देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भयोः डा. शेखर कोइराला

मोरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। विराटनगरस्थित कोइराला निवासमा बुधबार बुद्धिजीवीहरूसँग अन्तरक्रिया गर्दै नेता कोइरालाले मुलुक आर्थिक रूपमा जर्जर हुने अवस्थामा पुगेको बताए। मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरालाले मुलुकलाई सही बाटोमा अगाडि बढाउन बुद्धिजीवीहरूले खबरदारी गर्नुपर्नेमा जोड दिए। […]