काठमाडौं, फागुन २० । संसद्बाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएपछि नेकपा (माओवादी केन्द्र) भित्र चुलिएको मतभेदलाई लिएर असन्तुष्ट पक्षले लिखित रूपमै असहमतिको प्रस्ताव अगाडी बढाउने भएको छ । आजबाट राष्ट्रिय सभागृहमा बस्न लागेको पार्टीको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पक्ष लिखित असहमति राख्ने तयारीमा छ । एमसीसी अनुमोदन भएपछि […]