मोरङको लेटाङ–५ खेरुवामा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएको छ । स्थानीय शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया वालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा उत्तेजीत भिडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।