मुलुक राजनीतिक रुपमा ध्रुवीकृत भएसँगै संघीय संसदमा गतिरोध देखा परेको छ । संघीय संसदको प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसदमा लगातार अवरोध गर्दै आएको छ । राजनीतिक ध्रुवीकरण बढेकै समयमा प्रदेश २ को प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।संघीय संसदसहित अन्य ६ प्रदेशमा नेकपा एमाले प्रतिपक्षमा छ भने प्रदेश २ मा लोसपा नेपाल प्रमुख प्रतिपक्षमा छ । संघीय संसदका अतिरिक्त एमाले प्रतिपक्षमा रहेका कुनै पनि प्रदेशमा संसदीय कारवाही राम्रोसँग अघि बढ्न सके