नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले एमसीसीबारे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्नु गम्भिर आपत्तिको विषय भएको बताएका छन् । एमसीसीबारे सहमति जुटाउन बसेको माओवादी बैठकमा नेता पोखरेलले व्याख्यात्मक टिप्पणीको गम्भिर प्रतिवाद गरेका हुन् । बैठकपछि रातोपाटीसँग पोखरेलले भने, ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने विषयमा मैले प्रतिवाद गरे ।’ व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नभएको भन्दै उनले यसले देश र जनतालाई हित नगर्ने समेत बताए । ‘यसले देश र