प्रतिनिधिसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा सोमबार आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल चलिरहेको थियो । कांग्रेस सांसद बद्री पाण्डे रोस्ट्रमबाट आफ्ना धारणा राखिरहेका थिए । त्यसैबेला राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ सिटबाट उठेर नियमापत्ति जनाउँछिन् ।