पानी पर्द हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले वर्षौदेखि आजित भएका बेनी नगरपालिका १ रत्नेचौरवासीहरुले भने अव घरकै अगाडि चिल्लो सडक देख्न पाउने भएका छन् ।
सघीय सरकारले सडक स्तरउन्नती सहित कालोपत्रेका लागि बजेट विनियोजन सँगै घर अगाडिको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीवासीहरु उत्साहित भएका हुन ।
सडकको ट्रयाक खुलेको दुईदशक पछि रेत्नेचौर–अर्जम –भकुण्डे हुँदै भकिम्ली जोड्ने सडक स्तरउन्नती सहित कालोपत्रे गर्न थालिएको हो । सडक स्तरउन्नती सहित कालोपत्रे गर्न संघीय सरकारले चालु आर्थिक वर्षमा दुई करोड ४९ लाख ७६ हजार चार सय २३ रुपियाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेटलाई दुई प्याकेजमा विभाजन गरी योजना कार्यान्वयन थालिएको छ ।