धनुषाबाट समानुपातिकतर्फ प्रतिनिधि सभामा ५ र प्रदेश सभामा १० सांसद छानिए

धनुषा - धनुषाबाट प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ पाँच जना र मधेस प्रदेश सभाका लागि १० जना सांसद छानिएका छन् ।  प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, मुक्ताकुमारी यादव, एमालेबाट प्रतीक्षा तिवारी मुखिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनिष झा, जनमत पार्टीबाट अनिता देवी साह समानुपातिक सदस्यमा छनाेट भएका हुन् । माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने समानुपातिककाे सूचीमा धनुषाबाट कसैकाे नाम समावेश गरेका छैनन्।  नेपाली का...