीमा निर्माण गरिएको शहीदहरुको शालिकमा पुष्पगुच्छा अर्पण गरी उनीहरुको सम्झना गरिएको हो । कोरोना महामारीका कारण सीमित व्यक्तिको उपस्थितिमा शहीद दिवस मनाइएको हो ।  कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख एवम् मूल समारोह समितिका संयोजक  विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, प्रमुख प्रशासकीय अधिक

सम्बन्धित सामग्री

मासिँदै शहीदका घर र सामग्री, संरक्षण नभएको गुनासो

माघ १६ गते अर्थात् ‘शहीद दिवस’ । हरेक वर्ष माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाइँदै आएको छ । वि.सं. १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुस्थित पचलीमा फाँसी दिइयो । न्याय, स्वतन्त्रता र समानताका खातिर पहिलो पटक शुक्रराजको अमूल्य जीवनलाई मृत्युको सुलीमा चढाइएपछि धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ मृत्युको पालो कुरिरहनु भएको थियो ।

देश र जनताको लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा आज शहीद दिवस मनाइँदै

काठमाडाैँ , देश र जनताको अधिकारका लागि जीवन आहुति दिने तिनै शहीदहरुको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ । महान शहीदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगर राणा शासनविरूद्ध लडेका शहीदहरूको सम्झनामा शहीद... The post देश र जनताको लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा आज शहीद दिवस मनाइँदै appeared first on Purbeli News.