म्याग्दी : तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धमा कलिलै उमेरमा होमिएका बेनी नगरपालिका–२, ज्यामरुककोटका दिपेन्द्र परियारको साथका हातहतियार हुन्थ्यो।सामान्य बम, ग्रिनेड, पेस्तोल, थ्री नट थ्री र एसएलआरका लगायतका हतियारसँग करिब आधा दशक बिताएका परियार सबैभन्दा ठूलो मानिएको बेनी आक्रमण र पाल्पाको तानसेन बजार भिडन्तमा समेत सहभागी भए। ०५९ सालमा माओवादीको जनसेनामा भर्ती भएका परियारलाई करिब एक दर्जन साना–ठूला भिडन्तमा मृत्युसँग पौँठेजोरी खेलेको अनुभव छ । समाज र राज