जनताले सरकारको अनुभूति गर्न पाएनन्ः मुक्ताकुमारी यादव

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले जनताले सरकार भएको अनुभूति गर्न नसकेको बताएकी छन् । आज (शुक्रबार) केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रालयको काम कारबाही चित्तबुझ्दो नरहेको बताएकी हुन् । कांग्रेस सरकारमा भएर पनि जनताले सरकार भएको अनुभूति गर्न नसकेको उनको भनाई छ । जनताले सरकार र शान्ति सुरक्षाको अनुभूति […]

सम्बन्धित सामग्री

मधेस प्रदेशका मुद्दाप्रति सरकार संवेदनशील हुनुपर्छ : सांसद मुक्ताकुमारी यादव

कृषिप्रधान देश नेपालमा किसानलाई मारमा पारेर समृद्धिको सपना देख्नु न्यायसङ्गत हुन्छ र रु कृषि क्षेत्रको मुख्य केन्द्रका रूपमा रहेको मधेस प्रदेशका किसान आज किसान हुनुमा पीडा महसुस गर्दैछन् ।

उपसभामुखमा इन्दिरा राना कि मुक्ता यादव ? शुरु भयो मत विभाजन प्रक्रिया (लाइभ)

काठमाडौं । उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ । सभामुख देवराज घिमिरेले उपसभामुख चयनका लागि मत विभाजन प्रक्रिया सुरु गरेका हुन् । उपसभामुखमा लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र विपक्षीतर्फ नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् ।

उपसभामुख चयनका लागि बैठक सुरु

प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार रहेका छन् ।

उपसभामुख चयनका लागि बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार छन् ।

प्रतिनिधिसभा उपसभामुखको निर्वाचन प्रक्रिया जारी (लाइभ)

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि प्रक्रिया शुरु भएको छ । उपसभामुखमा लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र विपक्षीतर्फ नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् ।

धनुषाबाट समानुपातिकतर्फ प्रतिनिधि सभामा ५ र प्रदेश सभामा १० सांसद छानिए

धनुषा - धनुषाबाट प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ पाँच जना र मधेस प्रदेश सभाका लागि १० जना सांसद छानिएका छन् ।  प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, मुक्ताकुमारी यादव, एमालेबाट प्रतीक्षा तिवारी मुखिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनिष झा, जनमत पार्टीबाट अनिता देवी साह समानुपातिक सदस्यमा छनाेट भएका हुन् । माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने समानुपातिककाे सूचीमा धनुषाबाट कसैकाे नाम समावेश गरेका छैनन्।  नेपाली का...

काँग्रेसमा थप १८ केन्द्रीय सदस्यको मतगणना सकियो

काठमाडौँ । नेपाली काँग्रेसमा थप १८ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । पछिल्लोपटक मधेसी खुला, मधेसी महिला, मुस्लिम खुला, मुस्लिम महिला तथा प्रदेश १ र वाग्मतीमा खुला र महिलाबाट केन्द्रीय सदस्यको टुंगो लागेको हो । काँग्रेसको केन्द्रीय सदस्यमा मधेसी महिलातर्फ मुक्ताकुमारी यादव, मीनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव निर्वाचित भएका छन् । मुक्ताकुमारी यादवले ३ हजार ९ […]

लोकप्रिय मतमा शशांकलाई पछि पार्ने को हुन् मुक्ताकुमारी यादव ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा मुक्ताकुमारी यादवले अहिलेसम्म सर्वाधिक मत पाएकी छन्। १३ पदाधिकारी र ७१ जना केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक हुँदा यादवले सर्वाधिक मत पाएकी छन् ।मधेशी महिलातर्फ केन्द्रीय सदस्यमा खसेको ४६७१ मतमध्ये मुक्ताले  ३९६० मत प्राप्त गरेकी हुन् । खसेको मतको करिब ८५ प्रतिशत मत प्राप्त गरी उनी केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । यसअघि खुला केन्द्रीय सदस्यतर्फ निवर्तमान महामन्त्री शशांक कोइरालाले ३८३६ मत प्राप्त गरेका थिए। मुक्ताले कोइरालालाई १२४ मतले पछाडि

मधेसी महिलातर्फको केन्द्रीय सदस्यमा देउवा पक्षको ‘क्लिन स्विप’

नेपाली काँग्रेसको ‘मधेसी महिला’तर्फ सभापति शेरबहादुर देउवा पक्षले क्लिन स्विप पारेको छ । मंगलबार आएको मत परिणामअनुसार चारजना महिलातर्फ  देउवा पक्षले क्लिन स्विप परेको हो ।देउवा समूहकी मुक्ताकुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन् । यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर  विजयी भएकी छन् ।