स्रोत संकलनको प्रमुख साधन शेयरबजार हो । त्यसो त पूँजी विकासको साधन पनि हो । शेयर भनेको त लगानीको अंश वा अंशियार बन्नु हो । दीर्घकालीन अवधि १ वर्षभन्दा बढीका लागि लेनदेन गरिने बजारलाई पूँजी बजार वा शेयरबजार भनिन्छ तथापि शेयरबजारमा अल्पकालीन कारोबार पनि हुने गर्छ । शेयर २ प्रकारको हुन्छ । प्राथमिक बजार र दोस्रो बजार । प्राथमिक बजारमा कम्पनी वा संस्थावाट प्रथमपटक निष्कासित शेयर, ऋणपत्र आदि पर्छन् भने दोस्रो बजारमा प्राथमिक बजारबाट जारी भइसकेको शेयरहरूको किनबेच हुने गर्छ । पूँजी बजारको इतिहास हेर्दा नेपालमा विसं १९९४ मा नेपाल बैंक लिमिटेडको स्थापना र विराटनगर जुट मिलले प्रथमपटक सर्वसाधारणलाई धितोपत्र निष्कासन गरेपछि औपचारिक शुरुआत भएको पाइन्छ । त्यसपछि क्रमशः नेपाल औद्योगिक विकास निगम २०१६, कृषि विकास बैंक २०२४, कर्मचारी सञ्चय कोष २०१९ आदिको स्थापनासँगै पूँजीबजारले थप मलजल पाएर हुर्केको पाइन्छ । कम्पनी ऐन २०२१ को व्यवस्थाले सरकारी बोन्डको निष्कासन तथा पूँजीबजारको विकास र विस्तार गर्ने उद्देश्यबमोजिम विसं २०३७ मा सेक्युरिटी खरीद विक्री केन्द्रको स्थापनाले पूँजीबजारलाई मूर्तरूप दिएको पाइन्छ । सन् १९९३ पछि यसलाई नेपाल स्टक एक्सचेन्ज वा छोटकरीमा नेप्से भन्ने गरिन्छ । विसं २०५० जेठ २५ गते नेपाल धितोपत्र केन्द्रको स्थापनापश्चात् आधिकारिक रूपमा कारोबार शुरू भयो । हाल नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या लगभग ३ सयभन्दा बढी रहेका छन् ।
शेयर किनी सकेपछि आफ्नो डिम्याट खातामा शेयर प्राप्त भइसकेपछि जतिबेला बेच्न पनि सकिन्छ । कतिपयले शेयर किनेपछि केही दिनको अन्तरालमा विक्री गरी दैनिक जीवनयापन गरेको पाइन्छ । यसरी दीर्घकालीन वा अल्पकालीन कारोबारबाट हुने मनग्य आम्दानीले मानिसको आर्थिक उन्नति भई जीवनस्तरमा सुधार भएको देखिन्छ । हालको बजारमा साना लगानीकर्ताको बाहुल्य भएको हुँदा र अधिकांशले बजार विश्लेषण नगरी लगानी गर्ने हुँदा उनीहरू भविष्यमा घाटामा जान सक्छन् भन्ने चर्चा पनि छ । तर, बजार मूल्य माग र आपूर्तिको अन्तरक्रियाबाट निर्धारण हुने भएकाले शेयरको मूल्य बढ्न पनि सक्छ र घट्न पनि सक्छ । कम्पनीको वित्तीय अवस्था, उत्पादकत्व र नाफा हेरेर शेयर किन्नुपर्छ । । हाम्रो शेयरबजार यति संवेदनशील छ कि कसैले नकारात्मक टिप्पणी वा कुनै लेख प्रकाशित गर्यो भने पनि विनातथ्यगत कारण शेयरबजार ओरालो लाग्न थाल्छ । हकप्रदका लागि सेवोेनमा कम्पनीले निवेदन दिने निर्णय गर्यो रे भन्ने हल्ला आउनेबित्तिकै शेयरको मुूल्य वृद्धि भई सर्किट लाग्छ । यस परिघटनाबाट भर्खर बजार प्रवेश गरेका साना लगानीकर्ता र नवआगन्तुुकलाई निरुत्साहित बनाउँछ । लगानीकर्ता चाहे ठूलो, मध्यम वा सानो नै किन नहोस् उसले लगानीपूर्व कम्पनीको वित्तीय विवरण र अन्य पक्षका बारेमा बुुभ्झ्न जरुरी छ । सचेत लगानीकर्ता बजार हल्लाको पछि लाग्नुु हुुँदैन ।
