एमसीसीका कारण गठबन्धन टुट्छ भने टुटोस् : लीलामणि पोखरेल

अमेरिकी सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयलाई लिएर अहिले नेपालको राजनीतिमा सरगर्मी बढेको छ । राजनीति एमसीसीकै वरिपरि घुमिरहेको छ । अमेरिकाले फागुन १६ गतेभित्र एमसीसी पारित गराउन समयसीमा तोकेपछि नेपाली राजनीतिमा तरंग आएको हो ।प्रचण्ड र शेरबहादुर देउवाले ५ महिनाअघि लेखेको पत्रको जवाफमा बिहीबार एमसीसीले जवाफी पत्र लेख्दै आगामी फागुन १६ भित्र एमसीसी पारित गरिसक्न भनेको छ । अमेरिकाको पत्र आएलगत्तै प्रधानमन्त्री देउवाले माघ २६ कै संसदको बैठकमा एमसीसी टेबल गर्न गठबन्धनका नेताहरुलाई दबा

सम्बन्धित सामग्री

सहकारीले अनुत्पादक क्षेत्रमा लगानी गर्न हुँदैनः लीलामणि पोखरेल

काठमाडौं, २९ मङ्सिर । नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्न नहुने बताएका छन् । मेचीनगरमा आज आयोजित महेन्द्रद्वार सहकारी संस्थाको वार्षिक साधारणसभामा सचिव पोखरेलले मुलुकमा लाखौँको सङ्ख्यामा गरिखाने नागरिक सहकारीमा जोडिएका र त्यसबाट सङ्कलन भएको ठूलो पूँजी अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुनेमा जोड दिए । “घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा सहकारीले […]

सय सिट चाहिने हो भने कांग्रेस एक्लै लडोस्ः लीलामणि पोखरेल

काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई सय सिट दिन नसकिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “गठबन्धन समझदारीमा हुने हो । त्यसकारण कांग्रेसले यति सिट चाहिन्छ भनेर हुँदैन । कांग्रेसलाई सय सिट […]

कांग्रेससँगको गठबन्धन कालान्तरसम्म चिरस्थायी हुन सक्दैनः लीलामणि पोखरेल

काठमाडौं, २० जेठ । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले अहंकार देखाएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “प्रचण्डले नेपाली कांग्रेसले अहंकार देखाएको भन्नु सही हो । उसको दम्भका कारण काठमाडौंमा माओवादी केन्द्रले एउटा […]

एमसीसी विवादलाई चुनावसम्म ‘होल्ड’ गरेका छौंः लीलामणि पोखरेल

काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले एमसीसी विवादलाई स्थानीय तहको निर्वाचनसम्मका लागि स्थगन गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा एमसीसीका बारेमा विभिन्न विचार आएका छन् । अहिले हामीले विवादित […]

व्याख्यात्मक टिप्पणीले नोक्सानमात्र गर्छ : लीलामणि पोखरेल

नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले एमसीसीबारे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्नु गम्भिर आपत्तिको विषय भएको बताएका छन् । एमसीसीबारे सहमति जुटाउन बसेको माओवादी बैठकमा नेता पोखरेलले व्याख्यात्मक टिप्पणीको गम्भिर प्रतिवाद गरेका हुन् । बैठकपछि रातोपाटीसँग पोखरेलले भने, ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने विषयमा मैले प्रतिवाद गरे ।’ व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नभएको भन्दै उनले यसले देश र जनतालाई हित नगर्ने समेत बताए ।  ‘यसले देश र

अध्यक्षज्यू आउन नभ्याएपछि म आएको हुँ : लीलामणि पोखरेल

काठमाडौं : नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताको कारणले एमाले महाधिवेशनमा आफू आउन परेको बताएका छन्। एमालेको १० औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने कम्युनिष्टहरूप्रति नेपाली जनताहरूको अपार विश्वास भएको उनको भनाइ छ। नेता पोखरेलले भने, ‘युद्ध र आन्दोलनको हुन्छ। युद्ध र आन्दोलनबिना परिर्वतन सम्भव छैन। त्यसैले कम्युनिष्ट आन्दोलनमा विवाद र बहस हुन्छ। हामी केही समयअघि एकै ठाउँमा थियो। मतभेद र तिक्तता

एमाले महाधिवेशन : प्रचण्डले पठाए लीलामणि पोखरेल

एमालेको १० औं महाधिवेशनलाई शुभकामना दिन नेकपा माओवादी केन्द्रका तर्फबाट लीलामणि पोखरेल चितवन आइपुगेका छन् । एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो । प्रचण्ड भने काभ्रेका दुईवटा पालिकामा हुने पार्टीको अधिवेशन उद्घाटनमा गएका छन् । आफु नजाने भएपछि उनले नेता पोखरेललाई पठाएका हुन् । पोखरेल चितवन आइसकेका छन् ।

यथास्थितिमै एमसीसी पारित गर्न अमेरिकी दबाब रहस्यपूर्णः लीलामणि पोखरेल

काठमाडौं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले नेपाली कांग्रेसबाहेक गठबन्धनका सबै दल यथास्थितिमा पारित गर्न नहुने अडानमा रहेकाले एमसीसी फिर्ता गर्दा पनि आपत्ति नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि आज पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “सत्ता गठबन्धन सर्वोच्च अदालतको आदेश बमोजिम […]