काठमाडौं, २४ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले गरिबमारा कर नीति लिएको बताएकी छन्। संसद बैठकमा उनले ‘करको नियम कस्तो बनाएका छौं भने गरिब झन् गरिब बनाउने। आफूले टार्गेट गरेको कर उठेन भने अब त अर्को वर्ष तपाईँले सासमा पनि कर लगाउनुहुन्छ। हरेक सासको कति मोल लिनुहुन्छ? यस्तो गरिबहरूलाई बढी गरिब बनाउने कर स्वीकार्य छैन।’