चालु आर्थिक वर्षमा संघीय सरकार मातहत साढे पाँच सय सडक कालोपत्रे

सरकारले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा संघीय सरकार मातहत पाँच सय ५० किलोमिटर सडक कालोपत्रे गरेको तथ्यांक सार्वजनिक गरेको छ।

सम्बन्धित सामग्री

हुलाकी सडक : निर्धारित समयसम्म ५० प्रतिशत पनि काम भएन

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चालु आर्थिक वर्षमा पनि सम्पन्न हुनेमा आशङ्का छ । कैलाली र कञ्चनपुरको १३६ किलोमिटर हुलाकी सडकमध्ये ८६ किलोमिटर सडक मात्रै कालोपत्र भएको छ । यहाँ अझै ५० किलोमिटर सडक कालापत्र गर्न बाँकी छ । कैलालीमा लम्की–टीकापुरखण्डको साढे २९ किलोमिटर सडक स्तरोन्नति आर्थिक वर्ष २०७६/०७७ मै थालिए पनि हालसम्म आठ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । साढे २९ किलोमिटर उक्तखण्ड तीनओटा प्याकेजमा ठेक्का दिइए पनि पहिलो प्याकेजको काम मात्रै सम्पन्न भएको हो । त्यसैगरी कैलालीमा पूर्व–पश्चिम (धनगढी क्याम्पस रोड–सत्ती) ४४ किलोमिटर हुलाकी सडकमा पाँच किलोमिटर मात्रै काम भएको हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले जानकारी दिए । उनले कामको अवस्था हेर्दा चालु आर्थिक वर्षमा बजेट अपुग नभए सडक निर्माण सकिनेमा आफू आशावादी रहेको बताए । क्याम्पस रोड–सत्ती सडकखण्ड निर्माणका लागि चारओटा प्याकेजमा निर्माणको जिम्मा दिइएको इन्जिनियर सुनारको भनाइ थियो ।  चालु आर्थिक वर्षमा कैलालीतर्फ हुलाकी सडक निर्माणका लागि रु ३९ करोड सरकारले बजेट विनियोजन गरेको छ । ‘बजेट कम भएन र निर्माणमा कुनैखाले अवरोध भएन भने चालु आर्थिक वर्षमै काम सकिन्छ,’ उनले भने, ‘यहाँ निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पनि ढिलो भएको हो ।’ कैलालीमा हुलाकी सडक निर्माणको म्याद आगामी पुस मसान्तसम्म रहेको आयोजना कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०६४÷६५ देखि हुलाकी सडक निर्माणको कार्य शुरु गरिएको थियो । शुरुआतमा भारतको सहयोगमा भारतीय निर्माण कम्पनीले हुलाकी सडक निर्माण गरेको थियो । तर, सो कम्पनीले राजमार्ग निर्माण अधुरै छोडेपछि सरकारले उक्त सडक आयोजना आफ्नै लगानीमा अघि बढाएको थियो । यता कञ्चनपुरमा पनि साढे ६२ किलोमिटर हुलाकी सडकका लागि पाँचौं पटक म्याद थप्दा पनि निर्माण सकिएको छैन । इन्जिनियर सुनारका अनुसार कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडकमा साढे ३६ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । विसं २०७३ फागुनमा निर्माण शुरु भएको उक्त खण्डलाई तीन प्याकेजमा निर्माण गर्न दिइएको थियो । पहिलो प्याकेज पाँचौं पटकसम्म म्याद थप गर्दा सकिए पनि दुईओटा प्याकेजको काम ५० प्रतिशतभन्दा बढी बाँकी नै छ । ‘दोस्रो प्याकेज (बेलौरी–बेल्डाँडी) २० किलोमिटरमध्ये साढे नौ किलोमिटर मात्रै कालोपत्रे भएको छ,’ उनले भने, ‘तेस्रो प्याकेज (बेल्डाँडी–दैजी)को २४ किलोमिटरमध्येमा आठ किलोमिटरको काम सकियो ।’ उक्त दुवै प्याकेजको म्याद गत असारमा सकिएकोमा अहिलेसम्मका लागि पुनः म्याद थप गरिएको छ । यहाँ रु ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले दोस्रो प्याकेजको निर्माणको जिम्मा पाए पनि सो कम्पनी अहिले हुलाकी सडक योजना कार्यालयको सम्पर्कमा नरहेको इन्जिनियर सुनारको भनाइ थियो । रासस

