गत असार अन्तिम साता झरी परिरहेका बेला सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्डमा गरिएको कालोपत्र तीन दिन पनि टिकेन । तिनाउ गाउँपालिका–३ दोभान बजार क्षेत्रको उक्त सडकको ठेक्का सम्झौता डिभिजन कार्यालयअन्तर्गत भएको थियो । निर्माण कम्पनी जीवन ब्रदर्स कन्स्ट्रक्सनले १८ लाख १६ हजार रुपैयाँमा कालोपत्रको ठेक्का पाएको थियो । कालोपत्र गुणस्तरहीन भएको भन्दै पछि निर्माण व्यवसायीलाई उप्काउन निर्देशन दिइएको थियो ।
असार २७, राति १० बजे । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलाई १० नम्बर वडाका स्थानीयले फोन गरे । र, ठेकेदारले झरी परिरहेकै बेला सडक कालोपत्र गरिरहेको खबर गरे । हतारिँदै उनी इन्जिनियर पारस थापालाई साथमा लिई सडक कालोपत्र गरिरहेको ठाउँ पुगे । पानी परिरहेकै बेला तारकेश्वरस्थित नापी कार्यालय–लालीगुराँस स्कुल खण्डमा कालोपत्र भइरहेको थियो ।
म्याग्दी । राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा सरकारी तथा समुदायको लगानीमा करोडौंका पूर्वाधार निर्माण गरिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सूचीकृत भएका १०० ओटा पर्यटकीय गन्तव्यमध्ये एक घोडेपानी–पुनहिलमा पर्यटकीय आकर्षण बढ्न थालेपछि स्थानीय समुदायले समेत पूर्वाधार निर्माणमा लगानी गर्न थालेका हुन् ।
घोडेपानीदेखि पुनहिल पुग्ने पदमार्गमा २३ ओटा सौर्य ऊर्जाका बत्ती जडान गरेर रातको समयमा पनि झलमल्ल उज्यालो बनाइएको छ भने झरी र हिउँ परेको अवस्थामा सुरक्षित रूपमा बसेर दृश्यावलोकन गर्न पुनहिल परिसरमा तीनकोठे पक्की आश्रयस्थल निर्माण गरिएको छ । घोडेपानीको मगर संग्रहालयको पक्की भवन निर्माण गरिएको छ ।
स्थानीयवासीले सरसफाइ र पर्यटकको स्वागतमा ध्यान दिन थालेका छन् । ६ वर्षअघि यहाँका होटलहरूको क्षमता दैनिक ५०० जनाको हाराहारीमा रहेकोमा अहिले क्षमता बढाएर एक हजारभन्दा बढी पु¥याइएको घोडेपानी होटल व्यवस्थापन समितिले बताएको छ । होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष मीना पुनका अनुसार चित्रे हुँदै घोडेपानी जोड्ने चार किलोमिटर सडक ग्राभेल गरिएको छ । पोखरेबगरबाट चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारले २७ करोड लगानी गरेको छ ।
त्यसैगरी पाउद्वार तातोपानी कुण्डबाट भालखरा–खोपारा, खयरताल–खोपारा र लरेनी हुँदै पाउद्धार जोड्ने पाँच दिनको पदमार्गको अध्ययन र आधारभूत पूर्वाधार निर्माण शुरू गर्न थालिएको छ । पर्यटनको लाभ समुदायमा पु¥याउन नेपालमै पहिलोपटक नयाँ अवधारणामा खोपारामा ४० जना क्षमताको होटल सञ्चालन गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको २० लाख बजेटबाट गत आर्थिक वर्षमा खोपारा, खयर, ढाडखर्क, किन्दु क्षेत्रमा पदमार्ग निर्माण गरिएको वडाध्यक्ष राजेश तिलिजाले जानकारी दिए ।
धवलागिरि हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेर गत आवमा १० लाखको लागतमा जलथलेबाट फगामसम्म एक किलोमिटर ५०० मिटर पदमार्ग निर्माण गरिएको छ । दानाका बासिन्दाले भेडाबाख्रा र गाईभैंसीको गोठ लेकबेँसी गराउन प्रयोग गरेकोे परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रूपान्तरण गर्न लागिएको हो । रासस
बागलुङ । निर्माण व्यवसायीले तोकिएकै समयमा निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उडिसक्ने भइसक्थ्यो ।
निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको दुई पटक म्याद थपेर सकिँदासमेत काम सम्पन्न हुन सकेको छैन ।
धावनमार्ग कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायीले कोरोना र वर्षाका कारण समयमै काम सक्न समस्या भएको बताउँदै आएका छन् ।
१ वर्षमै सक्ने विमानस्थल ४ वर्ष बित्दासमेत निर्माणको काम कछुवा गतिमा छ । नागरिक उड्डयन प्राधिकरणले ६ महिना म्याद थप्दासमेत निर्माणको काम नसकेर पुनः असारदेखि म्याद सकिएको छ ।
विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्रे गर्न नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्पmत ०७६ फागुनमा काम सुरु गरे पनि बन्दाबन्दी र वर्षाका कारण कालोपत्रे प्रभावित बन्दै आएको धावनमार्ग कालोपत्र गर्ने जिम्मा पाएको काष्ठमण्डप उमा एन्ड कम्पनी जेभी बल्खुका प्रतिनिधि वासु थापाले जानकारी दिए ।
०७७ माघ मसान्तसम्म कालोपत्र सक्ने गरी निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कोरोना महामारी र निरन्तरको वर्षाको कारण पुनः २०७८ असार मसान्तसम्म काम सक्ने गरी ६ महीना ठेक्का म्याद थपे पनि भदौसम्म विमानस्थल कालोपत्रे भएको छैन ।
अहिले म्याद सकिएको र निरन्तर वर्षा भइरहेकाले विमानस्थलको काम ठप्प छ । पुनः ६ महिना म्याद थपको प्रक्रियामा पुगेकोे थापाले बताए ।
विमानस्थल निर्माणमा भइरहेको ढिलाइप्रति प्राधिकरण चनाखो भए पनि निरन्तरको झरी र कोरोनाका कारण समस्या भएको ओझाको भनाइ छ ।
‘विमानस्थल कालोपत्रेमा ढिलाइ हुनुमा निर्माण व्यवसायीको दोष देखिँदैन । पूर्वाधारमा कुनै कुसर बाँकी राखेको छैन, तर विमानस्थल कालोपत्र गर्ने काम मौसममा निर्भर हुन्छ । सुरुमा कालोपत्रेका लागि आवश्यक कच्चा पदार्थको ढुवानीमा समस्या भयो, ढुवानी हुन थालेपछि वर्षा लाग्यो । सडक अवरुद्ध भयो’, उनले भने ।
कालोपत्रे गर्न आवश्यक कच्चा सामग्री ढुवानी गर्ने सडक रहेको कालीगण्डकी करिडोर वर्षा लागेपछि अवरुद्ध छ । बागलुङको बलेवा विमानस्थल धानवमार्ग (रनवे) कालोपत्रको पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ ।
विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गरी सक्ने गरी नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एन्ड कम्पनी जेभीसँग ७ करोडमा ठेक्का सम्झौता गरेको थियो । रासस