नेपालको शेयरबजारलाई व्यवस्थित र भरपर्दो बनाउन विभिन्न नियम, कानून बनेको र अनुगमनकारी निकायका रूपमा धितोपत्र बोर्ड रहेको भए तापनि कानूनको एकातर्फ पर्याप्तता र उचित कार्यान्वयनको अभाव छ भने अर्कोतर्फ अनुगमन पर्याप्त देखिँदैन । कम्पनीहरूले यदाकदा नीति निर्देशनको पालना नगर्ने, शेयरको मूल्य बढाउन यथार्थ तथ्यांकलाई फरक पार्ने, नियमन निकायको अनुुमतिविना नै शेयर सम्बन्धी नीतिगत कुुराहरू सार्वजनिक गर्ने जस्ता सुुशासन विरोधी गतिविधिले शेयरबजारलाई अस्थिरतातर्फलैजान्छ ।
डिम्याट, धितोपत्र दलाल, आस्वाजस्ता कुराहरूको प्रयाप्त जानकारीविना शेयर कारोबार असम्भव छ । शेयरबजारको मुख्य केन्द्र काठमाडौं रहे तापनि सूचना प्रविधिको विकासको कारण देशका अधिकांश ठाउँबाट यसको कारोबार सम्भव छ । विदेशबाट समेत कारोबार भइरहेको छ ।
शेयर भनेको केहो ? यसको मूल्य कसरी निर्धारण हुन्छ ? कुन कम्पनीको वित्तीय अवस्था कस्तो छ ? शेयर किन किन्ने ? शेयर कतिबेला विक्री गर्दा नाफा होला ? शेयरको मूल्य किन घटबढ भइरहन्छ ? शेयरको घटबढले अर्थतन्त्रलाई कस्तो प्रभाव पार्छ ? भन्ने प्रश्नहरूको उत्तर खोज्न निकै कठिन छ । यसको उत्तरको राम्रो ज्ञान भएन भने शेयरबाट उचित प्रतिफल पाउन सकिँदैन र देशमा पूँजी परिचालन पनि सम्भव छैन । हालका दिनहरूमा अधिकांश कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ तर ती कम्पनीको नाफा भने मनग्य छैन । विगतलाई हेर्दा शेयर मूल्य निकै घटेको थियो । तर, कम्पनीहरूको नाफा रामै्र थियो । नाफा बढ्दा पनि शेयरको मूल्य किन बढ्दैन ? र नाफा घटी कम्पनी कमजोर अवस्थामा हुँदा पनि शेयरको मूल्य एकाएक किन बढ्छ ? यो कुरा अनुत्तरित छ । हामी शेयर किनबेच गर्दा कम्पनीको अवस्था, वासलात, नाफानोक्सान हेर्दैनाैं । मूल्य सूची र हल्लाको भरमा हामीले शेयर कारोबार गरिरहेको अवस्था छ । कृत्रिम अभाव, अवैध चलखेल अर्थात् कार्टेलिङ आदिका कारण नै शेयरबजार स्थिर हुनसकेको छैन, एक निश्चित कम्पनीको शेयर मूल्यमा स्थिरता छैन ।
शेयर धितो मार्जिनमा लचकताको फलस्वरूप शेयर कर्जा सहज, शेयरबजारमा प्र्रविधिको विकास र कोभिड–१९ का कारण वैकल्पिक लगानीका उपाय नहुनु, विप्रेषणको वृद्धिलाई पनि शेयरको मूल्य वृद्धिको कारक तत्त्वका रूपमा लिन सकिन्छ । तसर्थ धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले जनस्तरमा चेतना जगाउने, शेयरसम्बन्धी साक्षरता जनमानसमा अभियानकै रूपमा अघि बढाउनेजस्ता काम गर्नु आवश्यक छ । यसो नभए नेपालको शेयरबजारमा शेयरको मूल्य कृत्रिम र हचुवाको भरमा चल्नेछ भन्ने कुरामा दुईमत नहोला । यसतर्फ सम्बद्ध निकायले बेलैमा सोच्ने बेला आएको छ । अन्यथा देशमा शेयरबजारले लिने दिशा वास्तविक तथ्यगत रूपमा थाहा पाउन कठिन हुन सक्छ भन्नुुमा दुुईमत नहोला ।
लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।