मध्यनेपालका सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे गरिँदै

लमजुङको मध्यनेपाल नगरपालिकाले पालिकाअन्तर्गतका सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे सुरु गरेको छ । १० वटा वडा रहेको सो नगरपालिकाले सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे सुरु गरेको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा मात्रै पाँचवटा वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे सुरु गरेको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए । नगरपालिकाअन्तर्गत सबै वडा कार्यालयमा यसअघि नै सडक […]

बेथानचोक गाउँपालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गर्दै

काभ्रे । बेथानचोक गाउँपालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गर्ने भएको छ । हरेक वर्ष ५ किलोमिटर सडक पालिकाकै बजेटमा कालोपत्रे गर्ने योजना अन्तर्गत पहिलो आयोजना एक कार्यक्रमकाबीच शिलान्याश गरिएको हो । चालु आर्थिक वर्षमा पाटीखर्क-चलाल गणेशस्थान-आलुबारी पाटी-मुसेखोल्सा सडक अन्तर्गत ३.७ किलोमिटर सडक कालोपत्रे गरिने गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । जसअन्तर्गत २.५ किलोमिटर कालोपत्रे […]

लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्रे

विकासको पूर्वाधार बनाउने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्रे गरेको छ। विभागले चालु आर्थिक वर्षमा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो तर चालु आव सकिन एक महिना ...

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षमा १६० किलोमिटर सडक कालोपत्रे

काठमाडौं। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले चालु आर्थिक वर्ष २०७७/७८ को हालसम्म प्रदेशमा १६० किलोमिटर सडक कालोपत्रे भएको दाबी गरेका छन्। आज प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले उक्त दाबी गरेका हुन्। चौधरीका अनुसार चालु आर्थिक वर्षमा लुम्बिनीमा १७७ किलोमिटर सडक स्तरोन्नति र ७१ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ।

धुलाम्मे सडक कालोपत्रे हुनथाल्यो, स्थानीय खुसी

पानी पर्द हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले वर्षौदेखि आजित भएका बेनी नगरपालिका १ रत्नेचौरवासीहरुले भने अव घरकै अगाडि चिल्लो सडक देख्न पाउने भएका छन् । सघीय सरकारले सडक स्तरउन्नती सहित कालोपत्रेका लागि बजेट विनियोजन सँगै घर अगाडिको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीवासीहरु उत्साहित भएका हुन । सडकको ट्रयाक खुलेको दुईदशक पछि रेत्नेचौर–अर्जम –भकुण्डे हुँदै भकिम्ली जोड्ने सडक स्तरउन्नती सहित कालोपत्रे गर्न थालिएको हो । सडक स्तरउन्नती सहित कालोपत्रे गर्न संघीय सरकारले चालु आर्थिक वर्षमा दुई करोड ४९ लाख ७६ हजार चार सय २३ रुपियाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेटलाई दुई प्याकेजमा विभाजन गरी योजना कार्यान्वयन थालिएको छ ।

भरतपुर महानगरमा ६० किमी कालोपत्रे सडक थपियो

३१ असार, चितवन । चितवनको भरतपुर महानगरपालिकामा चालु आर्थिक वर्षमा ६० किलोमिटर सडक कालोपत्रे गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका डिभिजनल इन्जिनियर रत्न लामिछानेका अनुसार सहरी विकास मन्त्रालय, सांसद विकास कोष तथा महानगरपालिकाबाट गरी विभिन वडामा …