सुस्त गतिमा बलेवा विमानस्थल निर्माण

बागलुङ । निर्माण व्यवसायीले तोकिएकै समयमा निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उडिसक्ने भइसक्थ्यो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको दुई पटक म्याद थपेर सकिँदासमेत काम सम्पन्न हुन सकेको छैन ।   धावनमार्ग कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायीले कोरोना र वर्षाका कारण समयमै काम सक्न समस्या भएको बताउँदै आएका छन् । १ वर्षमै सक्ने विमानस्थल ४ वर्ष बित्दासमेत निर्माणको काम कछुवा गतिमा छ । नागरिक उड्डयन प्राधिकरणले ६ महिना म्याद थप्दासमेत निर्माणको काम नसकेर पुनः असारदेखि म्याद सकिएको छ ।    विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्रे गर्न नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्पmत ०७६ फागुनमा काम सुरु गरे पनि बन्दाबन्दी र वर्षाका कारण कालोपत्रे प्रभावित बन्दै आएको धावनमार्ग कालोपत्र गर्ने जिम्मा पाएको काष्ठमण्डप उमा एन्ड कम्पनी जेभी बल्खुका प्रतिनिधि वासु थापाले जानकारी दिए ।     ०७७ माघ मसान्तसम्म कालोपत्र सक्ने गरी निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कोरोना महामारी र निरन्तरको वर्षाको कारण पुनः २०७८ असार मसान्तसम्म काम सक्ने गरी ६ महीना ठेक्का म्याद थपे पनि भदौसम्म विमानस्थल कालोपत्रे भएको छैन ।    अहिले म्याद सकिएको र निरन्तर वर्षा भइरहेकाले विमानस्थलको काम ठप्प छ । पुनः ६ महिना म्याद थपको प्रक्रियामा पुगेकोे थापाले बताए । विमानस्थल निर्माणमा भइरहेको ढिलाइप्रति प्राधिकरण चनाखो भए पनि निरन्तरको झरी र कोरोनाका कारण समस्या भएको ओझाको भनाइ छ । ‘विमानस्थल कालोपत्रेमा ढिलाइ हुनुमा निर्माण व्यवसायीको दोष देखिँदैन ।  पूर्वाधारमा कुनै कुसर बाँकी राखेको छैन, तर विमानस्थल कालोपत्र गर्ने काम मौसममा निर्भर हुन्छ । सुरुमा कालोपत्रेका लागि आवश्यक कच्चा पदार्थको ढुवानीमा समस्या भयो, ढुवानी हुन थालेपछि वर्षा लाग्यो । सडक अवरुद्ध भयो’, उनले भने ।     कालोपत्रे गर्न आवश्यक कच्चा सामग्री ढुवानी गर्ने सडक रहेको कालीगण्डकी करिडोर वर्षा लागेपछि अवरुद्ध छ । बागलुङको बलेवा विमानस्थल धानवमार्ग (रनवे) कालोपत्रको पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गरी सक्ने गरी नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एन्ड कम्पनी जेभीसँग ७ करोडमा ठेक्का सम्झौता गरेको थियो । रासस

सम्बन्धित सामग्री

जहाज नचल्दै जीर्ण बन्दै बलेवा विमानस्थल

साढे दुई वर्षअघि निर्माण सकेर चिटिक्क पारिएको बलेवा विमानस्थल जहाज चल्न नपाउँदै जीर्ण बन्न लागेको छ । विमानस्थलको धावनमार्गमा अहिले काँस फुलेको छ । तारबारमा खिया लागिसकेको छ । यहाँ पुग्नेले तारबार लगाएको स्थानबाट तस्बिर खिच्छन् । कतिले कालोपत्र मैदानको प्रशंसा गर्छन् । कतिपयले जहाज कहिले आउँछ भनेर सामाजिक सञ्जालमा प्रश्न तेर्स्याउँछन् ।

बलेवा विमानस्थलको कालोपत्रे सकियो, चैतभित्र हस्तान्तरण हुने

बलेवा– निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्रे गरिएको छ। नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्रे गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन्। तीन वर्षअघिदेखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको काम अहिले पूरा भएको हो। चैत मसान्तभित्र काम सकेर हस्तान्तरणको तयारी छ। बागलुङ नगरपालिका–१४ को बलेवामा निर्माणाधीन विमानस्थल चैत मसान्तभित्र […]

कछुवा गतिमा बलेवा विमानस्थल

निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको दुईपटक म्याद सकिँदासमेत काम सम्पन्न हुन सकेको छैन । एक वर्षमा नै सक्ने विमानस्थल दुई वर्ष बित्दासमेत निर्माणको काम कछुवा गतिमा छ ।...

