पार्क सफारीबाट बन्दसत्रस्थलतर्फ अघि बढ्दै ओली

काठमाडौं, १२ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रको दोस्रो दिन विहान ८ बजे सुरु हुने भनिएको बैठक अहिले राति पौने १० बजे सुरु भएको हो । बन्दसत्रको लागि अध्यक्ष केपी शर्मा ओली पार्क सफारी रिसोर्टबाट बन्दसत्रस्थल सेभेनस्टार होटलमा छिरेका छन् । अध्यक्ष ओलीले पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नाम तय […]

सम्बन्धित सामग्री

सरकारी जग्गा मिचेर बनाइएको चेप्टी पार्कको छानबिन अघि बढ्दै

इलाम : सामुदायिक वनको सरकारी र ऐलानी जमिन हडपेर इलामको माई नगरपालिकामा फन पार्क निर्माण गर्दै आएको समूहमाथि छानबिन शुरु भएको छ।डिभिजन वन कार्यालय इलामले ह्यापी ड्रिम्स प्रालिमाथि छानबिन शुरु गरेको हो। सरकारी जग्गा कब्जा गरेको र हरियो सालका रूख काटेको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि डिभिजन वन कार्यालय इलामले अधिकृत स्तरको ३ सदस्यीय छानबिन समिति बनाएर अनुसन्धान प्रक्रिया अघि बढाएको हो।समितिको प्रारम्भिक अध्ययनबाट सामुदायिक वनको केही भाग जग्गा पार्कले हडपेको देखिएको डिभिजन वन कार्यालय इलामका प्

कोरोनाकै कारण सञ्चालनमा आयो सुपरमार्केट

चितवन । कोभिड–१९का कारण पर्यटन व्यवसाय ठप्प भएपछि सौराहाका व्यवसायीले विकल्पको बाटो खोजे । कोभिड–१९ को समयमा मजदूर र कर्मचारी समेतलाई बिदा दिएर फुर्सदिला बनेका होटलका सञ्चालकरूले सदावहार चलायमान हुने व्यवसायको खोजी गरे । यही क्रममा व्यवसायी सौराहा नजिकैको बकुलहरमा सेभ सुपरमार्केट सञ्चालन गर्ने निचोडमा पुगे । शुरूमा तीन जनाबाट थालिएको छलफल र काम अघि बढ्दै जाँदा यो समूहमा १८ जना लगानीकर्ता आबद्ध हुन पुगेका छन् । सोह्र जना सौराहाका होटल व्यवसायी रहेको सञ्चालकमध्येका एक सुमन घिमिरेले बताए । बकुलहरमा बन्द रहेको ज्योति हल भएको जग्गा भाडामा लिएर यो समूहले सुपरमार्केट शुरू गरेको हो । उनका अनुसार रु १६ करोड लगानीमा सुपरमार्केट सञ्चालनमा आएको हो । पूर्वी चितवनकै सुविधा सम्पन्न सुपरमार्केटमा एकै ठाउँमा आवश्यक सम्पूर्ण घरायसी सामान पाइने गरी व्यवस्थापन गरिएको दाबी सञ्चालकले गरेका छन् । सुपरमार्केटका सञ्चालक एवं सौराहा भेन्चरस् प्रालिका अध्यक्ष नारायण भट्टराईले शरूमा सपिङ सेन्टर मात्रै सञ्चालन गर्ने लक्ष्य लिइएपनि विस्तारै २ सिनेमा हल सञ्चालनमा ल्याइने बताए ।  सुपरमार्केटको पहिलो तलामा ग्रोसरी, दोस्रो तलामा किचेनवेयर तथा इलेक्ट्रिकल पसल राखिएको छ । तेस्रो तलामा स्केट पार्क रहने छ । सौराहामा रहेका होटल तथा रेष्टुराँलाई अब सामान खरिदकै लागि भरतपुरसम्म पुग्नुपर्ने बाध्यता हटेको भट्टराईले बताए । अर्का सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार समूहले सेभ सुपरमार्केटलाई विस्तारै आउटलेटका रुपमा चितवनभरि फैलाउने योजना बनाएको छ । वैकल्पिक व्यवसायलाई पनि साथमै लैजाने योजनाका साथ उनीहरुले बकुलहरलाई मुख्य कार्यालय मानेर चितवनका विभिन्न क्षेत्रमा सुपरमार्केट सञ्चालन गर्ने तयारी गरिरहेका छन् । सौराहाका होटल सञ्चालक समय समयमा हुने व्यावसायिक उतारचढावका कारण समस्यामा पर्दै आएका छन् । भूकम्प, नाकाबन्दी, कोभिड–१९ लगायतले पर्यटन व्यवसाय प्रभावित हुने गरेको छ । रासस