दक्ष चिकित्सकको अभावमा बन्द रहेकाे सर्पदंश उपचार सेवा पुन: सञ्चालन

महाेत्तरी – प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा लामाे समयदेखि बन्द रहेकाे सर्पदंश उपचार सेवा पुन: सुरु भएकाे छ । वर्षौंदेखि दक्ष चिकित्सकको अभावमा उपचार सेवा बन्द रहेकोमा गौशाला नगरपालिकाको पहलमा याे सेवा पुनः सञ्चालन भएको हो । उपचार केन्द्रमा अक्सिजनको व्यवस्था, ईमेर्जेन्सी प्यासेन्ट मोनिटरको व्यवस्था, एन्टीस्नेकभेनमको व्यवस्था, इन्टुवेशन सेवाको तत्कालै व्यवस्थापन गरेर उपचार सुरु गरिएको नगरपालिकाले जनाएको छ । चुनावमा स्वास्थ्य विषयलाई प्राथमिकता दिने वाचा गरेअनुसार नै नगरवासीलाई ...

सम्बन्धित सामग्री

सेनाको सहकार्यमा सर्पले डसेका बिरामीको प्रभावकारी उपचार

काठमाडौँ– नेपाली सेनाको सहयोगमा सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रमा एक वर्षमा सर्पले डसेर आएका ६ हजारभन्दा धेरै बिरामीको उपचार गरिएको छ । मुलुकका विभिन्न स्थानमा सेनाको सहयोगमा सञ्चालनमा रहेका २३ सर्पदंश उपचार केन्द्रले गत आर्थिक वर्ष २०७९–८०मा सर्पले डसेर आएका ६ हजार चार सय ६७ जनालाई उपचार सेवा प्रदान गरेको हो । तीमध्ये सेनाको पूर्ण […]

अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा

गाईघाट- उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुवात गर्ने भएको छ। गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो। नगर अस्पतालका रुपमा रहेको कटारी अस्पतालमा सर्पदंशको उपचारका लागि सबै तयारी पूरा भएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए। उनले भने, ‘भेन्टिलेटरसहितको सर्पदंश उपचार कक्षा स्थापना गरिसकेका छौँ। […]

महाकालीपारि सर्पदंशको उपचार सेवा

काठमाडौं २१ चैत । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति पाएको छ । सो केन्द्रलाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार अनुमति दिएको हो । सर्पदंश उपचारका लागि अनुमति पाएसँगै स्वास्थ्य केन्द्रमा सर्पदंशका बिरामीलाई सेवा प्रदान गरिने निमित्त प्रमुख […]

केराबारीमा सर्पदंश उपचार केन्द्र स्थापना

मोरङको केराबारी गाउँपालिकामा स्थापित सर्पदंश उपचार केन्द्र बुधबारदेखि सञ्चालनमा आएको छ । वडा ६ याङ्शिलामा सर्पदंशको उपचार सेवा केन्द्र सञ्चालन गर्न ४१ लाख रुपैयाँभन्दा बढीको भवन निर्माण गरिएको निर्माण समितिका संयोजक प्रकाश श्रेष्ठले बताए ।

लमही अस्पतालमा सर्पदंशको उपचार शुरु

दाङको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएपछि उपचारका लागि बिरामीलाई सहज भएको छ । राजपुर गाउँपालिका– ३ प्रतापपुरका प्रेम यादवलाई शुक्रबार सर्पले डस्यो । उनी उपचारका लागि लमही सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भए । स्वास्थ्यमा सुधार आएको अस्पतालमा कार्यरत चिकित्सक छविलाल थापाले जानकारी दिए ।लमहीमा अस्पतालमा सर्पदंशको उपचार शुरु भएको पहिलो दिनमै उपचार सेवा लिने यादव पहिलो व्यक्ति हुन् । दाङमा सर्पको उच्च जोखिमलाई मध्यनजर गरेर सो अस्पतालमा सर्पदंशकाे उपचार थालिएको हो । ल

सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ, एक सातामा दुईजनाको मृत्यु

झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ हुँदा स्थानीयले अकालमै ज्यान गुमाउनु परिरहेको छ।सर्पदंशका बिरामीको उपचारका लागि गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा आवश्यक जनशक्ति र भौतिक व्यवस्थापनको कार्य पूरा गरिसकेको छ। तर, स्वास्थ्य विभागको अनुमति र व्यवस्थापन स्वीकृति आइनसकेकाले तत्काल उपचार सेवा सुरु गर्न नसकिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले बताए।यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको पहलमा गाउँप

गर्मी र वर्षाको मौसम शुरु भएसँगै सर्पदंशका बिरामी बढे

गर्मी र वर्षाको मौसम शुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महिनाको तथ्याङ्कले सर्पदंशका बिरामी बढेको पाइएको हो । उपचार केन्द्रमा गत चैतमा ४२ सर्पदंशका बिरामीको उपचार भएको थियो भने वैशाखमा ४४ को उपचार भएको थियो तर जेठमा भने बिरामीको सङ्ख्या बढेर ८० जना पुगेको देखियो । असारको ६ दिनमै ३१ सर्पदंशका बिरामीले उपचार केन्द्रबाट उपचार पाएको केन्द्रका प्राविधिक हेमचन्द्र अधिकारीले जानकारी दिनुभयो । सर्पदंश उपचार केन्द्रमा वार्षिक एक हजार ५०० का हाराहारीमा सर्पदंशका बिरामीले उपचार सेवा पाउँदै आएका छन् ।