कछुवागतिमा बलेवा विमानस्थल

– खेमराज गौतम गलकोट, १३ भदौ: निर्माण व्यवसायीले सरसरर्ती निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उड्नसक्ने हुन्थ्यो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको दुई पटक म्याद सकिँदासमेत काम सम्पन्न हुनसकेको छैन । धावनमार्गको कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायीले कोरोना र वर्षाका कारण समयमै काम सक्न समस्या भएको जनाउँदै […]

बलेवा विमानस्थल कालोपत्रको काम अलपत्र

पर्वत सदरमुकामनजिकै रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रेको काम लामो समयको निषेधाज्ञाका कारण अलपत्र परेको छ ।आगामी असारभित्र काम सकेर हस्तान्तरण गर्ने बलेवा विमानस्थल निर्माण योजना निषेधाज्ञाले प्रभावित बनेको हो । विगत डेढ महिनादेखिको निषेधाज्ञाले काम अलपत्र बनेको निर्माण व्यावसायीले बताएका छन् । निर्माण व्यावसायीका अनुसार बन्दाबन्दीकै कारण तोकिएको समयमा काम भ्याउन नसकिने भएको छ । […]

निषेधाज्ञाले बलेवा विमानस्थल निर्माण प्रभावित

आगामी असारभित्र काम सकेर हस्तान्तरण गर्ने बलेवा विमानस्थल निर्माण योजना निषेधाज्ञाले प्रभावित भएको छ । डेढ महिनादेखिको निषेधाज्ञाले तोकिएको समयमा काम भ्याउन नसकिने नि र्माण व्यवसायीले बताए ।

निषेधाज्ञाका कारण रोकियो बलेवा विमानस्थल र बसपार्क कालोपत्रको काम

जेठ १०, बागलुङ । निर्माणको अन्तिम चरणमा पुगेका बागलुङका दुई ठूला आयोजनाको काम प्रभावित बनेको छ । पूर्वाधार निर्माण सम्पन्न भई कालोपत्रको मात्रै काम रहेको बलेवा विमानस्थल र बागलुङ बसपार्कको कालोपत्र गर्ने काम रोकिएको छ । जिल्लामा अन्य निर्माण कार्य निर्वाधरूपमा भइरहे पनि दुई आयोजना निषेधाज्ञा भन्दै रोकिएका छन् । वैशाखमै कालोपत्र गर्ने भनिएको बलेवा विमानस्थलको धावनमार्ग र आधुनिक बागलुङ बसपार्कको काम अहिले रोकिएको निर्माण व्यवसायीले बताएका छन् । दुवै आयोजना अक्पार्ड प्रविधिबाट कालोपत्र गरिने भए पनि प्लान्ट नपाउँदा कालोपेत्रमा समस्या भएको निर्माण कम्पनीको दाबी छ । जिल्लामा निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिले निर्देशन दिएको छ तर निर्माण सामाग्री समयमा नपाइएको तथा अन्य आवश्यक उपकरण र सामग्री निषेधाज्ञाका कारण मुल्य वृद्धि भएकाले दुई ठूला आयोजनाको काम अन्तिम अवस्थामा आएर रोकिएका हुन् । जिल्लाको भविष्यसँग जोडिएका बलेवा विमानस्थल तथा बागलुङ बसपार्क अन्तिम चरणमा पुगेर रोकिनु दुःखद् भएको स्थानीयवासी बताउँछन् । प्लान्ट जडानमा ढिलाइ हुँदा समयमै कालोपत्रे गर्न नसकिएको विमानस्थल कालोपत्रको जिम्मा पाएको काष्ठमाण्डप निर्माण सेवाका प्रतिनिधि बासु थापाले बताए । म्याग्दी जाने सडक छेउमा अक्पार्ड प्रविधिको कालोपत्र गर्ने सामग्री उत्पादनको प्लान्ट निर्माण भइरहेकाले केही ढिलाइ भएको थापाको भनाइ छ । प्लान्ट निर्माण हुनासाथ १० दिनमै विमानस्थलको धावनमार्ग कालोपत्रे सकिने थापाको दाबी छ ।  यता प्लान्टकै कारण नगरपालिकाको अगुवाइमा निर्माण थालिएको बागलुङ बसपार्क सञ्चालनमा ढिलाइ भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । निषेधाज्ञा बहाना मात्रै भएको र काम गर्नेलाई समस्या नभएको नगर प्रमुख पौडेलको भनाइ छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले विमानस्थल पुनर्निर्माणको काम द्रुत गतिमा भएको जानकारी दिएको छ । यद्यपि यही जेठ मसान्तभित्र निर्माण सक्ने तयारी भए पनि निर्माण सम्पन्न हुनमा केही आशंका जन्मेको छ ।  विसं २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयवासीले बनाएको ८०० मिटर लामो यो विमानस्थलमा २०४९ सम्म नियमित जहाज चल्दै आएका थिए । विसं २०४८ मा पोखरा–बागलुङ सडक खुलेपछि विमानस्थल बन्द भएको थियो ।  बसपार्क निर्माणका लागि बागलुङ–४ उपल्लाचौरमा १८ वर्षअघि बागलुङ बजारबासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा निःशुल्क नगरपालिकालाई उपलब्ध गराएका थिए । यतिका वर्षपछि बसपार्क निर्माणले अन्तिम रूप लिएको भए पनि निषेधाज्ञाले कालोपत्र गर्न नसकिएको निर्माण व्यवसायीले बताएको छ । लामो समय सरकारी उदासीनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधि आएपछि २०७५ सालमा नगरपालिकाको पहलपछि गति लिएको थियो ।  ठेक्का स्वीकृत भएको दुई वर्षपछि बसपार्क निर्माण अन्तिम चरणमा पुगेको भए पनि कालोपत्रे हुन नसकेको हो । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयवासीले करोडौँ मूल्य पर्ने जग्गा निःशुल्क दिएका थिए ।   विसं २०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी रू. आठ करोड ७० लाखमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिँदा दुई पटक छ/छ महीना म्याद थपिएको हो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङ स्थलको कालोपत्रेको तयारी छ । बसपार्कको ८५ प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।  कोरोनाका कारण निर्माणमा केही ढिलाइ भए पनि फागुनभित्रै बसपार्क नगरपालिकालाई हस्तान्तरण गर्ने गरी बाँकी कामलाई तिव्रता दिइएको भए पनि पुनः निषेधाज्ञाले समस्या भएको बसपार्क निर्माणको जिम्मा लिएको आशिष फेवा जेभीले जानकारी दिएको छ । रासस

