नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आउने निर्वाचनमा काँग्रेसको अवस्था ०७४ को जस्तै हुने हो कि भन्ने चिन्ता रहेको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा काँग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । गठबन्धन गर्नु हुँदैन भन्ने विषयमा तल्लो तहका कार्यकर्ताले भेटका क्रममा वा फोन गरेर भनेको बताउँदै उनले तर ०७४ सालको चुनावको परिणामलाई पनि ध्यान भने दिनुपर्ने बताए । ‘देशका विभिन्न जिल्लाका साथीहरुसँग फोनमा, भेटघाटका क्रममा कुराकानी हुन्छ