सुनचाँदी आयात ह्वात्तै घट्यो, मासिक ५० हजार किलोसम्म आउने चाँदी ५ हजारमा झर्‍यो

सरकारले कडाइ गरेसँगै सुन र चाँदीको आयात ह्वात्तै घटेको छ । भदौमा मासिक करीब ५० हजार किलो आयात हुने गरेको चाँदी मंसिरमा जम्मा ५ हजार किलोमा झरेको अर्थ सचिव मधु मरासिनीले जानकारी दिए । उनका अनुसार साउनमा ३१ हजार ६००, भदौमा ४९ हजार ९५२, असोजमा ४४ हजार ७०७, कात्तिकमा २४ हजार २० र मंसिरमा ५ हजार किलो चाँदी आयात भएको छ ।  सरकारले आयातमा कडाइ गरेकै कारण सुन आयातमा पनि सुधार आएको उनले बताए । नेपालीले बाहिरबाट ५० ग्राम ल्याउन पाइने सुनमा कडाइ गरेकै कारण अवैध सुन आयात नियन्त्रणमा आएको बताए ।&nbs...

सम्बन्धित सामग्री

बढ्यो सुनचाँदीको आयात, ५ महिनामै बाहिरियो ११ अर्ब

चालु आर्थिक वर्ष विदेशबाट ११ अर्ब रुपैयाँभन्दा बढीको सुनचाँदी आयात भएको छ । चालु वर्षको साउन महिनादेखि मंसिर महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको सुन र चाँदी आयात भएको भन्सार विभागले जानकारी दिएको छ । बजारमा

सुनचाँदी आयात कोटा बढाउन व्यवसायीको माग, महासंघ भन्छ 'न्यून आपूर्तिले माग धानेन'

काठमाडौं। बजार मागअनुसार सुनको आपूर्तिको कोटा बढाउन सुनचाँदी व्यवसायी महासंघले सरकारलाई आग्रह गरेको छ। मुलुकको विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले सुनचाँदीको

सुनचाँदी आयात खुला, बैंकहरूले एलसी खोल्न थाले

काठमाडौं । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि रोकिएको सुनचाँदी आयात पुनः खुला गरिएको छ । नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनमा बैंकहरूले सुनचाँदी आयात रोकेका थिए । बैंकहरूले बुधबारदेखि नै सुनचाँदी आयातका लागि एलसी (प्रतीतपत्र) खोल्न थालेका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै १० वस्तुको आयात मात्रै रोकेपछि...

दैनिक १० किलो मात्र सुन आयात गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा घटाएर १० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । शोधानान्तर घाटा बढ्नुका साथै विदेशी मुद्राको सञ्चितिसमेत घट्दै गएपछि सुन आयातमा कडाइ गरेको हो । राष्ट्र बैंकले आइतवार सुन आयात तथा विक्री वितरणसम्बन्धी कार्यविधि–२०६८ संशोधन गर्दै आयात कोटा घटाएको हो । कोभिड महामारी शुरू भएपछि सरकारले सुन आयात कोटा घटाएर दैनिक १० किलो बनाएको राष्ट्र बैंकले २०७७ चैत १९ गतेदेखि २० किलो बनाएको थियो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको माघसम्ममा २५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पुससम्ममा देशको शोधानान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा छ । यसैगरी विदेशी विनिमय सञ्चिति घटेर ११ खर्ब ६५ अर्ब ८० करोडमा झरेको छ जुन ६ दशमलव ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । शोधनान्तर घाटा उच्च भएपछि २ महीनाअघि राष्ट्र बैंकले चाँदी, सवारीसाधन, शृंगार र विलासितालगायत सामानआयातमा कडाइ गरेको थियो । व्यापारघाटा उच्च भएपछि सरकारले २०६७ सालदेखि सुनचाँदी आयातमा नियन्त्रण थालेको हो । सरकारले सुनचाँदी आयात तथा विक्री नियमन गर्ने जिम्मेवारी राष्ट्र बैंकलाई दिएको थियो । त्यसपछि राष्ट्र बैंकले सुनचाँदी आयात तथा विक्री वितरणसम्बन्धी कार्यविधि–२०६८ जारी गर्दै सुन आयातको कोटा तोक्नुका साथै वाणिज्य बैंकहरूले मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको हो । कार्यविधिमा आयातित सुन व्यावसायिक संस्थाहरूको सिफारिशमा व्यापारीहरूलाई विक्री गर्नुपर्ने र उक्त सुन व्यवसायीले गरगहना बनाएर मात्र विक्री गर्न पाउने प्रावधान छ । व्यवसायीहरूले ढिक्का सुन विक्री गर्न नपाउने व्यवस्था कार्यविधिमा गरिएको छ । कार्यविधिको प्रावधानका आधारमा राष्ट्र बैंकले देशको आर्थिक अवस्थाका आधारमा सुन आयातसम्बन्धी कोटा समय–समयमा परिवर्तन गर्दै आएको छ । राष्ट्र बैंकले चाडपर्व र विवाहको सिजनमा दैनिक २५ किलो सुन आयात गर्न सकिने व्यवस्था गर्दै आएको छ ।

सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न प्रतिवद्ध छु : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न यससम्बन्धी निर्देशिका र कार्यविधि परिमार्जन गर्ने बताएका छन् । बुधबार गृह मन्त्रालयमा सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाँणले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको भन्दै आवश्यकताअनुसार निर्देशिका र कार्यविधि परिमार्जन गर्न सम्बन्धित मन्त्रालयसँग छलफल...

पाँच महिनामा ३ अर्ब बढीको सुनचाँदी आयात, नक्कली गहना मात्र २ करोड रुपैयाँका

भन्सार विभागले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार १ अर्ब ८८ करोडको सुन र १ अर्ब २५ करोडको चाँदी गरी ३ अर्ब २३ करोडको सुनचाँदी आयात भएको हो ।

चाँदी आयातमा कडाइ, अब एक पटकमा ३८ किलो मात्रै ल्याउन पाईने

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा थप गरेको व्यवस्था कार्यान्वयन गर्न ब्याख्यासहित निर्देशन जारी गरेको छ ।समीक्षामा राष्ट्र बैंकले चाँदी आयातमा परिमाणत्मक बन्देज लगाई बैंक ग्यारेण्टी, प्रतीतपत्र र ‘स्ट्याण्ड वाई’मार्फत एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बराबरको अन्य मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरेको थियो ।यसअघि बैंक ग्यारेण्टी, प्रतीतपत्र, स्ट्याण्ड वाई प्रतीतपत्र र ड्राफ्ट÷टि.टि. रहेकोमा त्यसलाई संशोधन गर्दै ड्राफ्ट टि.टि. हटाएर बैंक ग्यारेण्टी, प्रतीतपत्र र स्ट्याण्ड वाई प्रतीतपत्र मार्फत चाँदी आयात गर्न सकिने व्यवस्था गरिएको हो । सुनचाँदी आयात निर्यात गर्न दर्ता भएका व्यवसायी स्वंयम र बैंकले खुला बजार आयात इजाजत (ओजीएल) व्यवस्था अनुसार बैंक ग्यारेण्टी, प्रतीतपत्र र स्ट्याण्ड वाई प्रतीतपत्रको माध्यमबाट चाँदी आयात गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।नयाँ व्यवस्था लागू भएर परिमाणात्मक बन्देज लागेपछि यसअघि एक पटकमा एक देखि २ हजार केजीसम्म आयात हुँदै आएको चाँदी अब एक पटकमा ३८ किलो मात्र ल्याउन सकिने भएको हो ।

सुनचाँदी आयात तथा बिक्री सहज बनाइन दिन व्यवसायीको अनुरोध

सुनचाँदी तथा आभूषण व्यवसायीले सहजरूपमा व्यवसाय सञ्चालनको वातावरण बनाइनदिन सरकारसमक्ष अनुरोध गरेका छन्।

सुनचाँदी आयात तथा बिक्री सहज बनाइन दिन व्यवसायीको अनुरोध

चुनचाँदी तथा आभूषण व्यवसायीले सहजरूपमा व्यवसाय सञ्चालनको वातावरण बनाइनदिन सरकारसमक्ष अनुरोध गरेका छन् ।बडादसैँ २०७८ को  शुभअवसरमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आज आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा आर्थिक पत्रकार आभूषण व्यवसायी अन्तर संवाद’ कार्यक्रमका वक्ताले सुनको आयात तथा खरिद बिक्रीलाई सहज बनाइदिन आग्रह गरे । साथै उनीहरुले देशको आर्थिक विकास र रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान गरेको बताए ।       महासङ्घका प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले राज्यलाई ठू...