मध्यपहाडी लोकमार्ग र बलेवा विमानस्थल कालोपत्रको तयारी

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सदरमुकाम खण्ड र बलेवा विमानस्थल कालोपत्रका लागि तयारी थालिएको छ । निर्माण कम्पनीको घोषित प्रतिबद्वताअनुसार काम भए दुवै ठूला आयोजना आगामी वैशाखसम्म कालोपत्र हुनेछन् । मध्यपहाडी लोकमार्गको सदरमुकाम खण्डको लामो समयदेखि अलपत्र २५ किलोमिटर सडकको सन्तोषजनकरूपमा काम भइरहेको छ । बलेवा विमानस्थल पनि स्तरोन्नति भएर कालोपत्रको चरणमा छ । यसले जिल्लामा विकास, सुविधा र अवसरमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । लामो समयदेखि कालोपत्र हुन नसकेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा गत मङ्सिर अन्तिम सातादेखि निर्माणले तीव्रता पाएको छ । सम्पर्कविहीन भएका निर्माण व्यवसायीले सदरमुकाम खण्डबाट घोडाबाँधेसम्म झण्डै २०० मजदुर परिचालन गरेका छन् । मध्यपहाडीको कालोपत्रका लागि आवश्यक ठूला पूर्वाधार निर्माण यसअघि नै भइसकेका थिए । सडक चौडा पार्ने, ग्यावियन भर्ने, मेसेरेनरी पर्खाल र नाली निर्माण गर्ने काम अन्तिम चरणमा छन् भने बागलुङ बजारको उपल्लाचौरदेखि कालोपत्रका लागि सब–वश बिछ्याउने कार्य शुरु गरिएको छ ।

बेलेवामा असारदेखि जहाज चलाउने तयारी

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण र लकडाउनले रोकिएको बलेवा विमानस्थल पुनःनिर्माण दु्रुतगतिमा भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पुनःनिर्माणको काम दु्रतगतिमा भएको जनाएको छ । विमानस्थल आगामी जेठ मसान्तभित्र निर्माण सकेर जहाज नियमित चलाउने तयारीसमेत भएको कार्यक्रम व्यवस्थापक मीनराज ओझाले जानकारी दिए ।आगामी जेठ मसान्तसम्म प्राधिकरण र नगरपालिकालाई विमानस्थल हस्तान्तरण गर्ने आयोजनाका इञ्जिनीयर चिरञ्जीवी खड्काले बताए । “चिसो समय भएकाले कालोपत्रका लागि