-भुवन कार्कीनिर्माणाधीन बुटवल—नारायणगढ सडक विस्तारको काममा ढिलाई हुँदा यात्रुलाई सास्ती भएको छ । सम्झौता अनुसार काम गर्न नसकेको निर्माण कम्पनीले न्यूनतम् मापदण्ड पनि पालना नगर्दा यात्रुले समस्या भोग्नु परेको हो ।सडकमा यातायातका साधन गुडिरहने भएकाले खाल्डाखुल्डी पर्नुपर्ने, बाइपास पथ बनाउनुपर्ने, धुलो नियन्त्रण गर्न पानी राख्ने, ट्राफिक संकेतका चिह्नहरु राख्नुपर्ने जस्ता न्यूनतम मापदण्ड पालना नगर्दा चालक तथा यात्रु सास्ती भोग्न बाध्य भएका हुन् ।बुटवल–नारायणगढ सडक विस्तारका लागि २०७५ स